‘अब हामीले केही न केही गर्नुपर्छ। आगो निभाउनुपर्छ र बचाउन सकिने सामान बाहिर निकाल्नुपर्छ,’ भनेर भाइकाजीले भनेपछि वेरहाउसका कर्मचारी पनि हौसिए र थप स्थानीय पनि सहयोगमा जुटे।
चाडपर्वको बेलामा सहज ढंगले यातायात सञ्चालन गर्नका लागि आजदेखि देशभर ‘रुट परमिट’ खुला गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो।
गएराति यूएईमा भएको खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको हो।
यो वर्ष अर्थात् सन् २०२५ को विजयादशमी अमेरिका-क्यानडामा अक्टोबर १ बुधबार र नेपाल वा भारतमा अक्टोबर २ बिहीबार परेको छ।
महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरू हुने हिन्दुहरूको महान् पर्व बडा दशैँ आजदेखि प्रारम्भ भएको छ।
अन्तर्वार्ता
‘हामी अहिलेको आयोगको सिफारिस कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त छौँ। विगतमा कार्यान्वयन नगर्ने प्रवृत्ति थियो, अहिले केही फरक छ, त्यसैले शंका नगरौँ।’
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आइतबार साँझ पुनः पहिरो खसेर अवरुद्ध भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो लगाएर नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।
नेपालगन्जमा २ हजारभन्दा बढी गोलीका खोकासहित दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
प्रवेशाज्ञाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरीयताका ट्रेल रनरले विश्वस्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन्।
जेनजी आन्दोलनका नाममा प्रहरीबाट लुटिएका इन्सास, एसएलआरलगायत करिब ११ सय बन्दुक र कारागारबाट भागेका ८ हजारभन्दा धेरै कैदीबन्दीबारे सरकार नै बेखबर बन्दा समाज अपराधको भुंग्रोमा पर्ने जोखिम बढेको छ।
चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा शुक्रबारदेखि खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले भदौ २४ गते साँझ करिब ७ बजे कारागारका तीन वटा ढोका फोडेर सबै कैदीबन्दीलाई भगाएका थिए।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बनाउन अगाडि सारेका सात जनामध्ये केही नाममा गुनासो आएपछि मन्त्रिपरिषद् विस्तार आजै हुने/नहुने टुंगो लागेको छैन।
फिलिपिन्सको झण्डा बोकेका प्रदर्शनकारीहरूले 'अब अति भयो, तिनीहरूलाई जेलमा हाल' भन्ने नारासहितका ब्यानर लिएर अनियमिततामा संलग्नहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
आइतबार नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको छ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले वर्षा नभएका खण्डमा साँझसम्म मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सडक खुलाउने गरी काम भइरहेको जानकारी दिए।