उडानका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडानको समयबारे जानकारी लिएर मात्रै विमानस्थल पुग्न प्राधिकरणले आग्रह गरेको छ।
रवि लामिछानेलाई नक्खु कारागारबाट मंगलबार नै छाडिएको थाहा पाएपछि डिल्लीबजार कारागारका केही कैदीबन्दीले बुधबार बिहानदेखि आन्दोलन थालेका थिए। त्यसपछि झडपको अवस्था बनेको थियो।
केन्द्रीय कारागारमा झडप भइरहेका बेला नख्खु कारागारबाट आएका प्रदर्शनकारीले कारागारमा आगो लगाइदिने भनेपछि त्यहाँका कैदीबन्दी निस्किएका कारागार प्रशासनले जनाएको छ।
उनीहरू बुधबार बिहानैदेखि क्षति पुगेका र भग्नावशेष क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका छन् भने सरसफाइ गर्नेलाई केही स्वयंसेवीले पिउने पानी वितरण गरिरहेका छन्।
भवनको प्रांगणमा छरपस्ट थिए– रुखका हाँगा, फुटेका गमला, जुत्ता, चाउचाउका खोल र फुटाइएका बियरका बोतल। जलेर बाँकी रहेको भवन र गाडीका अवशेषबाट धुवाँ आइरहेको थियो।
रामशाहपथमा रहेका सिंहदरबार, सर्वोच्च अदालत, बार एसोसिएसन र स्वास्थ्य मन्त्रालयको भवन आन्दोलनकारीले जलाउँदा राष्ट्रिय अभिलेखालय जोगियो। अभिलेखालय जोगाउने अभियानको नेतृत्वकर्ता थिए जुपिटर प्रधान।
मृत्यु हुनेमा एक सहायक निरीक्षक र एक जवान रहेको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन्।
जेनजी आन्दोलनपछि देशका धेरै कारागारबाट गम्भीर अपराधका कैदीबन्दी पनि निस्किन थालेका कारण सुरक्षा चुनौती बढेको सुरक्षाविज्ञहरू बताउँछन्।
होटल आसपासका घरमा आगो फैलिने जोखिम छ। स्थानीयले होटलबाट करिब २०० वटा ग्यास सिलिन्डर बाहिर निकालेका छन्।
नेपालको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल एक्समा धारणा राख्दै महासचिव गुटेरसले मानवीय क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।
काठमाडौँका विभिन्न स्थानबाट २३ थान र पोखराबाट ८ थान गरी विभिन्न प्रकारका ३१ नाल हतियार बरामद भएका सेनाले जनाएको छ।
आगजनी भएपछि सबै कैदीबन्दीलाई बाहिर निकालेर अन्यत्र लैजाने प्रयास भइरहेको कारागार प्रशासनले जनाएको छ।
यात्रुको सुरक्षालाई मध्यनजर गर्दै साँझ ६ बजेसम्म बन्द कायम गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।
मुख्य रजिष्ट्रार विमल पौडेलले सूचना जारी गरेर आजको लागि मुद्दाको पेसी स्थगित गरिएको र अर्को सूचना जारी नभएसम्मका लागि सबै सुनुवाइ स्थगित भएको जनाएका छन्।
निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवाका सवारी साधनहरू एम्बुलेन्स शववाहन दमकल स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनमात्र सञ्चालन हुने जनाइएको छ।
रिहा हुनुपर्ने माग गर्दै कैदीबन्दीले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ। त्यहाँ अहिले सेना पुगिसकेको छ।
नेपाली सेनाले नागरिकलाई एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ।
नेपाली सेनाले मंगलबार राति १० बजेदेखि सुरक्षा आफूले जिम्मा लिएको जनाएको छ।
कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागका केही तथा बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
आफ्नो यस कदममा सहयोग गर्न सेनाले सम्पूर्ण देशवासीलाई अपिल गर्दै सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिने समेत जनाएको छ।