AnonymousUser

Logout

प्रधानसेनापतिको सम्बोधनः आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनता तथा देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको भन्दै उनले आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निम्ति आह्वान गरेका हुन्।

प्रधानसेनापतिबाट सम्बोधन हुँदै

सेनाले केहीबेर अघि मात्रै पनि सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीमा अनुरोध गरेको थियो।

राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका हुन्।

सम्पादकीय

अबको निकासः अविलम्ब सर्वपक्षीय संवाद र सरकार

राष्ट्रपतिको आह्वानअनुसार तत्काल सर्वपक्षीय संवाद थालनी गरेर सर्वपक्षीय सरकार गठन गरौँ र योभन्दा थप जनधनको क्षति हुनबाट रोकौँ। यसबाहेक अर्को विकल्प र बाटो छैन।

सेनाको वक्तव्य– 'विकसित घटनाक्रमलाई विश्लेषण गरिरहेका छाैँ'

देशको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थका लागि नेपाली सेना प्रतिबद्ध रही आएको जनाउँदै परिस्थितिलाई थप जटिल हुन नदिन आग्रह गरेको छ।

जेनजीलाई सन्दुक रुइतको आग्रह– सार्वजनिक सम्पत्ति नोक्सान नगराैँ

जेनजीले अदम्य साहस देखाएको र त्यसैको कारण असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेकाले अब संयमित हुन उनले आग्रह गरेका हुन्।

आन्दोलनका घाइतेको बयान, ‘प्रहरीले लुकेर ताकी ताकी गोली हान्यो..’

बानेश्वर चोकको आकाशे पुल पार गरेर साथीहरूसँग फर्किरहेको  बेला अभिषेकको खुट्टामा दुई वटा गोली लाग्यो। गोली लाग्नासाथ बेहोस भएका उनी होसमा आउँदा बानेश्वरको एभरेस्ट अस्पतालमा थिए।

प्रधानसेनापतिसहित सुरक्षाप्रमुख र मुख्यसचिवको अपिल– संवादबाट समाधान निकालौँ

सुरक्षा निकाय र कर्मचारी तन्त्रका प्रमुखले अहिले संयुक्त अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृतसमेत भएको अवस्थामा सबैलाई संयमित हुन आग्रह गरेका हुन्।

बालेनको अपिल– अब संयमित हुनुस्

उनले भर्खरै फेसबुक स्टाटस लेख्दै जेन–‍जी समूहलगायत सबै प्रदर्शनकारीलाई सार्वजनिक सम्पत्तिमा तोडफोड नगर्न पनि आग्रह गरेका छन्।

छोराछोरीले नै माग्न थाले राजनीतिमा लागेका बाबुआमाको राजीनामा

राजनीतिमा लागेर सार्वजनिक तथा पार्टीको पदमा बसेका बाबुआमाको राजीनामा माग्दै छोराछोरीले नै सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन्। एमाले र कांग्रेसबाट राजीनामा घोषणा गर्ने पनि उल्लेख्य छन्।

आफ्नो मान्छेको खबर जब प्रहरी र अस्पतालले दियो

बिहानै हिँडेका दाइ साँझसम्म पनि घर नफर्केपछि फोन गर्दा प्रहरीले उठाउँदै भन्यो,– 'घाइते भएका २५–२६ जनालाई एकैपटक अस्पताल ल्याएको छ। तपाईं बिरामीलाई हेर्न आउनुहोला।'

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै​​​​​​​ राजीनामा दिएको उनका प्रेस संयोजक प्रकाश सिलवालले बताए।

इन्द्रजात्रा पूजामा मात्रै सीमित हुने

मंगलबार र बुधबारको जात्रा विधिवत् पूजामामात्र सीमित हुने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै मन्त्री पौडेलले राजीनामा दिएका छन्।

हिल्टन होटलमा आगजनी

काठमाडाैँको नक्सालस्थित हिल्टन होटलमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

सरकार गल्दैन, गलाउनु पर्छ

जसले अपराध गरेको छ, त्यसबाट न्याय अपेक्षा गर्न सकिँदैन। जेन–जी र बाँकी जनताले यो सन्देश देशबाट मात्र होइन, सारा विश्वभरबाट दिइसकेका छन्।

बौद्ध तनावग्रस्त: प्रहरीले चलायो गोली

ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले प्रहरी वृत्त बौद्धमा तोडफोड गर्न थालेपछि झडप भएको हो।

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले यस विषम परिस्थितिमा संयम रहन सबैप्रति अनुरोधसमेत गरेका छन्।

मानव अधिकारवादी भन्छन्– सरकारको अनुचित बल प्रयोग र राजनीतिक कमजोरी

जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु हुनेगरी प्रहरीले गोली चलाएको विषयलाई मानव अधिकारवादीहरूले सरकारको राजनीतिक कमजोरी र अत्यधिक बल प्रयोगको घटना भनेका छन्।

कर्फ्यु अवज्ञा गर्दै प्रदर्शनकारी सडकमा [तस्वीरहरू]

सडकमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ। कर्फ्यु जारी भएपछि काठमाडौँ प्रशासनले अरू जिल्लाबाट थप सुरक्षाकर्मी मगाएको छ।