साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ।
सहसचिव कोइरालाले सम्भावित विपद्को आकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताए।
अनुपविक्रमले चलचित्र स्तरीय बनेको भन्दै सबै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताए।
निर्वाचन आयोगले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल सरकार र मातहतका निकायलाई सातबुँदे निर्देशन दिएको छ।
विन २०२१ को नोभेम्बरमा पक्राउ परेपछि मागवेस्थित उनको घरलाई सेनाले बलपूर्वक नियन्त्रणमा लिएको थियो।
काठमाडौँ महानगरले बनाएको महिला सञ्जाल गठन प्रक्रियामै विभेद देखिएको भन्दै दलित महिला सदस्यले असन्तुष्टि जनाएका छन्।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। बाचापत्र नाम दिइएको घोषणापत्र नेपाल प्रज्ञाप्रतिष्ठानबाट सार्वजनिक गरिएको हो।
दक्षिण अफ्रिकामा अन्तिम संस्कारमा प्रयोग हुने कफिन, फूल, कार, सजावटका आधारमा अन्तिम संस्कार गरेबापत कम्पनीहरूले मूल्य तोक्ने गरेका छन्।
कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको बताउँदै नेता शेखर कोइरालाले यसमा शंका नगर्न आग्रह गरे।
रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीवार निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
दशैँतिहार लगायतका विभिन्न चाडपर्वका कारण शिक्षणसिकाइमा देखा परेको ‘ग्याप’ले विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिएका छन्।
बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो।
बन्दसूचीमा कायम भएको उम्मेदवारको संख्याको आधारमा आयोगले निर्वाचन खर्चको सीमा निर्धारण गरेको हो।
ओकेबाजेले पाल्पाका विविध समस्यालाई जापानी संघसंस्थाको सहकार्यमा समाधान निकाल्दै आएका छन्। शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूहलगायतका धेरै क्षेत्रमा उनको सहयोग छ।
महानगरकी उपप्रमुख सुनिता डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताइन्।
कांग्रेसबाट चुनाव हार्नेमा महामन्त्री सूर्यप्रसाद उपाध्याय, प्रचार विभाग प्रमुख कृष्णप्रसाद भट्टराई, पूर्वमहामन्त्री महेन्द्रविक्रम शाहलगायत थिए। कतिपय उम्मेदवारलाई बागी उम्मेदवारले पराजित गरेका थिए।
दिउँसो प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने मौसम सफा रहने विभागले जनाएको छ।
प्रत्यक्षमा कांग्रेस र माओवादी केन्द्रको मत कलम चिह्नमै पार्न संयुक्त घरदैलोलाई प्राथमिकता दिएको एकीकृत समाजवादीले समानुपातिक मत बढाउन एमाले समर्थकलाई फकाउने रणनीति बनाएको छ।
लकडाउनले भर्खरै बजारमा आएको आइफोन-१४ को व्यापार प्रभावित हुने आकलन गरिएको छन्। क्रिसमस र लुनार नयाँ वर्षमा आइफोनसहित विद्युतीय उपकरणको व्यापार उच्च हुने गर्दछ।
आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।