सीआईबीले शुक्रबार दिउँसो साढे २ बजेदेखि राति साढे १० बजेसम्म बैंकको केन्द्रीय कार्यालय अनामनगरमा छापा मरेर दुई दर्जनभन्दा बढी संवेदनशील फाइल नियन्त्रणमा लिएको छ।
आँखा स्वास्थ्य प्रवर्धन र रोकथाम तथा अन्धोपनाबाट धेरैभन्दा धेरै जनसंख्यामा जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन लागिएको प्रतिष्ठानले जनाएको छ।
आलमलाई दशैँअघिदेखि अस्पतालमा राखिएको थियो। एक सातायता स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
जिल्लामा यस वर्ष नौ हजार ९८८.०३ हेक्टर खेतमा धानबाली लगाइएको थियो। जसमध्ये ६ हजार ९९१.६ हेक्टर खेतमा लगाइएको धानबालीमा वर्षाले क्षति गरेको छ।
एक समयका ‘मालिक घर’हरूमा चिटिक्क परेका झ्याल, रंगीन बार्दली र कलात्मक ढोका थिए। अहिले रित्ता, चर्किएका र भत्किन लागेका ती घरहरू पहाडको सामाजिक र आर्थिक पतनको मौन साक्षी बनेका छन्।
नेपाल समूह चरणका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
दिउँसो कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
वेदकोट नगरपालिका–८, आमथलास्थित भित्री सडकखण्डमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
धेरै सदस्य राष्ट्रहरूमा ड्रोन आक्रमण र आगजनीका शंकास्पद घटनाहरू बढेपछि ईयूले त्यसलाई रुसी 'हाइब्रिड युद्ध'को खतरा मान्दै भिसा प्रतिबन्धको उपाय अपनाएको छ।
प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताइन्।
किकीलाई गीत सुन्न निकै मन पर्छ। रोचक कुरा के भने किकी आफैँ ह्वीलचेयर चलाउँछिन् र गीत सुन्दै सेन्चुअरी वरपर फन्को मार्छिन्। उनलाई टेलर स्विफ्टका गीत खुब मन पर्छन्।
कांग्रेस संस्थापन पक्ष महाधिवेशनलाई जसरी पनि निर्वाचनपछि धकेल्ने रणनीतिमा हुँदा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले तत्काल विशेष महाधिवेशन बोलाउन माग गरेका छन्। किन महाधिवेशनको मितिमा चर्को बहस भइरहेको छ?
संघीय संसद् (प्रतिनिधिसभा)सहित प्रदेशसभाका सभामुखहरूको बैठकले संघीय सरकारको निर्णयले विधिको शासनमा चुनौती थपिएको निष्कर्ष निकालेको छ।
लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
विदेशी कम्पनीलाई ठेक्का दिएर सवारी चालक अनुमतिपत्र (लाइसेन्स), राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका महत्त्वपूर्ण कागजात छपाइँदै आएकोमा, सरकारले अहिले लाइसेन्सको छपाइ आफ्नै मुद्रण मेसिनबाट थालेको छ।
सडक अवरोधका कारण जोमसोमदेखि छुकसम्वसम्म मालवाहक सवारीसाधन चलाउन सकिएको छैन। जनप्रतिनिधिले मुस्ताङ-डोल्पा सडकको हिउँ पन्छाएर सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय बागलुङसमक्ष माग गरेका छन्।
यो साता उकालोमा, ‘कपाल काट्न हिँडेका गणपतिलाल अनि चप्पलमै प्रधानमन्त्री कार्यालय पुगे’, ‘प्रतिबन्धित एन्टिबायोटिक भित्र्याउन औषधि व्यवस्था विभागको साथ’, ‘अस्थायी डाइभर्सनबाट कहिलेसम्म चल्ला बीपी राजमार्ग?’ लगायतका समाचार चर्चामा रहे।
म्याग्दीको मंगला गाउँपालिका–२ लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसको छात्रावास परिसरमा रहेको पाखो सम्याएर नयाँ खेलमैदान निर्माण गरिएको छ।
पीडित दोलखाकी तारा थापा र गुल्मीका दील खरेलले फिनल्यान्डको जिल्ला तथा उच्च अदालतको फैसलाबाट झन्डै ५ करोड रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्।