AnonymousUser

Logout

एउटा विनाशकारी पुलः मृत्युको कारण बन्यो, सयौँ मानिस घरबारविहीन भए

नक्खु खोलामा गत असोज १२ गते आएको बाढीले दुई जनाको मृत्यु भयो भने दुई जना अझै बेपत्ता छन्। ४० भन्दा बढी टहरा बगे। यो बाढीको कारण थियो– खोला साँघुरो बनाउँदै ललितपुर महानगरले नक्खुडोलमा बनाएको पुल।

स्थानीयको अवरोधले रोकियो मध्यपहाडी सडकको निर्माण

मध्यपहाडी लोकमार्ग योजना कार्यालय, पालुङटारका अनुसार केही स्थानीयले मुआब्जा, चौडाइ र सम्भावित असरको विषय उठाउँदै सडक निर्माणमा अवरोध पुर्‍याएका छन्।

काठमाडौँ महानगरलाई संघीय मन्त्रालयको पत्र : सरोज गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिनू

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरलाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका सरोजप्रसाद गुरागाईंलाई काम गर्ने वातावरण सहज बनाइदिन अनुरोध गरेको छ।

लगातार चौथो दिन पनि घट्यो नेप्से परिसूचक, १० अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ को विन्दुमा कायम भएको छ।

अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न सांसदको माग

 सांसदले नेपाललाई प्राप्त अमेरिकी अनुदान सहयोगबारे सरकारबाट श्वेतपत्र जारी हुनुपर्ने माग गरेका छन्। 

ठेक्का लागेको आठ वर्षमा पनि बनेन काभ्रे र मकवानपुर जोड्ने पुल

काभ्रेपलान्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लागेको थियो। 

सक्रिय बन्दै बागलुङका न्यायिक समिति

जिल्लाका १० पालिकाका न्यायिक समिति, न्यायिक सहजकर्ता तथा मेलमिलापकर्ताको सहभागितामा भएको दोस्रो न्यायिक सम्मेलनबाट १२ बुँदे घोषणापत्र जारी गरिएको छ।

बन्धकहरूलाई तत्काल रिहा गर्न हमासलाई ट्रम्पको चेतावनी

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणमा पक्राउ परेकामध्ये पाँच जना अमेरिकी पनि रहेको बताइएको छ।

पाल्पाका चार सामुदायिक वनमा तीन दिनदेखि डढेलो 

डिभिजन वन कार्यालयका अनुसार डढेलो देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा फैलिएको छ। 

तनहुँ जलविद्युत्: प्रसारण लाइन निर्माणमा विलम्ब

तीन वटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ। प्रसारण लाइन निर्माणमा भने प्रगति भएको छैन।

डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’ को विमोचन

जर्ज भान ड्रिमले २०३९ सालमा तेह्रथुमको म्याङलुङ–१० तत्कालीन तम्फुला गाउँमा ६ महिना बसेर फेदापे लिम्बू भाषाको अध्ययन गरेर पुस्तक लेखेका थिए। 

ठेकेदारको लापरबाहीले रामेछापको कोलन्जोर घाट पुल अलपत्र   

सम्झौताअनुसार २०७७ सालमै सम्पन्न हुनुपर्ने पुलको म्याद २०८१ साल चैत २० गतेसम्म थपिएको छ। हालसम्म ठेकेदारले बाँकी काम शुरू नै गरेका छैनन्।

आजका स्मार्ट शहर, भोलिका ग्याँस च्याम्बर, पर्सिका भुंग्रो

उच्च जनघनत्व भएका दक्षिण एशियाजस्ता क्षेत्रमा कत्रो विग्रह र द्वन्द्व सिर्जना हुनेछ भन्ने हामी अहिले कल्पना पनि गर्न सक्दैनौँ, किनकि मानव जातिले अहिलेसम्म त्यो तहको विपत्ति देखेकै छैन।  

च्याम्पियन्स ट्रफी क्रिकेट: उपाधिका लागि न्युजिल्यान्ड र भारत भिड्ने

दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्यान्डले भारतसँगको उपाधि भिडन्त पक्का गरेको छ। फाइनल खेल आइतबार दुबईमा हुनेछ। 

कोशी, गण्डकी र कर्णालीमा हल्का हिमपातको सम्भावना 

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ।

पहिरोको पूर्वानुमान गर्ने विधिहरू विकास गर्न सकिने

वर्षाको सीमा आँकलन गरी तिनलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्रणालीमा समावेश गर्ने प्रक्रियालाई सहज बनाउन अध्ययन गरिएको थियो।

युरोप र ब्राजिलको बाटो हुँदै अमेरिका पुगे, ९ महिना ‘डिटेन्सन’मा राखेर फर्काइए

डिर्पाेट भएकाहरूले प्रहरी अधिकारीलाई दिएको बयानअनुसार उनीहरू एक वर्षअघि छुट्टाछुट्टै रूपमा युरोप र दक्षिण अमेरिकाको बाटो भएर मेक्सिको हुँदै अमेरिका छिरेका थिए।

५२ पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्चमा बहसः कार्यकारीले आफैंलाई शक्तिशाली बनाउने गरी कानून ल्याउन मिल्छ?

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति गर्दा संविधान र कानूनी आधारलाईसमेत क्षयीकरण हुने गरी काम गरेको भन्दै कानून व्यवसायीहरूले निर्णय बदर हुनुपर्ने धारणा राखेका छन्।

‘डिपसिक’ले संसार हल्लाएका बेला ‘डिप स्टेट’ उन्मुख सरकार

पहिला सरकारहरूले पार्टीप्रति बफादारलाई नेतृत्व दिई सार्वजनिक संस्था ध्वस्त पारे। त्यसपछि पैसाको दौर शुरू भयो। अहिले निर्णयकर्ताले स्वार्थ बाझिने व्यापारीको मनोनयनलाई सरकारले अनुमोदन गर्ने समय हो।

सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश स्वीकृत

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकबाट बहुमतले स्वीकृत गरेको छ।