AnonymousUser

Logout

एमाले अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका ओली बिहीबारदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा सरेका छन्।

परवानीपुर सबस्टेसनमा आगो लाग्दा विद्युत् आपूर्ति ठप्प

परवानीपुरस्थित ११ केभिए क्षमताको सबस्टेसनमा लागेको आगोका कारण ‘प्यानल’ जलेर विद्युत् आपूर्ति प्रणालीमा क्षति हुँदा विद्युत् प्रवाह रोकिएको हो।

प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र चिनियाँ राजदूत चेन सङले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्।

अन्तर्वार्ता

रास्वपा एउटा व्यक्तिको पछि लागेको छः सुमना श्रेष्ठ

‘रास्वपामा नेतृत्व निकट मान्छे प्रयोग गरेर बुलिङ गर्ने प्रवृत्ति छ। प्रश्न सोध्ने बित्तिकै आक्रमण हुन्छ। तुच्छरूपमा टिप्पणी गरिन्छ। बुलिङ गरेर त्यसलाई संस्कार दिइन्छ, त्यो संस्कार परिवर्तन हुनुपर्छ।’

ट्रम्पले राखे भारत, पाकिस्तान, चीनसहित २३ देशलाई ‘लागुऔषध ट्रान्जिट’ सूचीमा

ट्रम्पको निर्णयमा अफगानिस्तान, बोलिभिया, म्यान्मार, कोलम्बिया र भेनेजुएलाले विगत १२ महिनामा अन्तर्राष्ट्रिय मादक पदार्थविरोधी सम्झौताअन्तर्गतका दायित्व पूरा नगरेको र आवश्यक सुधारात्मक कदम चाल्न असफल भएको उल्लेख गरिएको छ।

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालैको 'जेनजी' आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन्। साथै, उनले नेपालको राष्ट्रिय दिवस (संविधान दिवस)को अवसरमा शुभकामना पनि दिएका छन्।

‘चुनावका लागि दातृ निकायको मुख ताक्नुपर्दैन’

अर्थमन्त्री खनालले तत्कालका लागि सरकारको प्राथमिकता नागरिकमा आत्मविश्वास जगाउने रहेको बताए। घाइतेको उपचार र ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता तथा क्षतिपूर्ति उपलब्ध गराउने काम भइरहेको उनको भनाइ छ।

निर्वाचनका लागि कानून संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

गृहमन्त्री ओमप्रकाश अर्यालले सर्वोच्च अदालतको आदेशबमोजिम विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिने उपायबारे योजना बनाउन सुझाएपछि आयोगले त्यसका लागि कानूनका विज्ञसँग छलफल गरी सुझाव दिने तयारी गरेको छ।

अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व तिर्न सकिने

सरकारले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडेसँगै अब विदेशमा रहेका व्यक्ति र नेपाल आउने पर्यटकले मास्टर, भिसा, अलिपेलगायतका अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरेर राजस्व भुक्तानी गर्न सक्नेछन्।

रगत र खरानीको अतृप्त प्यास

२०६२/६३ को १९ दिने जनआन्दोलनमा भन्दा यी तीन दिनमा बढी मानिस मारिएका छन्। १० वर्षे माओवादी द्वन्द्वमा भन्दा बढी सार्वजनिक सम्पत्तिमा क्षति भएको छ।

‘जेनजी’ प्रदर्शनपछि युवामा बढ्दो मानसिक समस्या

आन्दोलनका दृश्यले निद्रा नलाग्ने, डर लाग्ने, तनाव बढ्ने र दैनिक जीवनशैली अस्तव्यस्त हुनेजस्ता समस्या लिएर धेरै मानिसहरू मनोचिकित्सकको सम्पर्कमा पुगेका छन्।

सुनसरीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ घाइते

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २२ जनाभन्दा बढी घाइते भएका छन्।

कारागार फर्किएनन् भागेका ९ हजार कैदीबन्दी, थप सजायको हिसाब गर्दै विभाग

जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट शुरू भई देशभर बिस्तारित अराजकताबीच १४ हजार ५५ कैदीबन्दी भागे। तीमध्ये करिब ९ हजार फरार छन्, जसले समाजमा भय र असुरक्षा बढाएका छन्।

लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

बिहीबार कारोबार शुरू भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो। बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले ओरालो लागेको थियो।

फ्रान्समा ट्रेड युनियनको हडताल, बजेट योजनामा चुनौती

प्रदर्शनका कारण सार्वजनिक यातायात, अस्पताल र विद्यालयलगायत धेरै क्षेत्रमा अवरोध हुने अनुमान छ।

सिभिलका चिकित्सकको चिन्ता– ‘केही घाइतेको हातखुट्टा नजोगिने डर छ’

डा. सुमनबाबु मरहट्टाले २०७२ सालको भूकम्पमा लगातार १५ दिनसम्म शल्यक्रिया गरेका थिए, तर त्यसबेला छोटो अवधिमा धेरै जनाको गर्नु परेको थिएन। जस्तो यो पटक दुई दिनमै ५० जनाको शल्यक्रिया भयो।

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

राजमार्ग अवरुद्ध हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडी बीचबाटोमा रोकिएका छन्।

कहिले लयमा फर्किएला नेपालको पर्यटन?

श्रीलंकाले कोरोना महामारीका साथै आर्थिक मन्दीले थलिएको पर्यटनलाई चाँडो पुनरुत्थान गरेको उदाहरणबाट सिक्दै नेपाल पनि अगाडि बढ्ने पर्यटन बोर्डले जनाएको छ।

राजनीतिक संक्रमणमा ध्यान पुर्‍याउनुपर्ने विषय

चाडबाडको मुखमा हुनसक्ने  खतरालाई ध्यानमा राख्दै असुरक्षा, कालो बजारी र महँगी नियन्त्रण गरियोस्। यातायातको व्यवस्थामा समुचित ध्यान दिइयोस्।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।