AnonymousUser

Logout

कारोबार रकमसहित घट्यो नेप्से

पछिल्लो दुई कारोबार दिन बढेको शेयरबजार परिसूचक नेप्से बुधबार घटेर बन्द भएको छ।

प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखसहित प्रमुख सचेतकहरूको बैठक

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि दलहरूबीच सहमति जुट्न नसक्दा शुरू हुन सकेको छैन।

चक्रपथ स्तरोन्नतिपछि फेरियो बेनी बजारको स्वरूप

नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसीसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनी बजार सुरक्षित हुनुका साथ चिटिक्क देखिएको छ।

औसतभन्दा १७ गुणा छिटो पग्लियो ग्रिनल्यान्डको हिउँ

विगत एक महिनामा ग्रिनल्यान्डको बरफको पत्र पग्लिने दर औसतभन्दा १७ गुणाले बढेको पाइएको छ। आइसल्यान्डका ९४ प्रतिशत मौसम केन्द्रले रेकर्ड तापक्रम दर्ता गरेका छन्।

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।

थापाथलीको ६ रोपनी जग्गा हडप्ने चौधरी ग्रुपको चलखेलमा सर्वोच्चले लगाइदियो अंकुश 

थापाथली हाइटमा रहेको युनाइटेड मिसन टु नेपालको ६ रोपनी जग्गा हडप्न चौधरी ग्रुपले १९ वर्षदेखि गरिरहेको चलखेल सर्वोच्च अदालतले निस्तेज पारिदिएसँगै जग्गा अब सरकारको नाममा ल्याउने बाटो खुलेको छ।

रसुवागढीबाट १० वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ।

गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

गर्मी बढेसँगै त्रिशूली नदीमा र्‍याफ्टिङ गर्नेको संख्या केही दिनयता बढेको छ। त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरू पनि छन्।

देशभर आंशिदेखि साधारणतया बदली रहने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिदेखि साधारणतया बदली रहने छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

लिग२: नेदरल्यान्ड्समाथि नेपालको लगातार दोस्रो जित

स्कटल्यान्डको डन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो। 

१० महिनामा प्रदेश सरकारले गरे १ खर्ब रुपैयाँ खर्च

संघीय सरकारले प्रदेश सरकारका लागि वित्तीय समानीकरण अनुदान ६० अर्ब रुपैयाँ, सशर्त अनुदान २५ अर्ब ८४ करोड र पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान ६ अर्ब २० करोड रुपैयाँ उपलब्ध गराएको थियो।

पाकिस्तानले २० प्रतिशतले बढायो रक्षा बजेट

भारतसँग पछिल्लो महिनाको तनावपूर्ण संघर्षपछि पाकिस्तानले रक्षा खर्चमा २० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।

एशियन कप छनोट : नेपाल लाओससँग पराजित

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो।

काठमाडौँ महानगरको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म

खानेपानीमा कोलिफर्म भेटिएपछि २ लाख जरिबानासँगै काठमाडौँ महानगरले आपूर्तिकर्तासँगको सम्झौता पनि भंग गरेको छ। 

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनायो।

समावेशी नीति नबने एआईले असमानता बढाउन सक्ने

नेपालमा काम खोजिरहेका युवा एआईप्रति उत्सुक भए पनि डिजिटल ज्ञानको कमी, डाटा सुरक्षा, मानसिक स्वास्थ्य तथा अनलाइन प्लेटफर्मका खतराबारे जानकार नहुँदा उनीहरू जोखिममा पर्नसक्ने प्रतिवेदनले औँल्याएको छ।

को–को हुन् प्रहरीले गोली हानेर समातेका लागुऔषध कारोबारी?

हवाई फायर गर्दा पनि उत्तेजित भएर प्रहरीमाथि आक्रमण गर्न नछाडेपछि तीन राउन्ड गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नेपाल र साउदी अरेबियाबीच श्रमिक लैजानेसम्बन्धी नयाँ दुई सम्झौता

श्रममन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी तत्काल दुई वटा सम्झौता गर्न साउदी अरब तयार भएको बताए।

सर्वोच्च अदालतमा ३ न्यायाधीश सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ।

एक्सक्लुसिभ

नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ

खेलाडी, खेलप्रेमीदेखि खेलकुदमा लगानी गर्न इच्छुक कर्पोरेट क्षेत्रसम्मको आत्मविश्वास ह्वात्तै बढाइदिएको नेपाल प्रिमियर लिग कसरी अपारदर्शी खेल र अनियमितताको दलदलमा फस्यो? को छन् यसका पछाडि?