सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्पका बेला भाग्दै गर्दा काठमाडौँमा दुई जना घाइते भएका छन्।
बद्रीनाथको माना गाउँको सीमा क्षेत्रमा सडक निर्माणमा खटिएका मजदुरहरू हिमपहिरोमा फसेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बताएका छन्।
औषधि व्यवस्था विभागको टोलीले रौतहटको चन्द्रपुरमा अवैध रूपमा सञ्चालित औषधि पसलमा तालाबन्दी गरेको छ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षमा संघीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव पेश गर्ने समयावधि थपेको छ।
वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण शुक्रबार हवाई सेवा प्रभावित भएको छ।
मकवानपुरबाट राप्ती नदीलाई डाइभर्सन गरी दुधौरा झार्ने र बारा, पर्सालगायत जिल्लामा खानेपानी बाँड्ने सरकारको योजना छ। राप्तीलाई डाइभर्सन गरी करिब १२ किलोमिटर टाढा लगेपछि मधेश प्रदेश प्रवेश सम्भव हुनेछ।
सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ।
अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले हालै क्यानाडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए।
तुलसीपुर उपमहानगरपालिका–१९ स्थित सक्राममा पाँच वर्षअघि निर्माण भएको खानेपानी ट्यांकी प्रयोगमा नै नआई जीर्ण बनेको छ।
असिनापानीसँगै आएको हावाहुरीले सुनसरीका अधिकांश किसानको केराखेतीमा क्षति पुर्याएको छ।
राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
संसद् अधिवेशन अन्त्य गरेर र संसद् अधिवेशनलाई निर्धारित समयभन्दा पछाडि धकेलेर अध्यादेश ल्याउनु हिजो गलत, आज गलत, सधैँ गलत हो।
सहकारीका वर्तमान र पूर्वसञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यलाई विपक्षी बनाइएको छ।
खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान २:५१ बजे भूकम्प गएको हो।
अर्थ मन्त्रालयले बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेख्नका लागि समिति गठन गरेको छ।
सम्बन्धमा खटपटपछि वैदेशिक रोजगारीका लागि कतारमा पुगेका प्रेमीलाई नेपाल बोलाइ श्रीमान्को सहयोगमा हत्या गरेको आरोपमा धनुषाबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिलर ढालेर किच्दा एक मजदुरको मृत्यु भएको छ।
रारा तालको किनारमा अवस्थित होटलमा बुधबार राति आगलागीको घटनापछि अवस्था सामान्य बन्दै गएको छ।
कला साहित्य उत्सवमा वक्ताहरूले बाहिरको बीउ तथा सामग्रीभन्दा स्थानीय वस्तु प्रयोग गरेर कृषिक्षेत्रलाई राम्रो र उत्पादनमुखी बनाउन सकिने धारणा राखेका छन्।