भारतले आफ्नो बजार मूल्य नियन्त्रणमा राख्न सार्क र अन्य देशबाट आउने खानेतेलको आयातमा लाग्ने सीमा शुल्क समान बनाएपछि प्रशोधित तेल निर्यात घट्दा नेपाली उद्योगहरू समस्यामा पर्न थालेका छन्।
एन्फाले नेपाल र पाकिस्तानबीच हुने मैत्रीपूर्ण फुटबल खेलको टिकटको मूल्य निर्धारण गरेको छ। भाग्यशाली खेलाडीले कतारमा हुने विश्वकप फुटबलको टिकट जित्न सक्ने पनि एन्फाले जनाएको छ।
मधेशले दिएको १२३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई समावेशी, लैङ्गिक एवं अपाङ्गतामैत्री बनाउन प्रमुख निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले केपी शर्मा ओलीको सरकार ढालेको बताएका छन्। ओलीलाई आफूले टक्कर दिएको टिप्पणीसमेत उनको छ।
निर्वाचन आउन केही दिन मात्र बाँकी हुँदा लुम्बिनीका दुई जिल्ला पश्चिम नवलपरासी र रुपन्देहीका धेरै बस्तीमा चुनावी चहलपहल छैन। दलहरूप्रति वितृष्णा हुँदा मतदाताले चुनावलाई 'उत्सव'को रूपमा लिन सकेका छैनन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघिका उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भए पछि कांग्रेसले महासमिति सदस्य मानबहादुर लिम्बूलाई मोरङ–३(१) काे उम्मेदवार बनाउने भएकाे छ।
काठमाडौँ- विश्व विज्ञान दिवसको अवसरमा काठमाडौँमा र्याली गरिएको छ। बिहीबार काठमाडौँको घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, महांकाल, जमल, त्रिचन्द्र क्याम्पस र रत्नपार्क परिक्रमा गरी विश्व विज्ञान दिवसको अवसरमा र्याली गरिएको हो। आज काठमा…
राजनीतिक दलले राष्ट्र, राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी, पूर्वाधार निर्माण, नागरिकता, धर्म संस्कृतिसँग जोडिएका विषयवस्तुलाई नै आसन्न निर्वाचनकाे मुद्दा बनाएका छन्।
विश्वकप फुटबलको इतिहासमा नेदरल्यान्ड्स यस्तो टोली हो, जसले तीन पटक फाइनल खेलेर पनि उपाधि जित्न सकेको छैन। तर हरेकपटक उसलाई दाबेदार टोलीको रूपमा लिइन्छ।
नारायणगोपाल चोकबाट बसुन्धरातर्फ गइरहेकाे ट्रकले स्कुटरलाई ठक्कर दिँदा ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगरको मृत्यु भएको हो।
वृत्तचित्रमा जलवायु परिवर्तनले हिमालय क्षेत्रका महिला र बालबालिकामा पारेको असरलाई प्राथमिकताका साथ उठाइएकाे छ।
कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन आयोगले उक्त दलका लागि मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ।
पितृसत्ताबाट पाएको शक्तिले श्रीमानहरू श्रीमतीले अह्राएका वा अनुरोध गरेका कुरालाई त्यति महत्त्वपूर्ण या जरुरी सोच्दैनन् र टारिरहन्छन्।
आज सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको अनुमान छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीतका कार्य गरेको भन्दै विभिन्न संस्था तथा व्यक्तिहरूलाई स्पष्टीकरण पेस गर्न पत्र काटेको छ।
आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
डडेलधुराबाट आइतबार धनगढी झरेका कांग्रेस सभापति देउवा कैलालीका बागी उम्मेदवार तथा असन्तुष्ट कार्यकर्ता कसैलाई फकाउने र कसैलाई कारबाहीको चेतावनी दिएर कैलाली–५ मा नै किन केन्द्रित भइरहेका छन्?
निर्वाचन आचारसंहिता लागू भएपछि दुईवटा अध्यादेश ल्याएको भन्दै निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री र मुख्य सचिवसँग स्पष्टीकरण माग गरेको छ।