AnonymousUser

Logout

शिवरात्रिमा पशुपति जाँदा कसले कहाँ गर्ने सवारी पार्क?

तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारीसाधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै काठमाडौँमा प्रदर्शन

दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकार भएकाहरूले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन्। 

म्यानमार पुर्‍याइ ‘अनलाइन स्क्यामिङ’मा लगाइएका थप २ नेपालीको उद्धार

आर्थिक प्रलोभनमा पारी म्यानमार पुर्‍याएर ‘अनलाइन स्क्यामिङ’मा लगाइएका थप दुई जना नेपालीको उद्धार भएको छ।

के हुन् संसद्‍मा उठेका ‘भ्रष्टाचारी जोगाउने’ र ‘भ्रष्टाचार दबाउने’ काण्ड? 

संसद्को रोस्ट्रमबाट पूर्वप्रधानमन्त्री दाहालले केही समयअघि सरकार भ्रष्टाचारी जोगाउन र भ्रष्टाचार दबाउन लागिपरेको आरोप लगाइरहँदा केही भ्रष्टाचार काण्डलाई भने खुलेर बचाउ गरे। के हुन् ती काण्ड?

सांसदको प्रश्न – सशस्त्र प्रहरीको ‘चेन अफ कमान्ड’ कसको हातमा, गृह कि प्रमुख जिल्ला अधिकारी?

सांसदले सशस्त्र प्रहरी कर्मचारीले सेवा छाड्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनीहरूको मनोबल उच्च बनाउने गरी विधेयक निर्माण आवश्यक भएको बताएका छन्।

ठेक्का अवधि सकिए पनि भएन सडक कालोपत्र

बसपार्कस्थित सडक हिउँदमा धुलो, बर्खायाममा हिलो र खाल्टाखुल्टीका कारण मुस्ताङ भ्रमणमा आउने पर्यटकले सास्ती भोग्दै आएका छन्।

नेप्से परिसूचकमा ३.३५ अंकको वृद्धि, ११ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा कायम भएको छ भने ११ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।

लगनखेलमा हरियाली उद्यान बनाउन टहरा भत्काउँदै ललितपुर महानगर

ललितपुर महानगरले वडा नम्बर–५ लगनखेलमा हरियाली उद्यान बनाउन टहरा भत्काउन थालेको छ।

दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार मोहना अन्सारीलाई

दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृतिकेन्द्रको बैठकले यो वर्षको पुरस्कार मानव अधिकारकर्मी मोहना अन्सारीलाई दिने निर्णय गरेको हो। पुरस्कारको राशी ५० हजार रुपैयाँ छ।

दर्ता नै नगरी चर्को मूल्यमा टीड्याप खोप बिक्री, विभागले थाल्यो कारबाही

औषधि व्यवस्था विभागको टोलीले अनुगमन गर्दा टेकु अस्पतालअगाडि सञ्चालनमा रहेको रेमिडियन फार्मेसीबाट ४ भायल दर्ता नै नभएको टीड्याप औषधि जफत गरेको छ।

‘विकासका नाममा थोरै मान्छेलाई धनी बनाउने प्रक्रियाले पर्यावरण नासिन्छ’

‘वनजंगल, खोलानाला, चराचुरुंगी, जनावर सबैसँग हाम्रो जीवन जेलिएको हुन्छ। त्यसैले अब मान्छेले मान्छेकै मात्र चिन्ता गर्दै र मान्छेकै मात्र हित गर्छु भनेर मान्छेबाहेकका सबैको दोहन गर्ने काम रोकिनु पर्छ।’

डोजरले खसालेको ढुंगाले लाग्दा बालकको मृत्यु

मुगुमा डोजरले खसालेको ढुंगा लागेर ६ वर्षीय बालक लोकजंग नेपालीको घटनास्थलमै मृत्यु भएको हो। आमा कल्पना नेपाली गम्भीर घाइते भएकी स्थानीयले बताएका छन्।

सुनचाँदीको मूल्य बढ्यो

सुन आज बढेर प्रतितोला एक लाख ७० हजार ८०० पुगेको छ।

एक थिए नरदेन रुम्बा!

दार्जीलिङको पहाडीबस्तीमा नरदेन रुम्बा गुपचुप थिए। तर, उनको प्रतिभा र क्षमता टाढाटाढा फैलिँदो थियो। गीत र शब्दको खोजीमा नरदेनकहाँ गइरहने चन्दन–डेजीले मात्रै दुई दर्जनभन्दा बढी गीत उनीबाट पाएका रहेछन्।

सवारीचालक अनुमतिपत्र: नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ

यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन्।

जर्मनीको आम चुनावमा कन्जर्भेटिभ सीडीयू बन्यो ठूलो दल, को बन्ला चान्सलर?

आर्थिक र कूटनीतिक संकटको बीच कन्जर्भेटिभ पार्टीका नेता फ्रेड्रिक मर्जले अब गठबन्धन गठन गर्ने कठिन चुनौतीको सामना गर्नेछन्।

केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

कालीगण्डकी गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तर्गत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत हस्तकलाका सामग्री बनाउँदै आएको हो।

कुरा चर्का चाहियो, उद्घाटन भव्य

सवारीबाट ओर्लने बित्तिकै विशेष मनुवालाई पिर्के नै भए पनि सलामी चाहियो। अद्वितीय मानवका लागि अन्य औसत अतिथिभन्दा घच्याक्क परेको पीत-सिंहासनमा विशेष गद्दा चाहियो।

च्याम्पियन्स ट्रफीमा भारतसँग पाकिस्तान ६ विकेटले पराजित

विराट कोहलीले आफ्नो एकदिवसीय करियरको ५१औं शतक प्रहार गरे। १११ बलमा १०० रन बनाउँदै उनी अविजित रहे।

आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ जरुरी

सरोकारवालाहरूले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स जरुरी रहेको बताएका छन्।