मिथिलावासी वैदिकपर्वमा लोक आस्था र लोकपर्वमा वैदिक छनक दिन खप्पिस हुन्छन्। यही कारण नवरात्राजस्तो शास्त्रीय पर्व पनि मिथिलाञ्चलमा लोकगीतको निरझरनीबीच मनाइन्छ।
महाशाखाका अनुसार राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
डेम्बेलेको महत्त्वपूर्ण योगदानको मद्दतमा पीएसजीले गत सिजन च्याम्पियन्स लिग जितेको थियो। गत सिजन उनले पीएसजीका लागि ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए।
क्षतिको मूल्यांकनका लागि आवश्यक प्रारूप तयार पार्न प्राधिकरणले सरोकारवाला निकायको सहभागितामा समिति गठन गरी काम शुरू गरिसकेको जनाएको छ।
प्रहरीले काठमाडौँ महानगरपालिका–१६, खरिबोटस्थित एक कार वास सेन्टरको पार्किङबाट सात थान पेस्तोल, ६ थान म्याग्जिन र ३३ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्खुसहित पाँच स्थानमा खसेका पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सीमा नाका बन्द थियो। नाका पुनः सञ्चालनमा आएपछि भारतबाट आउने नेपालीको संख्या बढेको प्रहरीले जनाएको छ।
सीआईबीले कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। उनीहरू बालयौन दुराचार र जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
आइतबार अन्तर्राष्ट्रियतर्फ ५५ उडानमार्फत आठ हजार ५०० यात्रु भित्रिएका छन्। ६ हजार ८०० यात्रु बाहिरिएका छन्।
शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि सञ्चालनमा आएको छ।
जेनजी आन्दोलनले कैयौँ कुरा बालेनले सोचेझैँ भइदिए– ओली सत्ताच्युत बने, दलहरू रक्षात्मक अवस्थामा पुगे। यो अवस्थामा धेरैको दबाबका बाबजुद प्रधानमन्त्री बन्न नचाहेका बालेन पार्टी खोल्न पनि अनिच्छुक छन्, किन?
नुवाकोटमा प्राची डंगोल नयाँ कुमारीको रूपमा चयन भएकी छन्।
सुपर टाइफुन रागासा फिलिपिन्सको उत्तरी भेगमा अवतरण गरेपछि चीनको सेन्जेन सहरले करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी थालेको छ।
दलहरूले विगतका गल्ती स्वीकार्दै जनताले नरुचाएका पुराना नेतालाई पाखा लगाएर नयाँ पुस्तासँग सहकार्य गर्ने, राष्ट्र हाँक्ने जिम्मा पाएकाहरूले आक्रोशलाई नयाँ सोचमा रूपान्तरण गर्नेमा ध्यान दिनुपर्छ।
नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सोमबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
हाल देशभरका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध र १६९ सडकखण्डमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालनमा रहेको सडक विभागले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमार्फत करिब दुई लाख यात्रु उपत्यकाबाट बाहिरिएका हुन्।
आइतबार दिउसो मन्त्रिपरिषद् बैठकपछि नयाँ बन्ने पाँच मन्त्रीको नाम मन्त्रालयसमेत तोकेर राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको थियो। तर राति ९ बजेपछि अख्तियार सक्रिय बन्दा उनको नियुक्ति रोकियो।
मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले सोमबार उडान भरेको छ।
आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।