AnonymousUser

Logout

श्रीलंकामा सात दिन

लिटिल आदम पिकबाट पनि हामीले सूर्यास्त हेर्न पाएनौँ। कतिपयले भनेकै रहेछन्– ‘श्रीलंकाबाट सूर्यास्त राम्रो देखिन्छ तर बादलबाट प्रभावित नभएको सूर्यास्त भेट्न गाह्रो हुन्छ।’

हट्यो तीनकुने र आसपासको कर्फ्यु

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि सो क्षेत्रमा शुक्रबार दिउँसो ४: २५ देखि कर्फ्यु लगाइएको थियो।  शुरूमा राति १० बजेसम्म जारी गरिएको आदेश शनिबार बिहान सात बजेसम्म लम्ब्याइएको थियो। 

राजावादीको प्रदर्शन: १४ स्थानमा आगजनी, ९ संस्था तथा कार्यालयमा तोडफोड

प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ।

रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपाल पक्राउ

प्रहरीले राजावादीको आन्दोलनमा संलग्न राप्रपाका नेताद्वय रवीन्द्र मिश्र, धवलशमशेर राणा र संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई पक्राउ गरेको छ।

जडीबुटी प्रशोधन केन्द्रको आगजनी ४ घण्टामा निभाइयो

पूर्वराजाका समर्थकहरूले जडीबुटी प्रशोधन केन्द्रमा लगाएको आगो ६ वटा दमकलले चार घण्टामा निभाएको जुद्ध वरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए। 

सुरक्षा चुकले विध्वंस बनेको राजावादीको आन्दोलन

दुई जनाको मृत्यु, राजधानीका दर्जनौँ ठाउँमा आगजनी, तोडफोड र लुटपाट हुँदै त्रासद अराजकता बनेको राजावादीको आन्दोलनलाई सरकारकै कमजोरीले कसरी मलजल गर्‍यो? कहाँ कसरी भयो सुरक्षामा चुक? 

तीनकुने क्षेत्रमा शनिबार बिहानसम्मै कर्फ्यु

जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी कर्फ्यूलाई शनिबार बिहान ७ बजेसम्मका लागि लम्ब्याएको छ।

भूकम्पका कारण म्यानमार र थाइल्यान्डमा मृत्यु हुनेको संख्या १५० पुग्यो

शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी म्यानमार र थाइल्यान्डमा १५० जनाको मृत्यु भएको छ।

सुरक्षाका कारण रोकिएको त्रिभुवन विमानस्थलको हवाई उडान नियमित

प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै जहाज उडान तथा अवतरण रोकिएको थियो।

हितेन्द्रदेव शाक्यको रिटमा लिखित जवाफ माग

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनमा लिखित जवाफ माग गरेको छ। 

हिंसात्मक गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।

सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग

मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

तुलसीपुरमा स्कारपिओ दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका पाँच जना जनाको अवस्था गम्भीर रहेको छ भने दुई जनाको अवस्था समान्य छन्।

राजावादीको आन्दोलन: तीनकुनेमा जलाइएको घरभित्र डढेको अवस्थामा एक जनाको शव भेटियो

राजावादीको आन्दोलनका क्रममा आगजनी भएको तीनकुनेको घरमा एक जनाको डढेको अवस्थामा शव भेटिएको छ।

हवाई यात्रुलाई टिकट र परिचयपत्रका आधारमा सहजीकरण गरिने

तीनकुने क्षेत्रमा कर्फ्युको आदेशपछि काठमाडौँ प्रशासनले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ।

तीनकुनेको प्रदर्शनमा १ जनाको मृत्यु

राजसंस्था पुनर्स्थापनालगायतका माग गर्दै काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ।

मधेश प्रदेशमा एसईईः २०६५ सालपछि बिग्रिएको लय बर्बादीतिर

एसईई चलिरहँदा मधेशका कतिपय परीक्षा केन्द्रमा चिट चोराउनेको मेलै लाग्यो। परीक्षा शुरू भएको २० मिनेटमै प्रश्नपत्र बाहिरिने मात्र होइन, ह्वाट्सएप ग्रुप बनाएर उत्तर पठाउनेसम्म भयो। यो बेथितिको दोषी को?

कर्फ्यु लागू भएपछि कोटेश्वर क्षेत्रमा सेना परिचालित

काठमाडौँ प्रशासनले कोटेश्वर क्षेत्रमा कर्फ्युको आदेश जारी गरेसँगै कोटेश्वर क्षेत्रमा नेपाली सेना परिचालित भएको छ।

भूकम्पबाट बैंककमा ३ जनाको मृत्यु

थाइल्यान्डमा भूकम्पबाट भवन ढल्दा भग्नावशेषमा पुरिएर तीन जनाको मृत्यु भएको छ।

राजवादीको प्रदर्शन उग्र बनेपछि काठमाडौँ प्रशासनले तीनकुने क्षेत्रमा लगायो कर्फ्यू

राजवादीको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले बानेश्वरको तीनकुने क्षेत्रमा कर्फ्युको आदेश जारी गरेको छ।