बुटवल उपमहानगर–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी युवतीको चितवन मेडिकल कलेजको आईसीयूमा राखेर उपचार भइरहेको छ।
संघ, प्रदेश र स्थानीय तहमा विकास आयोजना बाँडफाँटसम्बन्धी मापदण्डबमोजिम कार्यक्रम तथा आयोजना बाँडफाँट हुनुपर्ने आयोगको सुझाव छ।
सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका राप्रपाका नेताहरू रिहा भएका छन्।
विस्तार हुँदै गरेको सूर्यविनायक–धुलिखेल सडकका कारण पर्यटक आउने सिजनमा धुलिखेलका होटल व्यवसायी धुलो पुछ्दै र बढार्दै बस्नुपर्ने अवस्था छ। ठेक्का अवधि सकिनै लाग्दा सडकको काम सम्पन्न हुने छाँटकाँटै छैन।
तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा आइतबार माइक्रोबस र स्कुटर ठोक्किँदा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।
दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि २०२४ देखि २०३० सम्म औसतमा जीडीपीको ४५.४ प्रतिशत लगानी आवश्यक पर्ने योजना आयोगको अनुमान छ।
सबैभन्दा कम उमेरमा आईपीएल खेल्ने खेलाडी हुन्, वैभव सूर्यवंशी। लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा आफ्नो टिम राजस्थान रोयल्स पराजित भए पनि आक्रामक ब्याटिङ गरेका वैभवको भने तारिफ भइरहेको छ।
वैशाख ७ देखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ को विन्दुमा कायम भएको छ।
भानु नगरपालिका–१०, कालीमाटीमा आइतबार माइक्रोबस र स्कुटर ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
प्रहरीले सिंहदरबार भित्रबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै सांसदहरू बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ।
कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ। माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ।
वासिंटनमा प्रदर्शनकारीहरूले न्यायिक प्रक्रियाको अधिकारसहित लामो समयदेखि सम्मानित संवैधानिक मान्यतालाई ट्रम्पले खतरामा पारेको भन्दै नारा लगाएका थिए।
रोशीमा तीनवटा क्लस्टर बनाएर क्षति आकलनको काम थालिएको छ। यसमा प्राविधिकले क्षति हेरेर विवरण निर्धारण गरेपछि मात्र सोहीअनुसार गाउँपालिकाले काम गर्नेछ।
सरकारले निःशुल्क दिने घोषणा गरेको मस्तिष्कघातको औषधि सिफारिस गर्न न्युरोलोजिस्टलाई मात्र दक्ष मानिन्छ। त्यसैले यो सेवा केही अस्पतालमा सीमित हुँदा प्रभावकारितामा मन्त्रालयकै अधिकारी शंका गर्छन्।
धरान–इटहरीबीचको चारकोसे जंगलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।
नयाँ वर्षका दिन शुभारम्भ गरिएको पर्यटन वर्षका लागि १०० बढी गन्तव्यहरू सरकारले नै तयारी गरिसकेको छ। ८२ गन्तव्यहरूको पहिचान गरी सूची नै तयार भएको छ।
पाखो र बुकीका पाटनमा भकारी र त्रिपालको अस्थायी टहरा हालेर बनाइने घुम्तीगोठमा पशुपालन गर्नेले वनजंगल, लेक–बेँसीका उकाली ओरालीको दुःख र वर्षा, हिमपात, हुरीबताससँगको चुनौती सामाना गर्नुपर्ने बाध्यता छ।
शिक्षक केवल जागिरे होइन। अनुसन्धानकर्मी, खोजकर्ता र आविष्कारक पनि हो। यो मर्यादित, संवेदनशील र वजनदार पेसा हो।
पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो।