AnonymousUser

Logout

सुनसरी सवारी दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा मृतकको संख्या पाँच पुगेको छ।

अदालतले के आधारमा अस्वीकार गर्‍यो रविले पेश गरेको बैंक जमानत?

थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन रुपन्देही जिल्ला अदालतले आदेश दिएसँगै रवि लामिछानेको बैंक जमानतमा छुट्ने प्रयास असफल भएको छ।

बाढीपहिरोका कारण ९ राजमार्ग अवरुद्ध

वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

कैलाली कारागार झडपः परिवारले बुझे भरत चौधरीको शव

कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको शव परिवारले बुझेका छन्।

रवि लामिछानेलाई जमानतमा छाड्न अदालतद्वारा अस्वीकार

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई जमानतमा छाड्न रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ।

बेनी-जोमसोम सडकमा रात्रिकालीन सवारी आवतजावत बन्द

पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले मंगलबारदेखि रातिको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउने भएको छ।

७ निर्देशनालयसहित ९ कार्यालय खारेज गर्ने गण्डकी प्रदेश सरकारको निर्णय

गण्डकी प्रदेश सरकारले प्रशासनिक संरचनामा हेरफेर गर्दै ३२ वटा कार्यालयलाई गाभेर १७ वटामा झारेको छ।

जलवायुजन्य क्षति घटाउन अन्तरदेशीय सहकार्य हुनुपर्नेमा जोड

विज्ञहरूले जलवायुजन्य विपद्का घटनाबाट हुने जनधनको क्षति घटाउनका लागि सीमापार पूर्वसूचना सम्प्रेषण प्रणाली र अन्तरनिकाय समन्वयको आवश्यकता रहेको बताएका छन्।

वेम्बलीमा ‘नेपथ्य’ इतिहास

वेम्बलीको बन्द हलमा नेपाली संगीतको इतिहासमै पहिलोपटक १० हजार दर्शक जुटाएर नेपथ्यले आफ्नै पुरानो रेकर्ड तोडेको छ।

नेप्से परिसूचक २७.९० अंकले घट्यो, कारोबार रकममा भने सुधार

आइतबार नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ को बिन्दुमा कायम भएको छ।

मधेशमा धान रोपाइँ २० प्रतिशतले घट्यो, देशभर ७ प्रतिशत कम

मधेश प्रदेशमा गत वर्ष यस अवधिमा ९७ प्रतिशत रोपाइँ सकिएकोमा यस वर्ष ७६.५४ प्रतिशत मात्रै रोपाइँ भएको छ।

अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको मृत्यु भएको छ।

विपक्षी सांसद दिल्ली प्रहरीको नियन्त्रणमा, राहुल गान्धी भन्छन्– यो संविधान बचाउने लडाइँ हो

मतदाता सूचीमा धाँधली भएको आरोप लगाउँदै संसद् भवनबाट निर्वाचन आयोगको कार्यालयसम्म मार्च गरिरहेका विपक्षी गठबन्धनका सांसदलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरीमा बस–माइक्रो ठोक्किँदा चार जनाको मृत्यु, २३ यात्रु घाइते

सुनसरी सोमबार बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन्।

सीटीईभीटीभित्रकै ‘सेटिङ’मा चलाइन्छन् सम्बन्धनबिनाका शैक्षिक कार्यक्रम

कानून र मापदण्ड भन्छ– सम्बन्धन र स्वीकृति बेगर शैक्षिक कार्यक्रम सञ्चालन गरिनु गैरकानूनी हो। तर सीटीईभीटीका पदाधिकारी र उच्चपदस्थ कर्मचारीकै संलग्नतामा प्राविधिक शिक्षालयहरूले यस्तो काम गरिरहेका छन्, तर कसरी?

तीन दिनदेखि कालीगण्डकी ‘करिडोर’ ठप्प

अविरल वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि ठप्प बनेको छ।

लम्पी स्किनबाट चितवनमा ३० गाईगोरु मरे

पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन्।

३ वर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्षसम्म अधुरै

विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको ४६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन्।

अस्ट्रेलियाले पनि प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने

यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरिसकेका छन्।

पहिरोले पर्वतको कोरुंगा गाउँ जोखिममा

केही वर्ष पहिलेदेखि शुरू भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा बर्सेनि झनै बढ्दै गएको र जोखिम बढिरहेको स्थानीयले गुनासो गरेका छन्।