आज नेप्से परिसूचक १२.०३ अंकले बढेर २,७६१.८६ को विन्दुमा कायम भएको हो।
विश्व बौद्धिक सम्पत्ति संगठनले २०२५ को नवप्रवर्तन सूचकांकमा चीनको शेनझेन–हङकङ–गुआङ्जो समूहलाई विश्वकै शीर्ष नवप्रवर्तन केन्द्र घोषणा गरेको छ।
पहिले चौँरीका लागि पाइने पोषणयुक्त घाँस अचेल मौसम परिवर्तनकै कारण विलय भएको चौँरीपालक किसानको भनाइ छ।
सहमति नै नभएको विषयमा नेपाल जीएसआईको पक्ष बन्यो भन्ने ढंगले प्रचार गरिनु विल्कुलै गलत भएको खतिवडाले प्रष्ट पारेका छन्।
काठमाडौँ उपत्यकामा काम विशेषले दुई पाङ्ग्रे वा चार पाङ्ग्रे निजी सवारीसाधन लिएर निस्किने जोकोहीले जामको सास्ती मात्र होइन, पार्किङ स्थलबारे पहिल्यै नसोचे कामै नगरी निवास फर्किनुपर्ने अवस्था आउन सक्छ।
महाकाली नदीमा जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपांग्रे र तीनपांग्रे सवारीसाधन आवागमन रोक लगाएको छ।
तालिबान अधिकारी र संयुक्त राष्ट्रसंघले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन्। टोलीले आपत्कालीन सहयोग र जीवनरक्षक सहायता पुर्याइरहेका छन्।
लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौँ, पोखरा जाने सवारीसाधन कालापैरामा ठप्प भएका छन्।
आइतबार प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन सोमबार १ हजार ७०० रुपैयाँले बढेको छ।
नान्गरहार प्रान्तको जलालाबाद शहरबाट २७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
पर्साको धोबिनी गाउँपालिकाले समयमै बजेट नल्याएपछि विकास निर्माणका गतिविधि नै ठप्प छन्। कर्मचारीले तलबभत्ता बुझ्न नपाएको मात्र होइन पालिकाले भूमि तथा मालपोत कर पनि बुझ्न पाएको छैन।
अर्थ-राजनीति
उक्त सम्भावनाको तिनले चर्चा गर्दा राजा त्रिभुवन तथा युवराजाधिराज महेन्द्र अचम्मित भएका थिए। बाबुछोराको प्रतिक्रिया थियो, ‘यहाँ के छ र त्यो हेर्न पर्यटक आउने?’
आइतबार राति भएको ग्रान्ड फिनालेमा बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचौँ भए।
राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन।
नेपालीलाई भारतमा लगेर मिर्गौला झिकिएको प्रकरण बाहिर आएपछि थप चनाखो बनेको ब्युरोले ‘अपरेसन लाइभ सिल्ड’ चलाएर अनुसन्धान अघि बढाएको थियो।
डिजेल/मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ, इवाई इन्धन आन्तरिकतर्फ एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको हो।
प्रतिनिधिसभाको प्राकृतिक स्रोत समितिले निर्माणाधीन आयोजना सम्पन्न गर्न सहजकर्ताको सक्रिय भूमिकामा प्रस्तुत हुन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको हो।
सिटी रिक्सा चार्ज गर्ने र मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।
सर्वोच्च अदालतले करिब ६ वर्षअघि नै इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा लेख्ने बाटो खोलिदिएको थियो। तर अझै नेपाली भाषामै लेखिनुपर्ने भन्दै विरोध भइरहेको छ। के देवनागरी लिपि प्रयोग गर्न नसकिने नै हो त?
प्यालेस्टिनी इस्लामवादी समूहले शनिबार जारी गरेका तस्वीरहरूमा उनलाई ‘सैन्य परिषद्का शहीद’ भनेर देखाएको छ।