पर्वतको जलजला गाउँपालिका–२ ओखरबोटका लालबहादुरले आफ्नो १००औँ जन्मदिन आँगनमै जनप्रतिनिधहरू र छिमेकीसँग मनाए। त्यस क्रममा उनले जीवन भोगाइका अनुभव पनि सुनाए।
अंक तालिकामा पुछारमा रहेको यूएईले राहुल चोप्रा कप्तान नियुक्त भएपछि खेलेका ९ ओडीआईमध्ये दुईवटामा मात्र जित हासिल गरेको छ। राहुल एक वर्षअघि मुहम्मद वासिमलाई विस्थापित गर्दै कप्तान भएका थिए।
जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको कारण मर्मत गर्नुपर्ने भन्दै हायात रेजेन्सीले होटल बन्दको घोषणा गरेको छ। त्यहाँ कार्यरत मजदुरलाई पनि काममा नआउन भनिएको छ।
आवेगको राप र ताप सेलाउँदै जाँदा आन्दोलनप्रति निराशा फैलिन्छ र प्रतिक्रियाहरू देखिन थाल्छन्। पोस्टरमा देखिएका अगुवाहरूको जन्मपत्री खोतलिन थाल्छ।
नेपाली महिला राष्ट्रिय फुटबल टिम 'थ्री नेसन्स कप'को पहिलो खेलमा इरानसँग ३-० को गोल अन्तरले पराजित भएको छ।
बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।
महोत्तरी र धनुषा छुट्याउँदै भारत झर्ने बिगही नदीमा दुई देशको साझा घाट बनेको छ।
बांग्लादेशको ढाकास्थित इन्डोर हलमा आज भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।
सुशासन र भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनपछि नयाँ सरकारले आकार लिइरहेको बेला नेवानिका कार्यकारी अध्यक्ष भने 'अशुली धन्दा' चलाइरहेका थिए। अवकाशको समय आए पनि अझै उनी कार्यकाल लम्ब्याउने कसरतमा छन्।
कैलालीको कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीन जना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
यो साता उकालोमा अवलोकनकर्ता पर्खिरहेको देवकोटा संग्रहालय, कांग्रेसको त्यो विशेष महाधिवेशन, मधेश केन्द्रित दलः एकताभन्दा फुटको लामो इतिहास लगायतका समाचार चर्चामा रहे।
केही दिनअघि राजस्थान राज्यमा पनि यात्रु बसमा सर्ट सर्किटका कारण आगो लागेको थियो र कम्तीमा २० जनाको मृत्यु भएको थियो।
फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ।
रेबिजबाट मृत्यु हुनेको संख्या ग्रामीण क्षेत्रमा धेरै छ। जनचेतनाको कमीले गर्दा कुकुरले टोकिसकेपछि वा भाइरसको संसर्गमा आएपछि उपचारमा नजानु नै मृत्युको कारण बन्ने गरेको छ।
इरानले उद्घाटन खेलमा भारतलाई पराजित गरिसकेको छ। नेपाल भने इरानविरुद्ध पहिलो खेल खेल्दैछ।
सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ। कोशीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ।
औपनिवेशिक धनको मैमत्तामा हुर्किएको पश्चिमा सभ्यताले फैलाएको हो यस्तो घृणा। खासमा भन्दा एङ्लो–याङ्की विचार अनैतिक रूपले नाफाको लालच बोकेर विज्ञान प्रविधिमाथि कब्जा जमाउनतिर लागेको छ।
आयोजनाको कुल लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबर रहनेछ। आयोजना निर्माण चरणमा औसत एक हजार ८०५ जना र सञ्चालन चरणमा ११५ जनाले रोजगारी प्राप्त गर्नेछन्।
एनपीसीहरू कसरी एकैसाथ छिटो र अत्यन्त छनोटयुक्त हुन सक्छन् भन्नेबारे दशकौँदेखि वैज्ञानिकहरू बुझ्न असफल थिए।
गोधन कुट्ने पर्व मिथिलाको सांस्कृतिक पहिचान र नारीको श्रम तथा आस्थाको उत्सव हो।