प्रहरीले फोटो, भिडियो, सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीको आधारमा प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नहरूको पहिचान गरी पक्राउ गरेको जनाएको छ।
बिहीबार नेप्से परिसूचक १०.४३ अंकले वृद्धि भई २,६७६.०३ को विन्दुमा बन्द भयो।
सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै लगातार चौथो जित दर्ता गराएको छ।
नेपाल-बांग्लादेश ऊर्जा सचिवस्तरीय संयुक्त समितिले नेपालबाट बांग्लादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति गरेको छ।
एक वर्ष अघिसम्म सरकारी गोदामको चामल माग उच्च रहने उत्तरी गोरखाको सिर्दिबासमा यस वर्ष गोदाममै थुप्रिएको छ।
मौसमी प्रकोपले श्रीलंकाका १७ वटा जिल्लामा असर गरेको छ। एक हजार १५८ परिवारका करिब चार हजार मानिस प्रभावित भएका छन्।
बैंकमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने चार जनाको समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रधानमन्त्रीले मन्त्रीका लागि छानेका नामबाट शुरू हुन थालेको विवाद प्रमुख स्वकीय सचिवले श्रीमती र नातेदारलाई सचिवालयमा नियुक्ति गरेको खबरसँगै सुशीला कार्कीविरुद्धै प्रश्न उठ्न थालेको छ।
बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय ब्लकमा गरिएको मर्मतसम्भार कार्यका क्रममा बाँकी रहेको ज्वलनशील सामग्रीका कारण आगो फैलिएको बताइएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ।
नारायण गोपाल वा अम्बर गुरुङले भनेजस्तो, संगीत विधा मनोरन्जन र आत्मरन्जनको मिलापमा चल्नुपर्ने हो। तर, त्यसो हुन सकेको छैन।
झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने ७२३ लामो कन्काई पुल निर्माणका लागि २०६८ जेठमा ठेक्का सम्झौता भएको थियो।
लिगमा अपराजित रहेको आर्सनल ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ। पीएसजी १२ अंकसहित दोस्रो स्थानमा छ।
जनावर बोल्न सक्दैनन्, सहमति या असहमति दिन सक्दैनन्। जहाँ सभ्यता र करुणा छ, त्यहाँ जनावरको गरीमा रक्षाका लागि कडा कानून र त्यस अनुसारको व्यवहार आवश्यक छ।
मिथिला–१० की सरिता दास १० वर्षयता बर्दिबास–जलेश्वर सडकपेटीमा मकै पोलेर गुजारा चलाइरहेकी छन्। पेसा गरिरहेको स्थानबाट हट्न बेलाबेला दबाब आए पनि उपयुक्त ठाउँ नहुँदा सर्न सकेकी छैनन्।
संविधानमा उल्लिखित मौलिक हकलाई कार्यान्वयन गर्न सरकारले २०७५ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको थियो।
विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ परेका छन्।
१६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा समेटिँदै विराटनगर लगातार चाैथो जित हात पार्नबाट चुक्यो।
आयोगमा हाल दर्ता कायम रहेका १३२ दलमध्ये ८० दलले निर्वाचनमा भाग लिन निवेदन दिइसकेका छन्।
धुर्मुस–सुन्तली फाउन्डेसनले बाँकी निर्माणका लागि रंगशालाको संरचना भरतपुर महानगरलाई हस्तान्तरण गरेको पाँच वर्षसम्म उधारो भुक्तानी किन भएन? कुन निकायको निर्णयले फुक्न सक्छ गाँठो?