पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाका कारण जुन २६ देखि हालसम्म २१६ जनाको मृत्यु भएको छ भने ५८० जना घाइते भएका छन्।
महोत्तरीको गौशालामा गोरु बजारको ठेक्का विवादले झडप हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन्।
सोमबार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा पुगेको छ।
धनुषा प्रहरीले एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा २१ वर्षीया जुली झालाई पक्राउ गरेको छ।
लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि त्रिभुवन विमानस्थलको अध्यागमनमा खटाएको जनाएको छ।
थ्रीडी प्रिन्टिङबाट खानेकुरा, मानव अंग र अन्तरिक्ष यानका भागसमेत बन्न थालेका छन्। नेपालमा र्यान र राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्थाले सफल परियोजना सञ्चालन गर्दै औद्योगिक उत्पादनको सम्भावना देखाएका छन्।
आइतबार भएको चुनावमा जापानको सत्तारुढ गठबन्धनले संसदको माथिल्लो सदनमा बहुमत प्राप्त गर्न असफल भएको छ।
काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ।
‘भगवान्ले दण्ड दिन्थे भने त हामीजस्तो छाउ नमान्नेलाई पनि दिँदा हुन्। छाउ नमान्दासमेत म दोस्रो पटक सांसद भएँ त! भगवान्ले त मलाई राम्रै गरिराखेका छन्। यसको मतलब यो सबै कुरीति हो।’
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
युक्रेनी ड्रोन आक्रमणले मस्कोका प्रमुख एयरपोर्टहरू अस्थायी रूपमा बन्द भई १४० भन्दा बढी उडान रद्द वा अन्यत्र पठाइएका छन्, भने रुसले युक्रेनमा रातभर गरेको हवाई हमलामा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजमाथि अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।
सिरहा कारागारमा नाइके तोक्ने विषयमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
विशेष रिपोर्ट
एमाले सांसदसमेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा रहेको बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ।
आइतबार नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा पुग्दा २१ अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको छ।
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलानजिक कारमाथि ढुंगा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका छन्।
पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीले संस्थानको स्वायत्तता र पठनपाठन सुचारु गर्न माग गर्दै त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन्।
पर्वतको मादी गाउँपालिका–३, देउरालीको लाङ्दीमा गएराति गएको पहिरोले घर पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।
मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका ११ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
मन्त्रालयका १० वटा महाशाखालाई १५ वटा बनाएर, कूटनीतिक अनुभव तथा कार्यकुशलता भएका अधिकारीलाई समेत जगेडामा राखेर परराष्ट्रमन्त्री राणाले विचित्रको अभ्यास थालेको देखिन्छ।