AnonymousUser

Logout

धरहरा टपरी ममलाई २ लाख जरिबाना, मममा भेटियो धातुको औँठी

काठमाडौँ महानगरले खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको भन्दै सुन्धारास्थित धरहरा टपरी ममलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ।

विच्छ्या खोलामा आएको बाढीले ११ घर बगायो, ७ घरमा क्षति

हिमाली गाउँपालिका–१ विच्छ्या खोलामा आएको बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा परेको प्रहरीले जनाएको छ।

एआई नीति स्वीकृत, नागढुंगा सुरुङमार्गको शुल्क तोकियो

सरकारले ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२’ स्वीकृत गरेको छ भने नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर पनि तोकेको छ।

किसानलाई दुग्ध विकास बोर्ड र निजी क्षेत्रले ४ अर्ब तिर्न बाँकी

दुग्ध उत्पादक किसानहरूले सरकार र निजी क्षेत्रबाट पाउन बाँकी रहेको करिब चार अर्ब रुपैयाँ एक सातामा भुक्तानी नभए आन्दोलनमा जाने चेतावनी दिएका छन्।

क्षमताभन्दा बढी कैदीबन्दी भए पनि रवि प्रारम्भदेखि नै छुट्टै बन्दीगृहमा : रुपन्देही कारागार

क्षमताभन्दा बढी कैदीबन्दी भए पनि सुरक्षाका कारण रवि लामिछानेलाई छुट्टै कोठामा राखिएको, सबै कैदीबन्दीलाई समान रूपमा सुविधा प्रदान गरिएको रुपन्देही कारागार कार्यालयले जनाएको छ।

सुदूरपश्चिम क्षेत्रमा वर्षा जारी, शुक्रबारबाट बिस्तारै कम हुने

हाल देशभर साधारणतया बदली भई सुदूरपश्चिम प्रदेशको पहाडी र तराईलगायत बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षा भइरहेको छ। बिहीबार रातिदेखि बिस्तारै वर्षाका गतिविधि कम हुने विभागले जनाएको छ।

रवि लामिछाने थुनिएको कोठाको झ्यालबाट प्लाइउड हटाएर जाली राखियो

रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रारम्भदेखि नै अलग्गै एउटा कोठामा राखिएको कारागार कार्यालयले जनाएको छ।

महानगरले भत्कायो स्वीकृतिबिना बनाइएका संरचना [तस्वीरहरू]

कालीमाटीबाट बल्खु जाने सडकको १०० मिटरभित्र पर्ने संरचना डोजर र ब्रेकर लगाएर भत्काइएको छ।

अवरुद्ध कालीगण्डकी करिडोर २ दिनपछि सञ्चालन

कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

कसले बनाउने नाला हुँदै बनेपा जाने सडक?

सूर्यविनायक–बनेपा खण्ड स्तरोन्नति भइरहँदा कमलविनायकबाट नाला हुँदै बनेपा निस्कने वैकल्पिक सडकमा सवारीसाधनको चाप छ। तर यो सडक मर्मतमा तीन तहले नै जिम्मेवारी नलिँदा दुर्घटनाको जोखिम बढेको छ।

विच्छ्या खोलामा बाढी: बाजुराको १० वटा घरमा क्षति

लगातारको वर्षापछि विछ्या खोलामा आएको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ। बाढीले एउटा झोलुंगे पुलसमेत बगाएको छ।

रिडी–तम्घास सडक पहिरोले अवरुद्ध

रुरुक्षेत्र गाउँपालिका–३ स्थित बाख्रे भीरमा बिहीबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

गोरखाको एक्लो कुसुन्डा परिवार

२०३८ सालमा आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएको चेतबहादुरलाई हिजै हो जस्तो लाग्छ। आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको सम्झना ताजै छ।

गाईपछि कुकुर: निमुखालाई सधैँ अत्याचार

ढुंगामाटो हटाएझैँ शहरबाट केही हप्तामै लाखौँ कुकुर हटाउन अदालत आदेश दिन्छ। त्यस्तो आदेश दिने देश/समाजका धेरै मान्छे पशुपंक्षीलाई ढुंगामाटोझैँ नै ठान्छन्।

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

सुदूरपश्चिमको आधाभन्दा बढी जनसंख्या कैलाली र कञ्चनपुरमा छ। कैलालीमा करिब ३३ प्रतिशत र कञ्चनपुरमा २० प्रतिशत मानिसको बसोबास छ।

इलाममा १४६ मिलिमिटर वर्षा

मनसुनको न्यूनचापीय रेखा पश्चिममा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले पूर्वी भूभागभन्दा पश्चिमतर्फ बढी सक्रिय रहने छ।

चितवनका ३ जनामा जापानिज इन्सेफलाइटिस

बागमती प्रदेशमा चार जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ। जसमध्ये एक जना सिन्धुली र तीन जना चितवनका छन्।

राष्ट्रिय विद्यालय स्तरीय नाटक महोत्सव हुँदै

'थिएटर इन एजुकेसन' अन्तर्गत नाट्य विधा पढाइ हुने विद्यालयहरू लक्षित गरी आगामी भदाै दुई गतेदेखि दोस्रो राष्ट्रिय विद्यालय स्तरीय नाटक महोत्सव हुने भएको छ।

कैलालीका प्रजिअ हमाल मन्त्रालय तानिए

केही दिनअघि कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो।

ज्यान मार्ने उद्योगको मुद्दाका लागि चक्रे मिलनलाई भक्तपुर लगियो

अभद्र व्यवहारको कसुरमा धरौटी माग भए पनि उनी तत्काल नछुट्ने भएका छन्।