मधेश प्रदेशसभाको बैठक असोज ७ गते मंगलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ।
बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए।
‘इन्टरनेट, सामाजिक सञ्जाल आएसँगै मिथ्या सूचना फैलिने गति अझ बढेको मात्रै हो। तर, यो अहिलेको मात्र समस्याजस्तो देखिए पनि सामाजिक सञ्जाल नहुँदा पनि मिथ्या सूचना फैलिरहेकै थियो।’
नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलाको पहिरो तत्काल हटाएर यातायात सञ्चालनमा ल्याउन, तातोपानी नाका जोड्ने मुख्य सडक पनि दशैँअगावै सञ्चालनमा ल्याउने गरी काम गर्न सडक विभागलाई निर्देशन दिइएको छ।
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानीका लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई नौ अर्ब ८० करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।
विशेष अधिवेशनले बजेटमा भएका नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडास्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनर्निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ।
नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेका छन्।
उद्योग विभागले सार्वजनिक गरेको साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको छ।
विस्थापित परिवारलाई आपत्कालीन आश्रय, पोषणयुक्त खाना, सफा पिउने पानी र औषधोपचारको खाँचो देखिएको छ। गाजामा पुग्ने राहत सामग्री अहिले पनि आवश्यक मात्राभन्दा निकै कम छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध छ।
जेनजी आन्दोलन
जेनजी आन्दोलनको उथलपुथलले सरकार–संसद् विघटन भएर गैरदलीय अन्तरिम चुनावी सरकार बनेको छ, दलहरू दर्शकदीर्घामा पुगेका छन्। यो आन्दोलनमा प्रियजन गुमाएका परिवार–आफन्त भने सोधिरहेछन्– हामीलाई न्याय कहिले मिल्छ?
निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल बजेट नहुँदा अलपत्र परेको छ। बजेट नभएको बताउँदै ठेकेदारले काम गरेका छैनन्।
झापामा घर निर्माण सकेर बाबुआमालाई पनि लैजाने कुरा कमलले परिवारसँग गरेका थिए। परिवारको मियो नै ढलेपछि न झापाको घर निर्माण सम्पन्न हुने भयो, न त बाबुआमालाई झापा लैजाने कुरा नै।
विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दाबी भएको छ। नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रीया शीघ्र निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ।
लोकतन्त्रबाट प्राप्त अधिकारको प्रयोग गर्दै जेनजीहरूले भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन माग राख्दै आन्दोलन गरेका हुन्। यसले लोकतन्त्रलाई थप उन्नत बनाउने अपेक्षा गर्न सकिन्छ।
कोशी, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पन्छाउन सकिएको थिएन। बिहान उज्यालो भएसँगै पहिरो पन्छाउन थालिएको छ।
भदौ २४ गते भएको 'जेनजी' आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ वटा भवनमा पूर्ण रूपमा क्षति भएको छ।
नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
सर्वोच्चले पटक–पटक आदेश दिँदा र लामो समयदेखि आवाज उठिरहँदा पनि विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था किन गर्न सकिएन? गृहमन्त्रीले भनेझैँ आउँदो निर्वाचनमा त्यो व्यवस्था गर्न सम्भव होला?