आयोगले कडाइका साथ आचारसंहिता कार्यान्वयन गर्न सबैलाई आग्रह गरेको छ। प्रचारप्रसारका क्रममा १० वटा भन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने समेत आयोगले जनाएको छ।
काठमाडौँ- निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलले प्रयोग गर्ने प्रचारप्रसार सामग्रीमा सीमा निर्धारण गरेको छ। आयोगले झण्डा र चुनाव चिह्नको आकार निर्धारण गरेको छ भने भित्ते लेखन निषेध गरेको छ।
त्यस्तै, प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी राष्ट्रिय झण्डा प्रयोगमा समेत आयोगले रोक लगाएको छ। निर्वाचन प्रचारप्रसारका क्रममा हुने आमसभा र कोणसभाको खर्च विवरण ७ दिनभित्र पेस गर्नुपर्ने समेत आयोगले सीमा निर्धारण गरेको छ।
त्यस्तै, निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिताभित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कार्तिक १७ गते (भोलि) देखि राजनीतिक दलहरूले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गराएको हो।
निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजक रहेका आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानून, निर्वाचन ऐन, नियम र निर्वाचन आचारसंहिता प्रतिकूल हुनेगरी सभा, समारोहहरू नगर्न आग्रह गरेका हुन्।
राजनीतिक दलहरूले अर्काको कार्यक्रम बिथोल्न लागे वा अर्कालाई आरोप–प्रत्यारोप गरेमा कारबाहीको भागिदार हुने उनले स्पष्ट पारे। उनले राजनीतिक दलहरूले आमसभा गर्न लागेको कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने र प्रावधानलाई कडाइका साथ पालना गर्नपनि सचेत गराए।
उनले व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनैपनि शब्दहरू उच्चारण नगर्न, प्रचारप्रसार गर्ने क्रममा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, झोला लगायतका निर्वाचनसँग सम्बन्धित दलको चिह्न प्रयोग भएका सामग्रीहरू प्रयोग नगर्न पनि सचेत गराए।
भण्डारीले निर्वाचन आचारसंहिताले तोकेको ढाँचामा मात्रै पर्चा तथा पम्प्लेट बनाउन पनि आग्रह गरे।
त्यस्तै, निर्वाचन आयोगले निर्वाचन जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्नसमेत आग्रह गरेको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
