एकीकृत समाजवादीले आसन्न निर्वाचनका लागि अनेकौँ महत्वाकांक्षी योजना अघि सारेको छ भने कतिपय ठाउँमा एमालेकै पालामा भएको कार्यक्रमको जस लिने प्रयाससमेत गरेको छ।
विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ।
रुसले युक्रेनमा ऊर्जा र जलक्षेत्र लक्षित आक्रमण तीव्र पारेको छ। आक्रमणसँगै युक्रेनको राजधानीका ८० प्रतिशत बस्तीमा खानेपानी तथा विद्युत आपूर्ति बन्द भएको छ।
वनभोज खाएर फर्कँदै गरेका युवा चढेको डुंगा दुर्घटनामा परेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
तत्कालीन मन्त्रीमण्डलमा दोस्रो वरियताका गृहमन्त्री जोगमेहर श्रेष्ठभन्दा दोब्बर बढी मत ल्याएर राष्ट्रिय पञ्चायत सदस्य बनेकी नानीमैयाँ दाहाल ४१ वर्षदेखि ‘अप्रत्याशित जित’को बिम्ब बनेकी छन्।
देशका अधिकांश भूभागको मौसम सफा रहने विभागले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।
गत फेब्रुअरीमा युद्ध शुरु गरेपछि रुसी जलसेनाले युक्रेनबाट निर्यात हुने सामग्रीमा प्रतिबन्ध लगाउँदै आएका थिए। रुसी प्रतिबन्धका कारण युक्रेनको २ करोड टन खाद्यान्न निर्यात हुन पाएको थिएन।
नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको काठमाडौं–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै आइतबार यात्रु अलपत्र परेका थिए।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल आयोगले यथासमय जवाफ नपठाउँदा आमनागरिकलाई असहजता भएको बताउँछन्।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरी अरूलाई फसाएर फाइदा लिने गरी झुटा विवरणसहित आएको बताएका हुन्।
हालको मोरङ २ नम्बर क्षेत्र तत्कालीन क्षेत्र नं १ हुँदा गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन जितेका थिए।
विमानस्थलमा यात्रु अलपत्र पार्ने गरी नयाँदिल्लीका लागि दुई उडान रद्द भएपछि नेपाल वायु सेवा निगमले माफी मागेको छ।
राप्रपासहितको विपक्षी गठबन्धनमा जसपालाई समेत सामेल गराउन सफल एमाले आगामी निर्वाचनमा स्थानीय तहको मत जोगाउने र सत्ता गठबन्धन दलका असन्तुष्ट कार्यकर्तालाई तान्ने रणनीतिमा छ।
विद्युत्को आन्तरिक खपत बढाउनुपर्ने, नेपाल–भुटान–भारत–बंगलादेशसँगको क्षेत्रीय व्यापार बढाउन नेपाल र भुटानमा थप आयोजना निर्माण गर्न प्रतिवेदनमा सुझाव दिइएको छ।
लुलाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरेका छन्।
लामो समय एउटै पार्टी, एउटै कमिटीमा रहेर काम गरेका एमालेका सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल आमनेसामने बनेको रुपन्देही–१ त्यहीकारण यसपालि चर्चाको केन्द्रमा छ।
ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले गीत-संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै प्रस्तुति दिन लागेको बताए।
नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा जित निकालेका छन्।
३८२ वर्ष पुरानो कात्तिक नाचको दोस्रो दिन सोमबार बाथः प्याखँ हुँदैछ।
माओवादीले निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाइने वाचा पनि गरेको छ।