AnonymousUser

Logout

खटाएको ठाउँमा नजाने शाखा अधिकृतसहित २ कर्मचारीको 'गैलकट्टी'

मन्त्रालयले खटाएको ठाउँमा नगएका अन्य ३५ जना कर्मचारीलाई पनि हाजिर हुन बुधबारसम्मको समय दिएको छ।

वीरगन्ज कारागारका कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन

वीरगन्ज कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको उपचारका क्रममा मृत्यु भएपछि घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, पर्साले समिति गठन गरेको छ।

फूल उत्पादनमा वृद्धि, निर्यात दोब्बरले बढ्यो

नेपालमा फूलको आयातमा उल्लेख्य कमी आएको छ भने निर्यात दोब्बरले बढेको छ।

फलोअप

होमस्टेका नाममा होटल र गेस्ट हाउसः अन्धाधुन्ध दर्ता गरिदिन्छन् वडा कार्यालय

दर्तामा सहज हुने र राजस्व पनि कम लाग्ने कारण काठमाडौँ महानगरमा होमस्टेका नाममा धमाधम खुलेका होटल र गेस्ट हाउसलाई वडा कार्यालयहरूले सहजै दर्ता गरिदिने गरेका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले संक्रमणकालीन न्यायसम्बन्धी रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने प्रशासनको आदेशलाई बदर गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश खारेज गरेसँगै द्वन्द्वपीडितको निवेदन दर्ता गर्ने बाटो खुलेको छ।

राज्य व्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा

खतिवडाले आफूलाई ‘दोषी’ भनेर किटान नगरिएको भए पनि प्रतिवेदनमा ‘जिम्मेवार’ भन्ने शब्द प्रयोग गरिएकाले त्यसको जिम्मेवारीबोध गर्दै पदबाट राजीनामा दिएको बताए।

नेप्से परिसूचक २६ अंकले घट्यो, कारोबार रकम ६ अर्ब ९१ करोडमा सीमित

मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ बिन्दुमा कायम भएको छ।

खडेरीको संकट झेलेका पर्साका कृषकलाई मलको पिरलो

​​​​​​​पर्सामा किसानको मागअनुसार सरकारी अनुदानको मल उपलब्ध हुन सकेको छैन। सरकारले तोकेको कोटाले यहाँको कुल मागको ६० प्रतिशत मात्रै धान्न सक्छ।

रक्सीको 'ह्यांगओभर' उतार्न चप्पलमै ८ किलोमिटर दाैडे, जीवन बदलियो

इसाकको बाल्यकाल कठिन थियो। रक्सीको लतले गर्दा अन्ततः उनी घरबारविहीन भए। तर ८ किलोमिटर दाैडिने निर्णयले उनको जीवनमा नयाँ मोड ल्याइदियो।

उपचारका क्रममा कैदीको मृत्युपछि नारायणी अस्पताल परिसरमा आफन्तको प्रदर्शन

वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि नारायणी अस्पताल परिसरमा उनका आफन्तहरूले प्रदर्शन गरेका छन्।

ईभी आयात बढ्दा नेपालमा घट्दै पेट्रोलियम पदार्थको आयात

आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट विद्युतीय सवारीसाधनको प्रयोग बढेर पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा पनि कमी आएको बताउँछन्।

बासस्थान अतिक्रमणले मानव–हात्ती द्वन्द्व बढ्दो

बासस्थान अतिक्रमणका कारण हात्ती मानव बस्तीमा पस्दा मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेको छ।

दुखाइ नियन्त्रण उपचारको बेलगाम धन्दा

दुखाइको उपचार गर्ने भन्दै खुलेका अस्पताल तथा क्लिनिकमा योग्यताबिनाका जनशक्तिले नामअघि 'डाक्टर' लेखेर उपचार गर्दा बिरामीको पैसा मात्र बर्बाद भइरहेको छैन, स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ।

तोलामा १ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।

कुखुरामा देखियो ‘चिकेन एनेमिया’ भाइरस

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनले अध्ययनका क्रममा ‘चिकेन एनेमिया भाइरस’ पुष्टि भएको छ। चितवनसहितका जिल्लामा पालिएका कुखुरामा यो रोग देखिएको हो।

बोडेमा शुरू भयो नीलबाराही नाच

नीलबाराही देवीको तान्त्रिक शक्तिका आधारमा यो नाच नाच्ने र देवगणहरूलाई देवीको शक्ति प्राप्त हुने जनविश्वास रहँदै आएको छ।

देशभर ९१ प्रतिशत धान रोपाइँ

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७ तथा सबैभन्दा कम मधेश प्रदेशमा ७६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

गीतमात्रै गाएर फर्कन्नन् नेपाली स्वदेश

विदेशमा अध्ययन गरेर फर्किएका युवाको योगदानले देशमा अपूर्व अवसर सिर्जना गर्न सक्छ। हाम्रो शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, सामाजिक न्याय तथा विज्ञान र प्रविधिका क्षेत्रमा सुधार ल्याउन सक्छ।

बर्खायाममा पनि रोकिएन कालीगण्डकी दोहन

कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ। स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले मध्यरातमा समेत बालुवा निकाल्ने गरेका छन्।

सप्तकोशीमा पानीको बहाव बढ्दो, १९ ढोका खोलियो

पूर्वीपहाडी तथा तराईका जिल्लाका विभिन्न स्थानमा पछिल्लो केही दिनयता निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढेको छ।