बिहीबार नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ को बिन्दुमा सीमित भएको छ।
अत्यधिक गर्मीका कारण गोरखाको पालुङटार नगरपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि पठनपाठन बन्द गरिएको छ।
बजेटको बुँदा नम्बर ८७ मा अदालतको अवहेलना भएको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
यसअघि पनि सन् १९८८ अक्टोबर १९ मा अहमदाबादमै इन्डियन एअरलाइन्सको बोइङ ७३७-२०० मोडलको विमान दुर्घटना हुँदा १३३ यात्रुले ज्यान गुमाएका थिए।
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा चुनौती देखाउँदै आफ्ना कर्मचारीलाई मध्यपूर्वी देशबाट फिर्ता बोलाउने बताएका थिए।
नेपालमा ११८ ह्याचरीले बोइलर चल्ला र ६ वटाले लेयर्स चल्ला उत्पादन गर्दै आएका छन्। कोभिड अघिसम्म देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने ३४८ ह्याचरी उद्योग सञ्चालनमा थिए।
काठमाडौँ महानगरले अटिजम तथा डाउन सिन्ड्रम भएका बालबालिकाका लागि ६ वटा विद्यालयमा विशेष कार्यक्रम चलाउने भएको छ। ती विद्यालयमा विशेष संरचना पनि बनाइनेछ।
पहिलो चरणमा काभ्रेपलान्चोकतर्फ सडक सीमामा निर्माण भएका संरचना हटाइएको थियो। दोस्रो चरणमा सूर्यविनायकदेखि साँगासम्मको सडक सीमामा निर्माण भएका संरचना हटाउन थालिएको हो।
२०८१ माघ २२ गते भएको ६ बुँदे समझदारीपछि उच्चस्तरीय वार्ता हुने सहमति भए पनि सरकारले वार्ता टोली नै नबनाएको समितिले जनाएको छ।
जैमिनी नगरपालिका–८ छिस्ती फुर्केसल्लाका ६२ वर्षीय रघुनाथ पौडेलको कृषिकर्म साँच्चिकै लोभलाग्दो छ। आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा घाँसखेती। यसैबाट गाउँमा रमाइरहेको छ, पौडेल परिवार।
नेपालका सबै पार्टी वैचारिक, राजनीतिक तथा सांगठनिक तीव्र पुनर्गठनको पर्खाइमा छन्। तर पुस्तान्तरणको सामान्य मेलोमा पनि आग्लो हाल्ने नेतृत्वले पुनर्जलीय उपचारको आवश्यकता देखेकै छैन।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
दुई करोड रुपैयाँभन्दा बढी मूल्यका सुन, हिरा तथा पत्थरका गहनासहित चार जना भारतीय नागरिकलाई प्रहरीले काठमाडाैँबाट पक्राउ गरेको हो।
मनसुनलाई मध्यनजर गरी नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले विपद् उद्धार अभ्यासमा प्राथमिकता दिँदै आएको छ।
युक्रेनसँग लड्न रुसी सेनामा भर्ती भएका ७३ नेपालीको युद्धका क्रममा मृत्यु भइसकेको सरकारले नै पुष्टि गरेको छ। तर अहिलेसम्म एउटा पनि शव नेपाल ल्याइएको छैन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडाैँ महानगरका पूर्वप्रमुख प्रशासन अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
चार वर्षसम्म किनारा नलागेको यस मुद्दामा गत जेठ १ गते सुनुवाइ सकिएपछि फैसला सुनाउने मिति आजका लागि तोकिएको थियो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका छन्।
लस एन्जलसको जस्तै विरोध प्रदर्शनहरू न्युयोर्क, शिकागो, अस्टिन र वाशिंगटनडीसी लगायत अन्य प्रमुख अमेरिकी शहरहरूमा पनि बढ्दो रूपमा देखा पर्दैछन्।
पक्राउ परेकामध्ये एक जना हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरेको पाइएको प्रहरीले जनाएको छ।