परराष्ट्र मन्त्रालयले आइतबार यहाँस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विभागीय टोलीद्वय नेपाल एपीएफ र नेपाल पुलिस क्बलले विजयी शुरूआत गरेका छन्।
'एक बागी: खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष' पुस्तकमा कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने विषय समेटिएको थापाले उल्लेख गरे।
छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुने हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए।
भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाहीस्वरूप नयाँदिल्ली गन्तव्यको उडान संख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ।
तीन महिनाको अवधिमा निर्यात ३५.७१ प्रतिशतले घटेको छ। यो अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको विभागले जनाएको छ।
भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
चिनी निर्यातमा भारतीय प्रतिबन्धले नेपालमा भने कुनै असर नगर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप लगाए।
पहिलो दिन ‘भक्त सुरुदास’ नाच प्रहसन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार बताए।
छठ फैलिए पनि हजारौँ वर्षदेखिको मौलिकता र परम्परा खुम्चिँदै गएको छ। छठ मनाउनुअघि जलाशयहरूको सजावट गरिन्छ तर छठ सम्पन्न भएपछि धजापताकालगायत अन्य बजारिया सामानहरू त्यसै छाडिन्छन् या जलाशयमै खसालिन्छन्।
छठ पर्व
छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरिएको छ। काठमाडौँको कमल पोखरीमा उपस्थित भएका श्रदालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका हुन्। प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यको पूजाअर्चना गरिन्छ। तस्वीरहरू: अमित मचामसी/उकालो
शनिबार कार बम विस्फोट भएको ठाउँमै यसअघि सन् २०१७ मा ट्रक बम विस्फोट हुँदा ५०० जनाले ज्यान गुमाएका थिए।
तिहारपछिको पहिलो कारोबारमा छापावाल सुन प्रतितोला १ हजारले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ।
‘ए’ डिभिजन लिग पुष २६गतेबाट शुरू गर्ने एन्फाले जनाएको छ। लिग जेठ २० गतेसम्म चल्नेछ।
अन्य समयमा पनि व्यस्त रहने इटेवन हलोवीनका समयमा सबैभन्दा व्यस्त हुन्छ। तर, यसपालि करिब एक लाख मानिस जम्मा भएका थिए।
सबै प्रमुख दलको समर्थनमा आपराधिक पृष्ठभूमिका दीपक मनाङ्गे मनाङ (ख)बाट निर्विरोध निर्वाचित गराइएको घटना एउटा दृष्टान्त हो। आगामी निर्वाचन राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण देखाउने ऐना बन्दैछ।
कुनै समय धमिलो बनेको सुनसरी जिल्ला अस्पतालको छवि डा. देवराज घिमिरेको ‘जिद्दी’ले सुधार हुँदै गएको छ। अहिले बिरामीको चाप बढ्दै गएको छ भने अस्पताल पनि सुविधा सम्पन्न बन्दै गएको छ।
पाल्पाबाट मनकामना तीर्थाटनका लागि हिँडेको बस बिहान करिब ४ बजेको समयमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
जिम्बावेको जितमा भारतीय क्रिकेट टोलीका पूर्व प्रशिक्षक लालचन्द राजपूतको ठूलो हात रहेको छ। राजपूतले कुनै बेला असफल टोलीको छवि बनाएको जिम्बावेलाई सफलताको बाटोमा डोर्याएका छन्।