त्रिवि शिक्षण अस्पतालका सर्जन प्राडा. रमेश सिंह भण्डारीले विपत्तिपछिको उद्धारमा नायक बनेका सुरक्षाकर्मीको सम्मानमा एकल सांगीतिक प्रस्तुति (कन्सर्ट) आयोजना गरेका छन्।
काठमाडौँ– पेसाले व्यस्त सर्जन, तर प्राध्यापक डा. रमेश सिंह भण्डारी जति नै व्यस्त पेसागत जीवनबाट पनि समय निकालिहाल्छन्। त्यो समय संगीतका लागि हुने गर्छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ ग्यास्ट्रोइन्टेस्टाइनल (जीआई) सर्जन तथा कलेजो प्रत्यारोपण सर्जन डा. भण्डारीले संगीतप्रतिको यही उत्कट रुचिलाई पछिल्लो समय सामाजिक कर्ममासमेत जोड्न थालेका छन्।
यही सिलसिलामा शनिबार साँझ उनले काठमाडौँमा ‘धन्यवाद’ शीर्षकमा एकल सांगीतिक प्रस्तुति (कन्सर्ट) आयोजना गरे। त्यसको घोषित उद्देश्य थियो– भोटेकोशी बाढीको महाविपत्तिले आहत बनेकाहरूलाई सहयोग गर्ने र बाढीपछिको विपत्तिमा कैयौँ ज्यान जोगाउन आफ्नो ज्यानको परवाह नगरेर खटिरहेका सुरक्षाकर्मीलाई शब्द–संगीतबाटै धन्यवाद दिने। ठमेलस्थित क्लब नोभामा आयोजित एकल कन्सर्टमा डा. भण्डारीले कतिपय आफ्ना मौलिक सिर्जनासँगै विभिन्न समयका चर्चित गीतहरूमा कभर गीतसमेत प्रस्तुत गरे।
एकल कन्सर्ट सम्पन्न गर्न उनलाई देव लामा र रोशन श्रेष्ठको टिमले सघाएको थियो।
डा. भण्डारीकै पहलमा शिक्षण अस्पताल महाराजगन्जमा कलेजो प्रत्यारोपण सेवा शुरू भएको थियो जसको नेतृत्व अहिले पनि उनले नै गरिरहेका छन्। व्यस्त डाक्टरको दैनिकीबाट समय निकालेर संगीत सिर्जना–प्रस्तुतिमा जुटिहाल्ने उनी यसलाई आफ्नो जीवन जिउने ‘प्यासन’ भन्न रुचाउँछन्। शनिबार साँझको कन्सर्ट मनोरञ्जन भन्दा भोटेकोशी बाढी र त्यसपछिको समयमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी (जो विपद्का बेला सधैँ अग्रपंक्तिमा हुने गर्छन्) सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयंसेवकप्रति सम्मानका लागि आयोजना गरिएको उनले बताए।
“यहीकारण यसको नाम नै धन्यवाद राखिएको हो। बाढी तथा प्राकृतिक विपत्तिका बेला आफ्नो ज्यानको परवाह नगरी उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उद्धारकर्मी र स्वयंसेवकप्रति कृतज्ञता व्यक्त गर्न यो कार्यक्रम आयोजना गरिएको हो,” उनले भने, “अर्को चाहिँ कन्सर्टबाट संकलित रकम बाढीबाट पीडितहरूका लागि सहयोग गर्ने उद्देश्य पनि हो।”
कन्सर्टबाट संकलित रकम बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि सरकारको दैवी प्रकोप कोषमा जम्मा गरिने डा.भण्डारीले बताए।
विपद्का बेला आफ्नै ज्यानको समेत परवाह नगरी उद्धारमा खटिने सुरक्षाकर्मी र स्वयंसेवकको योगदानलाई सार्वजनिक रूपमा सम्मान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।
आफ्नो पेसामा अब्बल सर्जनको परिचय बनाएका डा. भण्डारीले गत वर्ष ठमेलकै लर्ड अफ ड्रिंक्स (एलओडी) मा एकल कन्सर्ट गरेका थिए। उनले यसअघि विभिन्न शीर्षकमा आफ्नै मौलिक गीत पनि सार्वजनिक गरिसकेका छन्। अब चिकित्सा कर्मसँगै संगीतलाई सामाजिक कर्मका रूपमा अघि बढाउने उनको योजना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
