AnonymousUser

Logout

यौन व्यवसायसम्बन्धी अभिव्यक्तिमा कांग्रेस प्रमुख सचेतकले मागे माफी

चैत ३ गते संसद्‌को विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए। त्यसको संसद्‌भित्र र बाहिर आलोचना भएको थियो।

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार छापावाल सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।    

म्याग्दीमा जिप दुर्घटना: १ जनाको मृत्यु, ३ घाइते

सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ गइरहेको जिप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मुआब्जा दिलाउने सहमतिपछि रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा

जलविद्युत् आयोजनाको ट्रान्समिसन र पाइपलाइन विस्तारका क्रममा प्रयोग  गरिएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै स्थानीय आन्दोलित भएका थिए।

कटहरका रुख सुकेपछि मण्डनदेउपुरका किसान चिन्तित

कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ। विगत चार वर्षदेखि यो समस्य देखिन थालेको किसानको भनाइ छ।

‘नेपालका विश्वविद्यालय नतिजामा अब्बल, अनुसन्धान र रोजगार बनाउन पछाडि’

‘स्वतन्त्र विद्यार्थी युनियनसँग मिल्दाजुल्दा स्टुडेन्ट काउन्सिल विदेशका विश्वविद्यालयमा पनि हुन्छन्। तर उनीहरू विश्वविद्यालयले खडा गरिदिएको कम्पनीमा आबद्ध भई उद्यमशीलताको अभ्यास गर्छन्।’

गण्डकी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

ट्रम्प–पुटिन वार्ता: ३० दिन युद्धविराम गर्ने सहमति

वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता महत्त्वपूर्ण चरणमा पुगेको बताएका छन्। अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको उनले उल्लेख गरेका छन्। 

भोजपुरमा आगलागीबाट १७ घरसहित ३५ संरचना जले

इनामे सामुदायिक वनमा लागेको डढेलो बस्तीसम्म आइपुग्दा १७ वटा घर, आठ वटा पाली र १० वटा गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

धनपालथानको आगलागीमा १ बालिकाको मृत्यु, ९ घर जले

मोरङको धनपालथान गाउँपालिका– ७ मा आगलागी हुँदा एक बालिकाको मृत्यु गएको छ।

काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर

काभ्रेपलान्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन्।

धनुषाको सबैलामा चोक नामकरण विवाद समाधान गर्न पाँचबुँदे सहमति

धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोक नामकरणको विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि पाँचबुँदे सर्वपक्षीय सहमति भएको छ। 

विकासमा परनिर्भरका सात दशक: विधाता न विध्वंसकर्ता

विकासका निम्ति दाताहरूले नेपाललाई टुक्राटुक्रामा बाँडे। जस्तो, अमेरिका गाउँ पस्यो। क्यानडाले पश्चिम कर्णाली रोज्यो, तत्कालीन पश्चिम जर्मनीले मध्यगण्डकी लिँदा ब्रिटिशहरू पूर्वी क्षेत्रमा केन्द्रित भए।

इजरायली आक्रमणबाट गाजामा ४०० जनाको मृत्यु, अस्तव्यस्त अस्पताल

इजरायलको शृंखलाबद्ध आक्रमणबाट गाजामा ४०४ जनाको मृत्यु र ५६२ जना घाइते भएको हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पोखरा बेलुन विस्फोट घटना: छानबिन समितिको प्रतिवेदनमा के छ ?

समितिले सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने सुझाव दिएको छ।

२५ करोड रुपैयाँ बराबरको युरो र डलर लिएर रसुवागढी नाका जाँदै थिए पक्राउ परेका लामा

यसअघि २०७३ पुसमा सात केजी सुनसहित पक्राउ परेका लामामाथि राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो भने उनी २०७८ मा छुटेका थिए।

नेप्से परिसूचकमा लगातार गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार नेप्से परिसूचक ७.६६ अंकको घटेर २६९७.०४ को विन्दुमा कायम भएको छ।

चालु आर्थिक वर्षमा शहरी विकास मन्त्रालयको १८ प्रतिशत मात्रै खर्च

चालु आर्थिक वर्षमा शहरी विकास मन्त्रालयबाट कार्यान्वयन हुने तीन हजार ७१६ वटा नयाँ कार्यक्रममध्ये जम्मा एक हजार ६२३ वटाको बोलपत्र आह्वान भएको छ।

साफ यू१९ च्याम्पियनसिप: नेपालको पहिलो खेल श्रीलंकासँग

भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रंगशालामा हुने प्रतियोगिता आगामी मे ९ देखि १८ तारिखसम्म हुनेछ। 

नेपालमा राजावादीहरू जुर्मुराउँदा भारतीय मिडिया तरंगित

पूर्वराजाको समर्थनमा काठमाडौँमा भएको प्रदर्शनपछि भारतीय मिडियाले नेपालमा राजतन्त्र फर्काउने विषयमा रिपोर्ट, बहस र विश्लेषण मात्र दिइरहेका छैनन्, लोकतन्त्र र धर्म निरपेक्षतामाथि प्रश्न पनि उठाएका छन्।