शुक्रबारसम्म २३ गतेसम्म मधेश प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत धान रोपाइँ भएको छ। पानी परिरहेकाले बाँकी किसानले पनि धमाधम रोपाइँ गरिरहेका छन्।
कविताका, कवितामा महिला मुक्ति, पीडा र समस्याको उठान चिच्याहटबाट गरिएको छैन। तर पनि पाठकले सहजै दमन र सकसको आहट महसुस गर्न सक्छन्।
शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका रहेका छन्। लामो समयदेखि विद्यार्थी संख्या शून्य हुँदा पनि विद्यालय समायोजन गर्ने प्रक्रिया थालिएको छैन।
युवापुस्ता रोजगारी तथा अन्य कार्यमा व्यस्त रहने हुँदा पनि जनै तयार पार्ने सीप सिक्न हस्तान्तरण हुन सकेको छैन। बजारबाट खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ।
कोशी प्रदेश सरकारबाट विनियोजित २५ लाख लागतमा २०८१ मंसिरमा भवन निर्माण थालिएको थियो। निर्माणको क्रममा बजेट नपुगेपछि भवन अलपत्र परेको छ।
यात्रा
दायाँपट्टिको कालीगण्डकी किनारमा एकातिर लमतन्न फैलिएको छ, जोमसोम विमानस्थल। अर्कोपट्टी निलगिरी पर्वत, जो यहाँबाट उत्तरमा होइन, दक्षिणमा देखिन्छ। यही भएर पनि होला मुस्ताङलाई हिमालपारिको जिल्ला भनिएको।
स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेलवे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा, कोरिडोर निर्माणमार्फत सीमापार सम्पर्क विस्तारमा नेपालले काम गरिरहेको प्रधानमन्त्री ओलीले बताएका थिए।
कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
पहिरोले करिडोर अवरुद्ध भएपछि मुस्ताङ जाने पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौली जाने सवारीसाधन बाटोमै रोकिएका छन्।
सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।
कानून व्यवसायी र राजनीतिक विश्लेषकले उच्च अदालतमा न्यायाधीश नियुक्ति संविधानको मर्मविपरीत भएको टिप्पणी गरेका छन् भने नेपाल बार एसोसिएसनले पनि प्रेस विज्ञप्ति जारी गरी यसप्रति असहमति जनाएको छ।
थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले साउदी अरबलाई १–० गोलले पराजित गरेको छ। योसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ।
यो साता उकालोमा पर्सामा प्रशासन र प्रहरीको ‘असुली अभियान’, नियुक्तिमा पूर्वकर्मचारीको मरिहत्ते, संसद्मा विधेयक अड्किएका अड्कियै, क्यान बैठकमा बबन्डरलगायतका शीर्षकका समाचार चर्चामा रहे।
किड्नी बेच्नेलाई ७५ हजारदेखि डेढ लाख भारु तिर्ने उनले प्रत्यारोपण गरेका बिरामीबाट चार देखि आठ लाख भारु असुल्थे। उनले काठमाडौँमै पनि किड्नी प्रत्यारोपण केन्द्र खोल्ने तयारी गरेको समाचार आएका थिए।
न्याय मन्त्रालयका अनुसार, मदुरोले ‘द कार्टेल अफ द सन्स’ नामक कोकेन तस्करी गिरोहको नेतृत्व गर्छन्। यो गिरोहले दुई दशकमा सयौँ टन लागुऔषध अमेरिका पठाएर करोडौँ डलर कमाएको दाबी गरिएको छ।
मुलुकमा बढ्दै गइरहेको बेरुजु अन्त्य गरी आर्थिक पारदर्शिता कायम गर्न सार्वजनिक लेखा समितिका सदस्यहरूले सरकारलाई सुझाव दिएका छन्।
महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
संसदीय समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ।
गाजा पट्टीमा मानवीय सहायताको प्रतीक्षामा रहेका मानिसलाई लक्षित गरी इजरायली सेनाले चलाएको गोलीबाट पूर्वफुटबल खेलाडी ४१ वर्षीय ओबेदको मृत्यु भएको प्यालेस्टिनी फुटबल संघले जनाएको छ।
नेपालमा भिजिट भिसामा हुने सेटिङबारे अख्तियारले अनुसन्धान थालेपछि मानव तस्करहरूले नेपालीलाई खाडी मुलुक तथा युरोप पुर्याउन भारतको बाटो प्रयोग गरिरहेका छन्।