AnonymousUser

Logout

बाफिया विधेयकः बैंकर र व्यवसायी छुट्याउन पर्याप्त समय दिने तयारी

बाफिया विधेयकमा बैंकर र व्यवसायी छुट्याउने भनिए पनि यो व्यवस्था कार्यान्वयन गर्न कति समय दिने उल्लेख छैन। व्यवसायीलाई बैंकबाट निस्कन १० वर्षसम्मको समयावधि दिन सहमति खोजिँदैछ।

निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि मापदण्ड जारी

मापदण्डले निःसन्तान उपचार केन्द्रहरूको प्रभावकारी नियमन र निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने मन्त्रालयको विश्वास छ।

घट्यो सुनचाँदीको मूल्य

शुत्रबार १ लाख ९६ हजार २०० रुपैयाँ रहेको सुन आज १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

करेन्ट लागेर सप्तरीमा दम्पतीको मृत्यु

जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको छ।

बिक्न छाडे सारंगी, सुनिन छाड्यो धुन

सारंगी बाजाको संरक्षण गर्दै, यसलाई व्यावसायिक बनाउन सके, कला संस्कृतिको संरक्षणसँगै रोजगारीको अवसर सिर्जना गर्नसमेत टेवा पुग्ने स्थानीयोको भनाइ छ।

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

इच्छाकामना गाउँपालिका–५ तुईन खोलामा आइतबार बिहान सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आइतबार बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको छ।

तर्कको तराजुमा तीन सन्तान

१० जना अस्वस्थ, कमजोर, निरक्षर र सीप नभएको व्यक्तिको तुलनामा दुई जना स्वस्थ, सिपयुक्त, आधुनिक शिक्षा लिएको र प्राविधिक हिसाबले सक्षम व्यक्तिको उत्पादकत्व बढी हुन सक्छ।

कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

मनसुन केही कमजोर बने पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रहिरहेको महाशाखाले जनाएको छ।

वैशाखयता विपद्का दुई हजार ८५३ घटना, १२६ जनाको मृत्यु

वैशाखदेखि साउन ३१ सम्म देशभर बाढीका २१६, पहिरोका ३१७, भारी वर्षाका २२१, चट्याङका २४५, सर्पदंशका ७७ घटना भएका छन्।

कैलाली कारागारमा झडपपछि घाइते कैदीबन्दीलाई मागबमोजिम स्थानान्तरण गरिँदै

जिल्ला प्रशासन कार्यालयका अनुसार, झडपमा घाइते भई उपचारपछि फर्किएका कैदीहरूलाई उनीहरूको मागबमोजिमका कारागारमा पठाएर व्यवस्थापन गरिँदै छ।

सिन्धुलीमा बाढीले १० घर डुबानमा, एक घाइते

दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन् ।

टी२० शृंखलामा नेपाल बांग्लादेश ‘ए’सँग ३२ रनले पराजित

नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो। कुशल मल्लले अविजित ५९ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

गणितीय ओलम्पियाडमा कांस्य विजेता श्रेयश भन्छन्– ‘प्रशिक्षकको मार्गदर्शन पाए अझै उच्चस्तरमा पुग्थ्यौँ’

अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाडमा कांस्य पदक विजेता श्रेयशले अघिल्ला वर्षमा सहभागी भइसकेका विद्यार्थीबाट सिकेर र युट्युब तथा गुगलजस्ता इन्टरनेटका स्रोतलाई मुख्य आधार बनाएर तयारी गरेका थिए।

रवि लामिछाने रुपन्देहीबाट नख्खु कारागार सारिए

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई शनिबार रुपन्देही जिल्ला कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा सारिएको छ।

ट्रम्पको निम्तोपछि अमेरिका जाँदै युक्रेनी राष्ट्रपति जेलेन्स्की

अलास्का वार्तामा रुससँग युद्धविरामबारे सहमति नभएपछि ट्रम्पले जेलेन्स्कीसँग टेलिफोनमा कुरा गर्दै उनलाई वासिंटन भ्रमणको निम्तो दिएका थिए।

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध

हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–फाखेल–दक्षिणकाली सडक र त्रिभुवन राजपथमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ।

गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, गहिरिँदै स्वास्थ्य संकट

पानी ढुवानी गर्ने ट्रक २–३ दिनमा मात्र आउने भएकाले मानिसहरू धमिलो पानीको जोहो गर्न संघर्ष गरिरहेका छन्। पानी नआउँदा समुद्रको पानी प्रयोग गर्न बाध्य हुन्छन्, जुन स्वास्थ्यका लागि झनै खतरनाक हुन्छ।

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपचारमा लापरबाहीको आरोप, छानबिन समिति गठन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा एक जनाको मृत्यु भएको घटना छानबिन गर्न जिल्ला स्तरीय समिति गठन गरिएको छ।

अछाममा करेन्ट लागेर १ जनाको मृत्यु, ५ घाइते

कृष्ण जन्माष्टमीको तयारीका क्रममा राष्ट्रिय झन्डा फहराउँदै गर्दा करेन्ट लागेर अछाममा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।