AnonymousUser

Logout

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चद्वारा उत्प्रेषणको आदेश जारी

संवैधानिक इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामाथिको सुनुवाइ आज सकिएसँगै आदेश आएको हो। यस आदेशसँगै सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ।

बजारका ‘अर्गानिक’ खाद्यवस्तुः विश्वासमा छन् उपभोक्ता

काठमाडौँका पसलमा हुम्ला, जुम्ला, बझाङलगायत जिल्लाका अर्गानिक दाल, चामल, जौ, कोदो, फापर भन्दै बेचिन्छ। के बिक्रीका लागि राखिएका सबै खाद्य सामग्री अर्गानिक हुन्? उपभोक्ताले कसरी चिन्ने?

आज पनि बस्न सकेन प्रतिनिधिसभा बैठक

मंगलबार पनि प्रतिपक्षी दलहरूले आफ्नो अडान कायमै राखेपछि बैठक आजका लागि सरेको थियो।

दोहोरो अंकले घट्यो शेयरबजार

आज नेप्से परिसूचक ११.९७ अंकले घटेर दुई हजार ६४६.९५ को विन्दुमा कायम भएको हो।

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिको प्रतिबद्धता– उत्तर कोरियासँगको ‘घाउ निको पार्ने’

मध्यावधि निर्वाचनमा ली जे–म्युङले पूर्व राष्ट्रपति युन सुक योलको पूर्वपार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन–सोलाई पराजित गर्दै विजयी भएका हुन्।

अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै लाखाैँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको ७ बुँदे सुझाव प्रस्तुत

लगानी वृद्धि र पर्यटन आकर्षणका लागि सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्य बढाउन आग्रह गरिएको छ।

जापानमा जन्मदर घट्दो, गत वर्ष ७ लाखभन्दा कम शिशुको जन्म

जापानले सन् २०२४ मा ६ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ४१ हजार २२७ ले कम हो।

बीपी राजमार्गले उठाएको सिन्धुली फेरि थलिँदै

सिन्धुलीको विकासमा बीपी राजमार्गको ठूलो भूमिका छ। यही राजमार्गका कारण खुर्कोट र मुलकोटजस्ता गाउँ साना शहरमा परिणत भए। तर बाढीपहिरोले सडक क्षतिग्रस्त हुँदा व्यवसायी र किसान चिन्तित छन्।

‘कमला भासिन अवार्ड २०२५’ नेपालमा आयोजना गरिने

अवार्डको राशि १ लाख भारतीय रुपैयाँ रहेको छ। अवार्डका लागि आगामी असार १६ गतेसम्म आवेदन दिन सकिनेछ।

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ।

नेपाल–बांग्लादेश व्यापार: आयात ४ अर्ब ७५ करोड, निर्यात ३५ करोड

काँकडभिट्टाबाट सबैभन्दा बढी ३० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको खुदो बांग्लादेश निर्यात भएको छ। १ अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ।

इमन बट्लरको ‘आर्थिक असमानता: एक परिचय’ प्रकाशित 

आम्दानीमा असमानताले आर्थिक विकासलाई कसरी प्रभावित पार्छ र आर्थिक विकासले कसरी समानतालाई उँभो लैजान्छ भन्ने विषयमा पुस्तकमा चर्चा गरिएको छ। 

विज्ञापनमा भ्रष्टाचार: तिलाठी कोईलाडीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा

बोलपत्र आह्वानको सूचना लुकाउने उद्देश्यका साथ सार्वजनिक रूपमा प्रकाशन नगरी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना एकप्रति मात्रै प्रकाशित गरेको पाइएको आयोगले जनाएको छ।

कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।

पाँच दिनले फरक पारेको पहलगाम यात्रा

कश्मीर कत्तिको सुरक्षित छ भनेर प्रश्न गर्दा उनले भने, “काश्मीरबारे मिडियाले अफवाह फैलाउँछ। तर कश्मीर  सुरक्षित छ। हामी पर्यटकलाई धेरे सम्मान गर्छौं, उनीहरू हाम्रा भगवान् र अन्नदाता हुन्।”

अन्नपूर्ण आधार शिविरमा गुन्जियो ‘फ्रान्सेली संगीत’

अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगका छोरा माथिएस हर्जोग नेतृत्वमा रहेको अन्नपूर्ण संगीत समूहले प्रस्तुति दिएको हो।

बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। 

यातायात व्यवसायीले फिर्ता लिए आन्दोलनका कार्यक्रम

गण्डकी प्रदेशले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय लिएसँगै यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।

गण्डकीको राइड सेयरिङ नियममावली कार्यान्वयन १ महिना स्थगित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनुरोधपछि गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीको कार्यान्वयन प्रक्रिया एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।