AnonymousUser

Logout

अनौपचारिक क्षेत्रका मजदुर सधैँ जोखिममा, कानून लागू गराउन बेवास्ता

विभिन्न कार्यस्थलमा हुने दुर्घटनामा श्रमिकको ज्यान गएको समाचार आइरहन्छन्। यद्यपि, श्रमिकलाई सुरक्षित स्थल उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था छ। तर सरकार र रोजगारदाताको बेवास्ता मृत्युको कारण बनिरहेछ।

क्यानडाको आर्थिक सूचकांकमा सुधार, मूल्य स्थिर

ट्रम्प प्रशासनले हालसम्म उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत रहेका वस्तुमा कर छुट कायम राखेको छ।

शासकीय सुधारमा गण्डकी प्रदेशले देखाएको बाटो

एउटा राजनीतिज्ञलाई आफ्नै सरकारका निकाय र कार्यालय खारेज गर्नु र कर्मचारी घटाउनु तात्कालिक रूपमा आत्मघाती र अलोकप्रिय निर्णय हो। यद्यपि, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जोखिम लिएका छन्।

कर्णालीले स्थापना दिवस मनाउँदै, प्रदेशभर सार्वजनिक बिदा

प्रदेश सरकारले बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा शहिद दिवस उत्सवका रूपमा मनाउने तयारी गरेको छ।

कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा साधारणतया बदली रहनेछ।

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ प्रयोगविहीन

मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी सिँचाइको दीर्घकालीन समाधानका रूपमा ५०० डिप बोरिङ जडान गर्ने सरकारले बताएको छ। तर सिरहामा जडान भएकामध्ये करिब ६० प्रतिशत बोरिङहरू सञ्चालनमा छैनन्।

जापानिज इन्सेफलाइटिस‍्बाट ६३ जना संक्रमित, ११ को मृत्यु

स्वास्थ्य सेवा विभागका अनुसार सन् २०२५ मा नेपालमा जापानिज इन्सेफलाइटिस‍्बाट हालसम्म ११ जनाको मृत्यु भएको छ र ६३ जना संक्रमित भएका छन्।

वैकल्पिक विकास वित्त कोषको पुँजी संरचनामा सांसद र अर्थमन्त्रीबीच मतभेद

सांसदले पुँजी बढाउनुपर्ने र अर्थमन्त्रीले बढाउन नसकिने अडान लिएपछि अर्थ समितिले 'मध्यमार्गी बाटो' अपनाउँदै विधेयकमा प्रस्तावित पुँजी संरचनालाई कायमै राख्ने र भविष्यमा पुँजी बढाउन सक्ने अधिकार मन्त्रिपरिषद्लाई दिने गरी प्रतिवेदन तयार पारेको छ।

किम जोङ उनले गरे नयाँ युद्धपोतको निरीक्षण, दक्षिण कोरिया–अमेरिकाको सैन्य अभ्यासको आलोचना

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’को निरीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको आलोचना गरेका छन्।

गृह मन्त्रालयद्वारा संघसंस्था नियमनसम्बन्धी विधेयक रायका लागि सार्वजनिक

विधेयकमा संस्थाहरूको पारदर्शिता, नियमन, अनुगमन र लेखा परीक्षण व्यवस्थापन, संस्थामा रहने पदाधिकारी व्यवस्थापन र स्रोत परिचालनको पारदर्शितासहितका विषय समेटिएका छन्।

मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ घाइते

मकवानपुरको मनहरी गाउँपालिका–६, हाङलाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

नकुहिने फोहोर बेचेर व्यास नगरपालिकाले कमायो १५ लाख

नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको छ।

इलाम नगरपालिकाले सञ्चालन गरेको सामुदायिक आँखा अस्पताल बन्द

नगरपालिका आफैँले लाखौँ रुपैयाँको लगानीमा निर्माण गरी सञ्चालन गरेको अस्पताल बन्द भएपछि नगरवासीले नगरपालिका नेतृत्वको आलोचना गरेका छन्।

फलोअप

मन्त्रिपरिषद्को निर्णयमै छलछाम: प्राडाको ठाउँमा अर्कै कृष्णप्रसादलाई भाषा आयोग सदस्य बनाउन जे गरियो

प्राडा कृष्णप्रसादको ठाउँमा अर्का कृष्णप्रसादलाई भाषा आयोग सदस्यको नियुक्ति दिन मन्त्री–कर्मचारीले मन्त्रिपरिषद्को निर्णयमै छेडखानी गरेका थिए। कसरी भएको थियो नियुक्ति, को–को थिए संलग्न?

डिम्ब निष्कासन तथा भण्डारणमा रोक लगाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले बालिका तथा किशोरीहरू शोषणको जोखिममा पर्न सक्ने भन्दै मुद्दाको टुंगो नलागेसम्म नेपालभर महिला तथा बालबालिकाबाट डिम्ब निष्कासन तथा भण्डारणमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ।

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० को विन्दुमा कायम भएको छ भने पाँच अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

युक्रेनले ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने, त्रिपक्षीय बैठकको मिति अझै अनिश्चित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीका लागि युरोपेली कोषमार्फत ९० अर्ब डलर बराबरको अमेरिकी हतियार खरिद गर्ने योजना रहेको बताएका छन्।

उपसभामुखलाई हटाउने प्रयासको माओवादीले विरोध गर्ने, एमालेले भन्यो– 'हस्ताक्षर संकलन संयोग मात्र'

माओवादी केन्द्रले उपसभामुखलाई पदबाट हटाउने प्रयास भइरहेको भन्दै त्यसको विरोध गर्ने जनाएको छ, तर एमाले सांसद योगेश भट्टराईले भने कांग्रेस र एमालेले एकैदिन हस्ताक्षर संकलन गर्नु ‘संयोग’ मात्र भएको दाबी गरेका छन्।

अस्ट्रेलियामा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट

यसअघि लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले मंगलबार आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सलाई ६६ रनले हराउँदै जित हात पारेको हो।

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

सरदार भीमबहादुर पाँडे काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तति हुन्। पाँडे भारतदेखि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपालीसमेत हुन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।