महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा यहाँका व्यवसायी आशावादी छन्।
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो।
लोसपाको नेतृत्वमा ५ दलीय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए।
संघीय र प्रदेश सरकारको समपूरक ५०/५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको छ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको छ।
सिथाबिले मथेको मुद्दामा अदालतले प्रस्ट रूपमा भन्यो कि जन्मसिद्ध रूपमा प्राप्त नागरिकता कुनै व्यक्तिको रोजाइ होइन, त्यो उसको अस्तित्वसँग जोडिएको अधिकार हो, जसलाई जबरजस्ती छोड्न लगाउनु अन्याय हो।
दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।
किसानहरूलाई पहिले आफैँले सुन्तला बजारमा पुर्याउँदा मूल्य निर्धारण र कुन ठाउँ लैजाने भन्ने चिन्ता हुन्थ्यो। तर अहिले गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउन पाएकाले बिक्रीमा सहजता भएको छ।
पहिलो संविधानसभा सदस्यसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग गरेको छ।
प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय पर्यटकको मनाङस्थित मिलेरेपा गुम्बाभन्दा १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा शव फेला पारेको हो।
सीआईबीका अनुसार, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका निरञ्जनकुमार खरेलको भूमिका ठगीबाट संकलन गरिएको नगद तथा चेकमार्फत प्राप्त रकम जम्मा गर्ने र ओसारपसार गर्ने थियो।
विज्ञहरूका अनुसार उडान रद्द हुने दर बढ्दै गए आगामी थ्याङ्क्सगिभिङ हप्तामा स्थिति अझ भयावह बन्न सक्छ। यसको असर हवाई यातायात मात्र नभई समग्र अर्थतन्त्रमा पनि पर्नेछ। पर्यटन क्षेत्रमा भने नकारात्मक प्रभाव देखिन थालिसकेको छ।
बढ्दो तापक्रम, घट्दो हिमपात र बेमौसमी वर्षाजस्ता जलवायु संकटले गर्दा वृष्टिछाया क्षेत्र मुस्ताङको संवेदनशील भूगोल, रैथाने कृषि, पशुपालन र सांस्कृतिक सभ्यतामाथि नै चुनौती थपिएको छ।
कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र परेसँगै सुदूरपश्चिमको प्रमुख आर्थिक नाकाका रूपमा विकास गरी महाकाली करिडोरसँग जोडेर व्यापारिक नाका विस्तार गर्ने योजना प्रभावित बनेको छ।
आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा सीमित भएको छ।
वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले कामपाको वातावरण विभागले महानगर क्षेत्रभित्र फोहोर र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको जनाएको छ।
जापान मौसम विज्ञान एजेन्सीले करिब एक मिटर (तीन फिट) उचाइको सुनामी आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ महानगरपालिका–१२, टेकुको ह्युमतबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिको घरबाट प्रहरीले दुई वटा रिभल्वर बरामद गरेको छ।
पश्चिमी गुजरात राज्यमा अवस्थित यो विशाल चिडियाखानालाई आधिकारिक रूपमा हरित प्राणीशास्त्रीय उद्धार तथा पुनर्वास केन्द्रका रूपमा चिनिन्छ।