AnonymousUser

Logout

देशका केही पहाडी भेगमा वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आईपीएल: पन्जाब ११ वर्षपछि फाइनलमा

पन्जाब किंग्सले क्वालिफायर-२ खेलमा मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै आईपीएलको फाइनलमा स्थान बनाएको छ।

कमल थापासहित सात जना रिहा, एक जना हिरासतमै

काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सात जनालाई रिहा भएका छन्।

कोटेश्वर, बल्खु र सिफलबाहेकका स्थानमा विरोधका कार्यक्रम गर्न रोक

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सिफल चौर, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खुबाहेकका स्थानमा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।

बाढीले जलविद्युत् आयोजना बगाउँदा २५० परिवार बिजुलीविहीन

संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ।

‘गणतन्त्रमा होइन अभ्यासमा कमजोरी’

गणतन्त्रलाई सबल र उत्तरदायी बनाउन राजनीतिक नेतृत्वको आचरण, संस्थागत जबाफदेहिता, नागरिक सहभागिता र संवैधानिक मूल्यको सम्मान सुनिश्चित गर्नुपर्नेमा नागरिक अगुवा, प्राज्ञ र राजनीतिज्ञले जोड दिएका छन्।

‘लस्ट एन्ड फाउन्ड’ युरोपका शहरमा मञ्चन हुने

शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘लस्ट एन्ड फाउन्ड’ युरोपका शहरमा पनि मञ्चन हुने भएको छ।

तिंकरवासीलाई ६ महिनापछि घर फर्किन भारतीय भूमि र अनुमतिको भर

केही वर्षअघि तिंकर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो। गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले केही वर्षदेखि आफ्नै गाउँ फर्किन भारतीय भूमि र अनुमतिको भरपर्नु परेको छ।

मनसुनमा २० लाख मानिस प्रभावित हुने आकलन, के छ तयारी?

विगत १० वर्षमा मनसुनजन्य विपद्का कारण २ हजार ३१७ जनाको ज्यान गयो, ४१९ जना बेपत्ता छन्। गत वर्ष मात्र बाढी र पहिरोमा परी ४९५ जनाको ज्यान गयो, ६६ जना बेपत्ता छन्।

खाडीमा अत्यधिक गर्मीले गम्भीर स्वास्थ्य जोखिममा आप्रवासी कामदार

खाडी मुलुकमा ग्रीष्म ऋतुमा तापक्रम प्रायः ५० डिग्री सेल्सियससम्म पुग्ने गर्दछ। खाडीमा नेपाल, भारत, पाकिस्तान लगायतका एशियाली मुलुकबाट पुगेका अधिकांश कामदार निर्माण क्षेत्रमा काम गर्न बाध्य हुन्छन्।

बाढीले संखुवासभामा लघु जलविद्युत् आयोजना र सडक बगायो

संखुवासभामा बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा क्षति पुगेको छ।

रहेनन् गायक रसिक

गायक तथा लेखक गणेश रसिक (राई)को ७८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ।

नारायणचौरबाट कमल थापासहितका प्रदर्शनकारी पक्राउ

थापासहितका प्रदर्शनकारी राजसंस्था पुनर्स्थापना मागसहितको प्रदर्शनका क्रममा नारायणचौरबाट बालुवाटार जाँदै गर्दा पक्राउ परेका हुन्।

यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान

‘राइड शेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकामा उनीहरू गएका थिएनन्।

सपिङ मलदेखि संसदसम्म– ब्राजिलमा गुडियाप्रति अचम्मको आकर्षण

सिलिकनबाट बनेका ती ‘हाइपर रियालिस्टिक’ गुडियालाई महिलाहरूले आफ्नो सन्तानझैं रेखदेख गरिरहेका छन्, तर कसरी?

डोटीमा जिप दुर्घटना: १ जनाको मृत्यु, ८ घाइते

दुर्घटनामा घाइते जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

कर नबढेपछि बजेटअघि ह्वात्तै भित्रिएका ईभीको बजार के हुन्छ?

आगामी आर्थिक वर्षको बजेटमा कर बढ्ने आकलन गरी व्यवसायीले ईभीको आयात ह्वात्तै बढाए, तर कर यथावत रह्यो। अब उपभोक्तालाई साउनअघि नै गाडी किन्ने हतारो नहुँदा व्यापारी भने चाँडो बेच्ने दबाबमा हुनेछन्।

रसिक दाजु, कहाँबाट लेख्न शुरू गरूँ! 

अफसोच! रसिक दाजुमाथि आइपरेका अनेकौँ विषम परिस्थितिहरूमा पनि सशरीर मैले भेट्न यसकारण सकिन कि भेटेर मैले के भन्ने होला? सहानुभूतिले मनको घाउ निको पार्ला? अहँ अझै बल्झिन पो सक्छ।

सत्य निरूपण आयोग अध्यक्षको अभिव्यक्तिप्रति द्वन्द्वपीडितको आपत्ति 

द्वन्द्वपीडितको पीडा, आँसु, कथाव्यथा र अनुभवलाई बेवास्ता गर्दै, पीडितलाई धम्की दिने शैलीमा जवाफ दिनु संक्रमणकालीन न्यायको मर्मविपरित एवं अशोभनीय, अमर्यादित र निन्दनीय रहेको पीडितको भनाइ छ।

साढे २ अर्बभन्दा बढी रकम हिनामिना आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओ राय पक्राउ

बैंकका तत्कालीन सीईओ रायलाई बचतकर्ताको २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर–१ बेलहियाबाट सीआईबीको टोलीले पक्राउ गरेको हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।