AnonymousUser

Logout

कालीगण्डकी करिडोरः  २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण

आयोजना शुरू भएको १६ वर्षमा बाटो खोल्न, स्तरोन्नति, चौडा पार्न, कालोपत्र गर्न र पुल निर्माणका लागि १४ अर्ब ७ करोड रुपैयाँ खर्च भएको छ।

रुकुमपूर्व र बागलुङको सिमानामा भूकम्पको धक्का

रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ।

नेपालगन्जमा हुने ऐतिहासिक रामलिला स्थगन

रामलिलामा स्थानीयको सहभागिता रहने र भीडभाड हुने भएकाले सुरक्षाको कारण देखाउँदै स्थगन गर्न बाध्य भएको व्यवस्थापन समितिले जनाएको छ।

पेरिसको म्युजियमबाट बहुमूल्य कलाकृति चोरी

केही दशकयता भएका केही कुख्यात संग्रहालय डकैतीमध्ये पेरिसको ‘मुसी डी आर्ट मोडर्न’ सन् २०१० मेमा भएको चोरी थियो।

यूएईले रोक्यो नेपालीलाई भिसा, यही गरिएको थियो बांग्लादेशी नागरिकलाई

गत वर्ष हिंसात्मक आन्दोलनसँगै शेख हसिनाको सत्ता ढलेपछि यूएईले बांग्लादेशी नागरिकलाई भिसामा प्रतिबन्ध लगाएको थियो। जेनजी आन्दोलनपछिको सरकार परिवर्तनसँगै यूएईले नेपालीलाई पनि सबैखाले भिसा बन्द गरेको छ।

धन्न जोगिए पेट्रोल पम्प, बल्लबल्ल जोगियो काठमाडौँ

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले काठमाडौँका केही ठाउँमा पेट्रोल पम्पमै आगो लगाउन खोजे, कतै आगो लगाइएका ठाउँछेउमै पेट्रोल पम्प थिए। स्थानीयबासी अगाडि नसरेका भए ती पम्पसँगै शहर खरानी बन्न सक्थ्यो।

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

आज देशका केही नदीहरूमा पानीको बहाव पनि बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

कस्ता छन् ‘जेन–जी’ अघि र पछिका पुस्ता?

गत हप्ताको आन्दोलनअघि कमै सुनिने ‘जेन–जी’ शब्द अहिले कुराकानीको केन्द्रमा छ। धेरैले आफ्नो पुस्ताबारे पनि सोधखोज गर्न थालेका छन्। कसरी हुन्छ पुस्ताको नामकरण? कस्ता छन् अघिल्लो पुस्ताको प्रवृत्ति?

दुई महिनामा सरकारको बजेट खर्च ९ प्रतिशत

कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने वार्षिक लक्ष्य रहेकोमा ११.३५ प्रतिशत असुली भएको छ।

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँको कीर्तिमानी मूल्यमा किनबेच भएको सुन बुधबार २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छ।

नेपालमा उत्पादित केराले नै दशैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

चाडपर्वलाई नेपालमा उत्पादित केराले धान्ने भएकाले आयात नगर्न देशभरका फलफूल तथा तरकारी थोक व्यवसायी संघलाई नेपाल केरा उत्पादक महासंघले अनुरोध गरेको छ।

कर्णाली राजमार्गको कालिकोटखण्ड पहिरोले अवरुद्ध

राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका छन्।

नक्कली शरणार्थी प्रकरण

पूर्वउपप्रधानमन्त्री रायमाझी, गृहसचिव पाण्डेसहितका थुनुवा गोलघरबाट ‘फरार’

नक्कली भुटानी शरणार्थी प्रकरणमा जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका थुनुवा गत साताको ‘जेनजी’ आन्दोलनका क्रममा बाहिरिएपछि अझै कारागार फर्किएका छैनन्।

अविरल वर्षाले भासियो तनहुँको लामागाउँ–दुलेगौडा सडक

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँ जोड्ने दुलेगौडा–लामागाउँ सडकअन्तर्गत स्वास्थ्यचौकी नजिक सडक भासिँदा आवजजावतमा समस्या भएको छ।

च्याम्पियन्स लिग: आर्सनल र रियलको विजयी शुरूआत

च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो दिनका अन्य खेलमा युनियन साइन्ट जिलोइस, क्वाबग एफके र टोटेनहाम विजयी भए।  युभेन्टस र बोरुसिया डर्टमुन्डले ४-४ को बराबरी खेले।

अस्थिर परिस्थितिमा लैंगिक तथा यौनजन्य हिंसाको जोखिम

पहिल्यैबाट लैंगिक तथा यौनजन्य हिंसा छ समाजमा। अन्य अपराधका घटनामा जेल सजाय भोगिरहेकाहरूको उन्मुक्तिले समाजमा त्रास सिर्जना भइरहेको छ।

भोजपुरको सुन्तले–बाघखोर क्षेत्रमा लोभिए पर्यटक

पर्यटकलाई लक्षित गर्दै यहाँ वनभोजस्थल निर्माण गरिएको छ। यस क्षेत्रमा राई, शेर्पा र तामाङ समुदायको बसोबास छ।

कोशी, बागमती, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। अरब सागर तथा बंगालको खाँडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

कर्मचारीको बैठक भत्ता कटौती, गोष्ठी–सेमिनार सरकारी भवनमै

सचिवहरूको बैठकले खर्चमा मितव्ययिता ल्याउन सरकारी कर्मचारीले बैठक भत्ता नलिने, राष्ट्रियस्तरका सबै गोष्ठी, सेमिनार र कार्यशालाजस्ता कार्यक्रम सरकारी भवन वा हलमा मात्रै आयोजना गर्ने निर्णय गरेको छ।

कर तिर्ने समय एक महिना थपियो

सरकारले 'जेनजी' आन्दोलन र पछिल्लो राजनीतिक परिस्थितिका कारण कर तिर्ने समय एक महिना थप गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।