AnonymousUser

Logout

जेनजी आन्दोलनमा अस्ताए वीरगन्जका असहाव, मर्माहत बन्यो गाउँ

अध्ययन र रोजगारीको सिलसिलामा तीन वर्षयता काठमाडौँमा रहेका असहावलाई मंगबार पठाओमा यात्रुलाई गोंगबु लैजाने क्रममा प्रहरीको गोली लागेको थियो।

झलनाथ खनालको औषधि खोज्दाखोज्दै आगोमा परेकी थिइन् रविलक्ष्मी

सेनाले झलनाथ खनाललाई तल झार्दैगर्दा घरमा आगो सल्किसकेको थियो, रविलक्ष्मी र छोरा भित्रै थिए। खनालले उनीहरूलाई पनि बोलाए, तर त्यति नै बेला अति असुरक्षित भएको भन्दै सेनाले गाडी हुइँक्याइहाल्यो।

शनिबार यी प्रदेशमा हुनेछ भारी वर्षा

कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिनिधिसभा विघटन, फागुन २१ गते नयाँ निर्वाचन गर्ने घोषणा

नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै आउँदो फागुन २१ गते नयाँ निर्वाचन गर्ने मिति तोकेका छन्।

अन्तरिम प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी

राष्ट्रपति कार्यालयले मुलुकको विषम परिस्थितिलाई सम्बोधन गर्न र युवा पुस्ताको आकांक्षाअनुसार ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जनाएको छ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।

सुशीला कार्कीको नेतृत्वमा आजै अन्तरिम मन्त्रिपरिषद् बन्ने, लगत्तै संसद् विघटन

सरकार प्रमुखको नियुक्ति पहिले कि संसद् विघटन पहिले भन्ने रस्साकस्सीपछि अन्ततः नयाँ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आजै प्रतिनिधिसभा विघटन गर्ने भएका छन्।

‘जेनजी आन्दोलनलाई अर्थतन्त्रका लागि ‘कोर्स करेक्सन’को अवसरका रूपमा लिनुपर्छ’

जेनजी आन्दोलनले राजनीतिक अस्थिरता निम्त्याए पनि यसलाई भ्रष्टाचार र कुशासनविरुद्ध लड्ने ‘कोर्स करेक्सन’को अवसरका रूपमा लिनुपर्ने अर्थतन्त्रका जानकारहरूले बताएका छन्।

शिक्षण अस्पतालमा ३६ जनाको शव, पत्र नआउँदा परीक्षणमा ढिलाइ

त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक विभागमा शव पहिचानका लागि आधिकारिक पत्र कम आउँदा शव परीक्षणमा ढिलाइ भएको छ।

जेनजी आन्दोलनः ५४ जना मृतकमध्ये कसको मृत्यु कसरी?

प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मारिएका २१ जना छन् भने २१ जनाको आगजनी, भागदौड लगायतका क्रममा मृत्यु भएको हो। कारागारबाट भाग्न खोज्दा ९ जना कैदीबन्दी र प्रदर्शनकारीको कुटपिटमा तीन प्रहरी मारिए।

साप्ताहिक ब्रिफिङः जेनजी आन्दोलनले उथलपुथल, पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सबै सहमत

यो साता उकालोमा जसले जोगाए राष्ट्रिय अभिलेखालय, मनोबल उच्च बनाएर ‘ड्युटी’मा फर्किंदै प्रहरी, पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सबै सहमत लगायतका समाचार चर्चामा रहे।

खरानीको साक्षी बनेको सिंहदरबार (तस्वीरहरू)

ध्वस्त भएको प्रधानमन्त्री कार्यालयको भवनबाट अझै पनि धुवाँ आइरहेको छ। पार्किङमा रहेका कैयन् सवारीसाधनहरू पनि जलेर प्रयोगविहीन भएका छन्।

खण्डहर सिंहदरबारमा धमाधम तयार पारिँदै नयाँ प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर नष्ट भएपछि अन्तरिम सरकारको प्रधानमन्त्री कार्यालय सिंहदरबारभित्रै गृह मन्त्रालयको नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरिँदै छ।

धरानमा जलाइएको भाटभटेनीमा चार जनाको शव भेटियो, प्रहरी भन्छ– लुटपाटमा संलग्नहरू हुनसक्छन्

धरानस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगजनीमा चार जनाको जलेको अवस्थामा शव भेटिएको छ।

‘जेनजी’ आन्दोलन: आगजनी, लुटपाटसम्बन्धी प्रमाण भए उपलब्ध गराउन प्रहरीको आग्रह

‘जेनजी’ आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट तथा सर्वसाधारणमा त्रास फैलाउने गतिविधिहरूसँग सम्बन्धित प्रमाण भए उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।

‘जेनजी’ आन्दोलनले क्षतिग्रस्त प्रहरी प्रभाग पुनर्स्थापनामा जुटे स्थानीय

‘जेनजी’ आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले क्षतिग्रस्त प्रहरी चौकी र प्रभागहरूको पुनर्स्थापना र सरसफाइमा स्थानीय समुदायले अग्रसरता देखाएका छन्।

सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौँस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन्।

सभामुख र राष्ट्रियसभा अध्यक्षले भने– विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन

हालको विषम परिस्थितिमा संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति विधिको शासन र संविधानबाट बाहिर नजानेमा आफूहरू दृढ रहेको उनीहरूले जनाएका छन्।

निर्बाध रूपमा पेसा, व्यवसाय गर्ने वातावरण बनाउन उद्योग वाणिज्य महासंघको आग्रह

नवनिर्माण एवं पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको भन्दै महासंघले उद्यम व्यवसाय निर्बाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थाका लागि आग्रह गरेको छ।

शीतलनिवास क्षेत्रको सुरक्षामा कडाइ [तस्वीरहरू]

नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलले कानूनी तथा राजनीतिक परामर्श गरिरहेका छन्। बिहीबार रातिसम्म भएको छलफल शुक्रबार पुन: हुँदैछ।