घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक पूर्ण रूपमा सञ्चालनमा नआएकाले उपत्यका बाहिरबाट गाडी आउन समय लाग्ने हुँदा अग्रिम टिकट बुकिङ खुलाउन समस्या भएको जनाएको छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको जनाएको छ।
जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ६ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सम्बन्धित जिल्लामा पुर्याइएको छ।
प्रतिनिधिसभा विघटन भए पनि संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा कायमै छ। सरकारमाथि निगरानी मात्र होइन, ६ महिनामा घोषित निर्वाचन हुन नसके राष्ट्रियसभाले अरू पहलकदमीसमेत लिन सक्छ।
सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ (रसुवागढी) नाका सञ्चालनमा आउन नसकेपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याइएको छ।
नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयमा मन्त्रीका लागि बनाइएको कार्यकक्ष आवश्यकता नभएको भन्दै प्राधिकरणलाई नै प्रयोग गर्न दिइएको हो।
‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिएको छ।
हिल्टनमा आगजनी र लुटपाट गर्ने समूह साँझ ४ बजेसम्म सक्रिय थियो, ५ बजेतिर आगोको लप्काले पूरै लपेट्यो। भोलिपल्ट साँझसम्मै बलेको आगोले हिल्टन ध्वस्त भयो। आगजनीको कारण थियो– एउटा अपुष्ट समाचार।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी तथा योजना तर्जुमा शुरू भएको बताए।
‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा तोडफोड भएका प्रहरीका भौतिक संरचना पुनर्निर्माणमा स्थानीय बासिन्दा जुट्न थालेका छन्।
दलहरूमा आबद्ध युवाले पनि पुस्तान्तरणको तर्क गर्ने बेलामा उल्टै उनीहरू ‘झोले’ नारामा उत्रिएका देखिए, अथवा तैँ चुप मैँ चुप बनिरहे।
नेपाल र चीनलाई जोड्ने बेलिब्रिज निर्माणलाई चिनियाँ पक्षले प्राथमिकता दिई छिटोछरितो ढंगबाट काम गरिरहेकाले यही दशैँअघि नै पुल तयार हुने भएको छ।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको मंगलबार सामूहिक शवयात्रा निकालिएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले अहिलेका बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको बताए।
गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ।
सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेर दुई लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ।
जेनजी आन्दोलनमा दाहिने हातमा गोली लागेका अनुजले अस्पतालको शय्याबाट बोलेका शब्दले आमा सरस्वतीमा साहस थपिदियो तर छोराको अवस्थाले भने मन पिरोलिरहेको छ।
विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको पनि अभाव देखिन थालेको छ।