कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
अमेरिकाबाट भुटानमा ‘डिपोर्ट’ गरिएलगत्तै भारतीय स्थलमार्गबाट दमकस्थित बेलडाँगी आइपुगेका भुटानी शरणार्थीलाई आवश्यक प्रक्रियापछि प्रवेशको अन्तिम विन्दु भारततिरै फर्काउने झापा प्रशासनले तयारी गरेको छ।
नेपाल सुपर लिगको उद्घाटन खेलमा साबिक विजेता ललितपुर सिटीलाई काठमाडौँ रेजर्सले बराबरीमा रोकेको छ।
कैलालीको कैलारी गाउँपालिका, मनिकापुर सडकखण्डमा शनिबार भारतीय नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटनाका लागि उक्साउनेसहित १११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले तीनकुने क्षेत्रमा शुक्रबार भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।
फिल्ममाथि हुने सेन्सरसिपले विचार अभिव्यक्तिको स्वतन्त्रता हनन भइरहेको फिल्मकर्मी बताउँछन्। कथामा लेख्न छुट दिइने दृश्य फिल्ममा राख्न रोक लगाएर कलालाई नै भुत्ते बनाइएको उनीहरूको भनाइ छ।
प्रहरीले राप्रपाका सांसद धवलशमशेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ।
तीनकुने क्षेत्रमा शुक्रबारको प्रदर्शनमा प्रदर्शनकारीले फोहोर र तोडफोड गरेको भन्दै काठमाडौँ महानगरले सात लाख ९३ हजार रुपैयाँ जरिबाना तोक्दै पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा आठ वटा पत्र काटेको छ।
शुक्रबार विभिन्न सञ्चारगृहमा भएको आगजनी र तोडफोड, पत्रकार घाइते भएको र सञ्चार सामग्री हराएको घटनाको विरोधमा शनिबार देशव्यापी प्रदर्शनसमेत गरिएको छ।
अमेरिकी लोकतन्त्रको ऐतिहासिक विकास, वर्तमान चुनौती र यसको भावी दिशा के होला, नेपालजस्ता देशका लागि अमेरिकी लोकतन्त्रको सिकाइ के हुन सक्छ?
त्रिभुवन आर्मीलाई ६ विकेटले पराजित गर्दै पुलिसले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ।
कुनै पनि नियुक्ति वा पदोन्नतिका लागि कि त पावरमा भएको वा आलोपालोमा पावरमा आउने रोलक्रममा रहेको पार्टीको ठप्पा शरीरको देखाउन हुने नहुने कुनै पनि भागमा लगाउनैपर्छ।
विमानस्थल तथा सडकहरू बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्याउने काममा समेत समस्या भइरहेको जनाइएको छ।
मन्त्री लक्ष्मणकिशोर चौधरीले वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने श्रव्य सामग्री सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।
पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघको अगुवाइमा शनिबार बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।
अमेरिकाबाट दुई चरणमा डिपोर्ट गरिएका १० शरणार्थीलाई भुटानले पारो विमानस्थलमा स्वागत गर्दै खानपिन गराएर सीमावर्ती नाका फुन्चोलिङ–जयगाउँ (भारत)मा ल्याएर शुक्रबार दिउँसो छाडिदिएको थियो।
परीक्षा जस्तो संवेदनशील शैक्षिक गतिविधिलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन हुन दिनु देशका सम्पूर्ण नागरिकको कर्तव्य रहेको उल्लेख गरिएको छ।
नेपाल क्रिकेट संघको भैरहवामा बसेको बैठकले अस्ट्रेलियाका पूर्वब्याटर ललाई दुई वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भने फरार छन्। उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको छ।