नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ।
पछिल्ला केही वर्षयता समयमा पानी पर्न छडेको छ। यसको प्रभाव स्याउ उत्पादनमा पनि परेको छ। लाखौँ लगानी गरेर खेती गरेको स्याउ नफल्दा ठूलो नोक्सानी भएको किसानले बताएका छन्।
अवैध तवरले वैदेशिक रोजगारीमा पठाउने जो कसैलाई कानूनी दायरामा ल्याइनुपर्छ। अर्कातिर, बढ्दो महँगीको मारबाट श्रमिकलाई के कसरी राहत दिलाउन सकिन्छ, यसमा पनि राज्य गम्भीर हुनुपर्छ।
देशका पहाडी भूभागमा पहिरोको जोखिम रहेको, नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन तथा पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।
घटनाको थप तथ्य बाहिर ल्याउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिन आवश्यकता देखिएको समितिले जनाएको छ।
ती चिनियाँ नागरिकले क्यालिफोर्नियाबाट हतियार र सैन्य उपकरणहरू पठाउन उत्तर कोरियाली अधिकारीहरूबाट लगभग २० लाख डलर प्राप्त गरेका थिए।
मधेश प्रदेश सरकारले किसानलाई वितरण गर्ने भनिएको स्यालो ट्युबवेलका लागि बजेट अपुग हुने भएपछि हालका लागि कार्यक्रम स्थगित गरिएको छ।
साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग ७–० गोलअन्तरले पराजित भएको हो।
सबैभन्दा धेरै ठगी सामाजिक सञ्जालमा विज्ञापन गरी सामान पार्सल गरिदिने र साथी बनेर नजिकिँदै महँगा उपहार पठाउने बहानामा भइरहेको छ। प्रायः प्रलोभनमा फस्नेहरू नै ठगिने गरेका छन्।
२०८१ चैत ११ गते प्रतिनिधिसभामा दर्ता भएको सो विधेयकमाथि गत साउन ८ गते सामान्य छलफल भएको थियो।
बुधबार शेयरबजार ९.७० अंकले घटेर २,७६७.२० को विन्दुमा कायम भएको छ।
अबिच्युरी
सीडीओलाई हानेको गोली सुरक्षागार्डलाई लागेर मृत्यु भयो। त्यहीताका बासुजीले बमसहित पठाएका चार युवक अशोक खनाल, धिरेन्द्र श्रेष्ठ, भिखारी मन्सुर र रामचन्द्र राय बमसहित समातिएका थिए।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई नियन्त्रणमा लिन कडाइ गरिने जनाएको छ।
बुधबार भएको आफ्नो पाँचाैं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो।
कुवेतस्थित नेपाली दूतावासले विषादीयुक्त मदिरा सेवनबाट ३५ जना नेपाली अस्पतालमा भर्ना भएको र तीमध्ये 'केहीको ज्यान गएको' भन्दै अपुष्ट सूचना जारी गरेको थियो।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
पश्चिमी अफगानिस्तानमा भएको दुर्घटनाका मृतकमध्ये एक दर्जनभन्दा बढी बालबालिका रहेका छन्।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो।
तीन हजार ८९९ रोपनी जग्गामा बनेको विमानस्थलका लागि ४ अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको छ।
सडक अवरुद्ध भएपछि काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन बीच बाटोमा रोकिएका छन्।