AnonymousUser

Logout

गणपूरक संख्या नपुगेपछि लेखा समिति बैठक स्थगित

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ अनुसार समितिको गणपूरक संख्या तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत हुने व्यवस्था छ।

ललितपुरमा मनाइयो ऐतिहासिक नृसिंह जात्रा

भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने जात्रामा विष्णुको नृसिंह अवतारले दानव हिरण्यकशिपुलाई बध गरेको सम्झनामा बाजागाजा र भजनटोलीसहित शहर परिक्रमा गर्ने चलन छ।

पहिरोले कोदारी राजमार्ग अवरुद्ध, ६०० कन्टेनर रोकिए

लेदो निरन्तर बगिरहेकाले पन्छाउन कठिनाइ भएको छ। कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको व्यवसायीले बताएका छन्।

अर्बौंको व्यापार गरिरहेको विचित्रको खेलौना– लाबुबु

खेलौनाको विश्वबजारमा प्रचलित मान्यताभन्दा फरक रूप, रङ र हाउभाउको ‘लाबुबु’लाई कतिपयले आकर्षक मान्छन्, कतिलाई दानवजस्तो लाग्छ। तर विश्वव्यापी रूपमा भइरहेको यसको व्यापार भने चकित पार्ने खालको छ।

यातायात कार्यालय चाबहिल पुग्ने सडकको बिजोग

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको सडक हिलाम्मे हुँदा सेवाग्राही मारमा परेका छन्।

बागलुङमा लिफ्टिङ खानेपानी आयोजना ७ वर्षदेखि अधुरै

२०७५ असार ३१ गते सम्झौता भएको आयोजनाअन्तर्गत सात लाख लिटरका दुईवटा संकलन ट्यांकीमा पानी खसाल्ने तथा गौडाकोट र रमेटार क्षेत्रमा वितरण गर्न बाँकी छ।

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

आर्थिक वर्ष २०७७/७८ मा ५९१ वटा उद्योग दर्ता भएकामा गत आर्थिक वर्षमा ११० वटा मात्र दर्ता भएको कार्यालयले जनाएको छ।

हवाई दुर्घटना अनुसन्धानका लागि अलग्गै स्वायत्त निकाय

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रमुख सिफारिसमध्ये एक हो दुर्घटना अनुसन्धान निकायको स्वतन्त्रता। उड्डयन सुरक्षामा गरिने लगानीलाई अनावश्यक खर्चका रूपमा नभई दीर्घकालीन लाभका रूपमा हेर्नुपर्छ।

मनसुन क्रमशः कमजोर हुँदै

गण्डकी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहको महाशाखाले जनाएको छ।

गत आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६.१५ प्रतिशत बढी खर्च भएको छ।

माथिल्लो तामाकोशी तटीय क्षेत्र आसपासका बासिन्दा सतर्क रहन आग्रह

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय सफाइ गरिने भएकाले नदीमा पानीको सतह घटबढ हुन सक्छ। यसले गर्दा तटीय क्षेत्रमा बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

डुम्रेनजिकै बस र माइक्रो ठोक्किँदा २१ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४, ठूल्ढुंगामा बिहीबार साँझ भएको दुर्घटनामा २१ जना घाइते भएका छन्।

करिब ३ करोड ठगीको आरोपमा लालीगुराँस सहकारीका व्यवस्थापक पक्राउ

पाल्पाको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेललाई सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

काश्मीरमा भीषण बाढी : ३४ जनाको मृत्यु, दर्जनौँ घाइते

भारत-शासित जम्मू-काश्मीरको किष्टवार जिल्लामा एकाएक अति भारी वर्षा भई आएको बाढीमा परी कम्तीमा ३४ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्।

बागमतीका निलम्बित मेयर भरत थापालाई ८ वर्ष कैद, १० करोडभन्दा बढी जरिबाना

बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई नदीजन्य पदार्थ हिनामिना गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष कैद र १० करोड रुपैयाँभन्दा बढी जरिबाना तोकेको छ।

नारायणगढ–मुग्लिन सडकमा ट्रकमाथि ढुंगा खस्दा ३ जना घाइते

नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुंगाले ट्रकलाई लाग्दा तीन जना घाइते भएका छन्।

सरकारको रुचिका विधेयक ‘फास्ट ट्रयाक’मा, अरू अड्काएको अड्कायै

प्रधानमन्त्रीको चासोको भूमि विधेयक फटाफट पारित गर्ने प्रक्रियामा थियो, यद्यपि अन्तिममा रोकियो। तर विद्यालय शिक्षा विधेयकमा सरकारले चाहेका प्रावधान नराखिँदा लामो समय अड्काइयो। यस्ता उदाहरण धेरै छन्।

कारागारको संरचना सुधार गर्नुपर्नेमा सांसदको जोड

प्रतिनिधिसभाको बैठकमा सांसदले कारागार व्यवस्थापन सुधार गर्नुपर्ने, कानून निर्माणमा ढिलाइ भएको र अर्थतन्त्रमा सुधार नआएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

बिहीबार नेप्से परिसूचक २.६२ अंकले बढेर २७८८.३६ बिन्दुमा पुगेर रोकिएको छ।

विश्वभर डेढ करोड प्राथमिक उमेरका बालिका विद्यालयबाहिर

यूएन वुमनले पछिल्ला दशकहरूमा प्राथमिक र माध्यमिक तहमा भर्ना दरमा लैंगिक समानता बढेको भए पनि केही क्षेत्रमा अझै पनि ठूलो असमानता रहेको औँल्याएको छ।