राजुनाथ पाण्डे निलम्बनमा परेपछि काठमाडौँ महानगरको नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी विष्णुप्रसाद जोशीले पाएका छन्।
ट्रम्पले आप्रवासीप्रति कठोर नीति लिँदा त्यसको त्रास नेपालसम्मै फैलिएको छ। करोडसम्म खर्चिएर तल्लो बाटो अमेरिका पुगेकाका परिवार आफ्ना मान्छे ‘डिपोर्ट’ भए ऋणको पासोमा परिने चिन्तामा छन्।
संविधानको प्रस्तावनाविपरीत गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।
संयुक्त राष्ट्रसंघले गाजा पट्टीमा सहायता वितरणस्थल वरपर सर्वसाधारणमाथि भएका ‘घातक आक्रमण’बाट अन्तर्राष्ट्रिय कानूनको ‘गम्भीर उल्लंघन’ र ‘युद्ध अपराध’ भएको बताएको छ।
सात वर्षअघि नेपाललाई ओडीआई मान्यतासम्म पुर्याउने क्यानडाविरुद्धको खेलकै झल्को दिने गरी स्कटल्यान्डविरुद्ध ब्याट र बलबाट सनसनीपूर्ण प्रदर्शन गरेका करणले १३ पटक तीन वा त्योभन्दा धेरै विकेट लिएका छन्।
मंगलबार नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा कायम भएको छ।
भिजिट भिसा प्रकरणका कारण उत्पन्न अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो।
स्वास्थ्य संस्थामा पोषण प्याकेज दिन थालेपछि दलित तथा मुसहर समुदायका गर्भवती पनि नियमित गर्भावस्था परीक्षणका लागि आउन थालेका छन्।
राष्ट्रियसभा सदस्यहरूले विपद् जोखिम न्यूनीकरणका लागि स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्।
यातायात व्यवसायी र सरकारबीच सोमबार राति ६ बुँदे सहमति भए पनि आन्दोलन नरोकिँदा मंगलबार पनि यात्रु सास्ती खेप्न बाध्य भएका छन्।
कुल चार करोड ४३ लाख ९१ हजार ८७१ मतदाताले १४ हजार २९५ मतदान केन्द्रबाट मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध पार्दै आएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आधार शिविरमा गरिएको आक्रमणमा ११७ वटा ड्रोन प्रयोग गरिएको बताएका छन्।
मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले जेठ २१ देखि २४ गतेसम्म उक्त सडक बन्द हुने भएको हो।
अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले दौड आयोजना गरिएको हो। दौडमा ४० जना धावक सहभागी थिए।
आँप यसपालि चैतदेखि नै बजारमा छ्यापछ्याप्ती पाइन थालेको छ। सिजनभन्दा निकै अगाडि कसरी बजारमा आउँछन्, यी आँप मानव स्वास्थ्यका लागि कति सुरक्षित छन्?
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्।
लैंगिक पहिचानकै कारण उनीहरूले पढाइ छोड्नुपर्ने, अपमान सहनुपर्ने, रोजगार गुमाउनुपर्ने, हिंसा हुनेसँगै सामाजिक सञ्जालमा असंवेदनशिल प्रतिक्रिया भोग्नुपरेको छ।
गण्डकी प्रदेशले ल्याएको निर्देशिका स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायी पनि आन्दोलन फिर्ता लिन सहमत भएका छन्।
नेपालको जितमा करण केसी नायक बनेका छन्। उनले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे।