पुनः ठूला रूख रोप्न नसकिने सामुदायिक वनका ती जग्गामा अदुवा, बेसार र जडीबुटीखेती गरिएको छ। आफ्नै बारी नभएका विपन्न महिलाले यही खाली जग्गाको उपयोग गरिरहेका हुन्।
चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ। यस वर्षको भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ रहेको थियो।
अमेरिकी राष्ट्रपतिमा पुनरागमनसँगै ट्रम्पले धमाधम चालिरहेका कदमले संसारभरका लोकतन्त्र पक्षधर चिन्तित छन्, तानासाही र अधिनायकवादका पक्षपाती भने उत्साहित छन्। जस्तो, नेपालमा राजावादीमा देखिएको उत्साह।
आगलागी नियन्त्रण हुन नसकी डढेलोको रूप लिँदा वन विनाश मात्र नभएर धनजनको समेत क्षति हुने गरेको छ। घरगोठ र पशुधनको क्षतिले ग्रामीण भेगका किसान मारमा परेका छन्।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
प्रतिनिधिसभाबाट निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ बहुमतले पारित भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालबाट मस्तिष्कघातका बिरामीलाई निःशुल्क रूपमा औषधि उपलब्ध गराउन लागिएको जनाएको छ।
इजरायलको आक्रमणबाट कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन्।
म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पूर्वराजाको पक्षमा भन्दै भइरहेका गतिविधि र शक्ति प्रदर्शनबाट राजतन्त्र आउने सम्भावना राजावादीहरू नै देख्दैनन्। आन्दोलनका ‘कमान्डर’ तोकिएका नवराज सुवेदीसमेत यस्ता आन्दोलनले राजतन्त्र नफर्किने बताउँछन्।
विषालु च्याउ खाँदा बिरामी भएका तनहुँका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
गुल्मीमा डोजर, चारपांग्रे सवारी, एम्बुलेन्स मोटरसाइकललगायतका सरकारी सवारीसाधन प्रयोगविहीन अवस्थामा छन्। तीमध्ये कतिपयको सरकारी कार्यालयमा अभिलेखसमेत छैन।
सांसदले जातीय विभेदका घटना, आगलागी, बाढी पहिरोको जोखिम, निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण, कृषि मलको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनर्निर्माण हुन सकेको छैन।
बिहीबार नेप्से परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ को विन्दुमा कायम भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन्।
सांसद जीवन परियारले औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र महायज्ञका आयोजक बजरङ बाबाले दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठनको माग गरे।
इजरायलले मंगलबार गाजाभर पुनः हमला शुरू गरेको थियो। यो हमलाले युद्ध रोक्ने र २५ भन्दा बढी बन्धकको रिहाइलाई सहज बनाएको युद्धविराम भंग गरेको छ।
कोशी सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
‘ठेकेदारकै कारण काम समयमा नसकिएको अवस्थामा हामी पेनाल्टी लगाउछौँ। १० प्रतिशतसम्मको पेनाल्टी पाउँछन्। काम हुनसक्छ भने पेनाल्टी लगाएर भए पनि त्यही ठेकेदारबाट गराउने हाम्रो रणनीति हुन्छ।’