रसुवाको भोटेकोशी हुँदै आएको बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
नेपाल प्रहरीको बिहीबार बिहान ६:४० को सूचना अनुसार काठमाडौँको नागढुंगादेखि मुग्लिन सडकखण्डमा बाढीको सम्भावित जोखिमका कारण पूर्ण रूपमा सवारी रोक लगाइएको छ।
चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले रसुवास्थित भोटेकोशी नदीमा बाढीको जोखिम कायमै रहेको पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन बाढी सार्वजनिक गरेको छ।
जेनजी आन्दोलनको वर्ष दिन नबित्दै अब त पाखा लागे भनेका पात्रहरू नै मैदानमा घुसेर ललकार्ने अवस्थामा पुगिसकेका छन्।
रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ। बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल एले अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमा आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) सँग प्रतिस्पर्धा गर्दैछ।
सबै गुराँसको मह विषालु हुँदैन, प्रजाति, फूल फुल्ने मौसम, भौगोलिक उचाइ र अन्य फूलसँगको मिश्रण जस्ता कारणहरूले विषाक्तता निर्धारण हुन्छ।
लोकतन्त्रको शक्ति संसद्को आकारमा नभई त्यहाँ उठ्ने प्रश्न र गरिने छलफलको स्वतन्त्रतामा निहित हुन्छ। सांसदहरूले प्रश्न गर्न छोडे संसद् त रहला, यसको लोकतान्त्रिक अर्थ भने हराउँदै जान्छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
पार्टीकै सरकार गिराउने छत्तिसे विरासतका मूली देउवाको नेतृत्वमा पार्टीको ‘नुर’ थप गिरेको मात्रै होइन, कांग्रेसको ‘ग्रहदशा’ सप्रिन पनि पाएन।
विश्वमै क्यान्सरको उपचारमा प्रभावकारी पुष्टि भएका नयाँ औषधी सरकारले दर्ता नगरिदिँदा तस्करी गरेर ल्याउनु परिरहेको छ। त्यसरी ल्याएको औषधी बिरामीले महँगोमा किन्नु परिरहेको छ भने कहिलेकाहीँ त्यो औषधी गुणस्तरहीन पनि पर्ने गरेको छ।
देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
लोकरक ब्याण्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा आगामी अक्टोबर ३१ मा कन्सर्ट गर्ने भएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
शिक्षाको उद्देश्य केवल दक्ष जनशक्ति उत्पादन गर्नु मात्र होइन, यो समाज निर्माणको परियोजना पनि हो। के राष्ट्रिय पाठ्यक्रम प्रारूपले हाम्रो यही यथार्थलाई बोक्छ?
लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने भ्रमणको सिलसिलामा आज काठमाडौँ आइपुगेका छन्।
सरकारले पश्चिम नेपालका चार स्थानीय तहका पहिरो प्रभावित क्षेत्रमा तीन दिनभित्रै विशेषज्ञ टोली खटाएर प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको छ।
पानीजहाज सेवा प्रदायक कम्पनी ‘सी लेजेन्ड’ले सार्वजनिक गरेको समयतालिकाअनुसार जहाज सेप्टेम्बर ७ मा बेलायतको फेलिक्सस्टो पुग्नेछ। त्यसपछि जर्मनीको ह्याम्बर्ग र पोल्याण्डको ग्दान्स्कमा रोकिनेछ।
त्रिभुवन विश्वविद्यालयले गर्दै आएको विदेशी शैक्षिक उपाधिको समकक्षता निर्धारणको प्रक्रिया विश्वविद्यालय अनुदान आयोगले शुरू गरेको छ।