एसीसी पुरुष प्रिमियर कप : हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एसीसी पुरुष प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ।

एसीसी पुरुष प्रिमियर कप : हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल
नेपाल क्रिकेट संघ

काठमाडौँ– एसीसी पुरुष प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा हङकङले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

ताजा अवस्थामा हङकङले ५ ओभरमा १ विकेट गुमाएर २७ रन बनाएको छ। नेपालका लागि शेर मल्लले एक विकेट लिएका छन्।

नेपाल प्रतियोगितामा लगातार तीन खेल जित्दै समूह ‘ए’ को शीर्ष स्थानमा छ। नेपालले यसअघि बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो।