जलवायुसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने, प्रतिबद्धता जनाउने, नीति नियम बनाउने तर कार्यान्वयनमा नगर्ने गर्दा गलत सन्देश जाने भन्दै विज्ञहरूले कार्यान्वयन पक्षलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए।
प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास रोक्न चेतावनी दिएको भोलीपल्ट क्षेप्यास्त्र प्रहार गरेको हो।
आयोगले कडाइका साथ आचारसंहिता कार्यान्वयन गर्न सबैलाई आग्रह गरेको छ। प्रचारप्रसारका क्रममा १० वटा भन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने समेत आयोगले जनाएको छ।
ढुंगा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुंगालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकर्षित बनाएको छ।
लट्री भर्ने क्रममा आरोनले अनलाइनमा भेटिएका बेग्लाबेग्लै नम्बर मिलाएर ज्याकपट हात पारेका हुन्। उनले सो लट्री टिकट सेप्टेम्बर १५ मा वारेनस्थित एक पसलबाट लिएको बताएका छन्।
चितवनमा पाख्रिनले यो पेशा गरेको पाँच वर्ष भयो। धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको शुरूआत गरेका थिए।
दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लाहरूमा सामाग्री ढुवानी गरिने आयोगले जनाएको छ।
एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्न रोजेको पाँचतारे होटेल र त्यहाँ देखापरेका परिदृश्य आफूलाई ‘कम्युनिस्ट’ भनेर चिनाउने यो पार्टीको पछिल्लो अवस्था दर्शाउन काफी छन्।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
चुनावी घोषणापत्रमा नेपाली कांग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र, कृषि, रोजगारी, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्।
मंगलबार सम्पन्न खेलमा न्युजिल्यान्डलाई २० रनले हराउँदै इङ्ग्ल्यान्ड सेमिफाइनलनजिक पुगेको हो।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लंघनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुने बताए।
हरेक वर्ष यहाँ कात्तिक पूर्णिमाका बेला तीन दिन मेला लाग्दै आइरहेको छ भने यसवर्ष दुई दिन थप गरेर पाँच दिनसम्म मेला लाग्ने भएको छ।
आयोगले घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
जसपाबाट सर्लाही–४ मा उम्मेदवार बनेका राकेश मिश्र त्यस्ता विचौलिया हुन्, जसले किसानलाई सडकमा उतारेर उद्योगीसँग रकम असुले, तर किसानलाई दिएनन्।
सन्दीप लामिछाने पक्षका वकिलले जन्मदर्ताको उमेरका आधारमा वकालत गर्ने बताएका छन्।
एमालेले मंगलबार काठमाडौंको पाँचतारे होटलबाट तामझामर्पूक सार्वजनिक गरेको चुनावी घोषणापत्र हेर्दा आकर्षक छ, अन्तर्यमा भने यसअघि सार्वजनिक ओलीका ‘सपना’हरू नै त्यसमा अनुमोदित भएका देखिन्छन्।
दसैँ, तिहार र छठको बिदा सकिएसँगै सरकारी कार्यालय खुले पनि देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार सुनसान देखिन्छ।
डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश दिएको छ।
एन्फाले पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।