रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीवार निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
दशैँतिहार लगायतका विभिन्न चाडपर्वका कारण शिक्षणसिकाइमा देखा परेको ‘ग्याप’ले विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिएका छन्।
बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो।
बन्दसूचीमा कायम भएको उम्मेदवारको संख्याको आधारमा आयोगले निर्वाचन खर्चको सीमा निर्धारण गरेको हो।
ओकेबाजेले पाल्पाका विविध समस्यालाई जापानी संघसंस्थाको सहकार्यमा समाधान निकाल्दै आएका छन्। शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूहलगायतका धेरै क्षेत्रमा उनको सहयोग छ।
महानगरकी उपप्रमुख सुनिता डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताइन्।
कांग्रेसबाट चुनाव हार्नेमा महामन्त्री सूर्यप्रसाद उपाध्याय, प्रचार विभाग प्रमुख कृष्णप्रसाद भट्टराई, पूर्वमहामन्त्री महेन्द्रविक्रम शाहलगायत थिए। कतिपय उम्मेदवारलाई बागी उम्मेदवारले पराजित गरेका थिए।
दिउँसो प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने मौसम सफा रहने विभागले जनाएको छ।
प्रत्यक्षमा कांग्रेस र माओवादी केन्द्रको मत कलम चिह्नमै पार्न संयुक्त घरदैलोलाई प्राथमिकता दिएको एकीकृत समाजवादीले समानुपातिक मत बढाउन एमाले समर्थकलाई फकाउने रणनीति बनाएको छ।
लकडाउनले भर्खरै बजारमा आएको आइफोन-१४ को व्यापार प्रभावित हुने आकलन गरिएको छन्। क्रिसमस र लुनार नयाँ वर्षमा आइफोनसहित विद्युतीय उपकरणको व्यापार उच्च हुने गर्दछ।
आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
आयोजकका अनुसार उम्मेदवार र मतदाताका लागि साझा 'प्ल्याटफर्म' बनेको उक्त मेलामा चार हजार बढीले सहभागिता जनाएका थिए।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता, २०७९ अनुसार उनीहरूलाई हेलिकोप्टर चढ्ने अनुमति दिएको बताए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले विप्लव नेतृत्वको नेकपाको 'धम्की'लाई गम्भीरतापूर्वक लिएर सुरक्षा योजना बनाउने विषयमा छलफल अगाडि बढाएको बताए।
गण्डकीका पहिलो मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयनका लागि आफैँले गरेको संघर्ष भुलाउने गरी सरकार बचाउने ‘हर्कत’ गर्दा अर्का मुख्यमन्त्री नेपाली चर्को कर असुल्ने र मनपरी खर्च गर्नेमा बदनाम भए।
बुधबार सम्पन्न खेलमा भारतले डकवर्थ लेविस पद्धतिको आधारमा बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो। जितसँगै भारत सेमिफाइननजिक पुगेछ।
भन्सार विभागका अनुसार ३ महिनामा नेपालमा २ अर्ब ५४ करोडको आलु, १ अर्ब ६८ करोडको प्याज, २५ करोडको लसुन र ११ करोडको टमाटर आयात भएको छ।
बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले बार्सिलोना युरोपा लिगमा दाबेदार टोली रहे पनि उपाधि जित्न भने कठिन हुने बताएका छन्।
चुनावमा हुने खर्चले अर्थतन्त्रमा पार्ने प्रभाव, अनौपचारिक खर्चले बढाउने महँगी र भ्रष्टाचार तथा तरलता पूर्तिलगायत विषयमा अर्थविद् डा. रेशम थापासँग उकालोका लागि केशु लामिछानेले गरेको कुराकानी:
सत्ता गठबन्धनबाट ललितपुर-३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी पम्फा भुसालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै ललितपुरका ऐतिहासिक सम्पदाको 'डिजिटल प्रोफाइल' बनाउने वाचा गरेकी छन्।