AnonymousUser

Logout

काठमाडौँ विश्वविद्यालयः सत्ता र संस्थापनको द्वन्द्वमा उपकुलपति छनोट

विश्वविद्यालयका संस्थापक पदाधिकारी र सत्तारूढ दलले आ-आफ्ना मान्छेलाई उपकुलपति बनाउन खोजिरहेका छन्। यही स्वार्थको द्वन्द्वले उपकुलपति नियुक्ति प्रक्रिया थप पेचिलो बनेको छ।

पाल्पामा जन्मिएका सारू बेलायत ननिटनको मेयरमा मनोनीत

गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जना काउन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन्।

सरकारी ऋण उठाउन साढे तीन अर्बको बचतपत्र निष्कासन

सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्ब रुपैयाँको नागरिक बचतपत्र र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ।

जडिबुटी खेतीको बहानामा जग्गा खरिद, सिमेन्ट उद्योग खोलेर स्थानीयलाई उठिबास

सिमेन्ट उद्योगको प्रदूषणले दाङको गढवा र अर्घाखाँचीको शितगंगाका स्थानीयलाई स्वास्थ्य संकट छैन, खेतीसमेत हुन छाडेको छ। जनजीवनमै संकट आउँदा उद्योग सञ्चालक भन्छन्– कहिलेकाहीँ धुलोधुवाँ भइहाल्छ नि।

अमेरिका पठाइदिने भन्दै डेढ करोड ठगेको अभियोगमा ३ जना पक्राउ

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै झन्डै डेढ करोड रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (तस्वीरहरू)

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः शुरू

इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यात्रु सवार गाडी कालीगण्डकी नदीमा खस्दा १ जनाको मृत्यु, ३ घाइते

नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब १५० मिटर तल कालीगण्डकीको किनारमा खसेको हो। 

पर्यावरण बहस: अँध्यारोबीच चाँदीका घेरा

म गोरखामा जन्मेको मान्छे, राजा भए पनि त्यहाँका पृथ्वीनारायण शाहले झलमल उज्यालोमा कहिल्यै भात खान पाएनन्। आज गोरखाको लगभग सबै घरमा बिजुली छ।

आधारभूत अस्पताल निर्माण: घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी प्रदेशमा ७४ आधारभूत अस्पताल घोषणा भएकामा ३५ सञ्चालनमा रहेका छन्। पाँच अस्पताल निर्माण शुरू भई अलपत्र अवस्थामा छन्।

मलेखुमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

ट्याक्टरमा मृतकसहित चार जना चढेका थिए। चालक गजुरी गाउँपालिका–६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चारदेशीय महिला फुटबल: उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

नेपाल र म्यानमार अपराजित रहँदै फाइनलमा भिड्न लागेका हुन्। लिग चरणमा दुवै टोलीले लेबनान र किर्गिस्तानलाई हराएका थिए। 

हट्यो फुङलिङमा जारी निषेधाज्ञा

फुङलिङ नगरपालिका बजार क्षेत्रमा सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो।

पशुपति दर्शनमा सुरक्षा सावधानी अपनाउन अनुरोध

आपराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै प्रहरीले आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ। 

हामी निराश हुने कि आशावादी?

नेपालको पर्यटकीय मौसमअनुसार पुस खासै पर्यटक भित्रिने समय होइन, तर यो हदको शून्यता हुँदैनथ्यो। यस्तो अवस्था किन आयो त? जवाफ सिधा छ– विश्वमै जारी आर्थिक मन्दी।

कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका थोरै भूभागमा हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशिवरात्रि पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा आराधना गरी देशभर मनाइँदै छ।

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर

विद्युतीय सवारीसाधनमा ८० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था रहेकोमा नयाँ व्यवस्थाअनुसार ६० प्रतिशत कायम गरिएको छ।

सशस्त्र द्वन्द्वमा बालसैन्य प्रयोगबारे दाहाल–भट्टराईविरुद्धको मुद्दामा सर्वोच्चले थाल्यो सुनुवाइ

सशस्त्र द्वन्द्वमा बालसैनिकको प्रयोग गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहाल र तत्कालीन नेता भट्टराईलाई कारबाहीको माग राखेर सर्वोच्चमा दायर रिटको नियमित सुनुवाइ अघि बढेको छ।

युक्रेनको पुनर्निर्माण आवश्यकता पाँच खर्ब डलर नाघ्यो : अध्ययन

विश्व बैंक, यूई र संयुक्त राष्ट्रसंघको संयुक्त मूल्यांकनका अनुसार रुसी आक्रमणबाट ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि युक्रेनलाई पाँच खर्ब डलरभन्दा बढी आवश्यक पर्ने देखिएको छ।