परम्परागत रूपमा जित्दै आएको काठमाडौँ–२ बाट एमालेले मणिराम फुयाँललाई उम्मेदवार बनाउँदा उनलाई टक्कर दिने तीन महिला उम्मेदवार ओनसरी घर्ती, कुन्तीदेवी पोखरेल र सोविता गौतमले पनि चर्चा बटुलिरहेका छन्।
मंसिर १० गतेबाट शुरू हुने प्रशिक्षणमा १५ सय रुपैयाँ मासिक शुल्क लाग्ने एन्फाले जनाएको छ।
अदालतले कात्तिक २७ गते शूल्क लिनुपर्ने वा नपर्ने विषयमा छलफल गर्न वादी र प्रतिवादीलाई बोलाएको छ।
घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जितसँगै पुलिस समूह ‘बी’ बाट विजेता र मधेश उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन्।
पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्न नवलपरासी पश्चिम–१ पुगेका अर्बपति विनोद चौधरी किसानको खेतसम्म पुगेर आश्वासन बाँडिरहँदा हृदयेश त्रिपाठीसँग मतदाता पुरानो वाचा भुलेको गुनासो गरिरहेका छन्।
खतिवडालाई हेटौंडा उपमहानगरपालिका–२ का पुरुषोत्तम खड्काले हातपात गरेका हुन्। उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ।
विश्वकपमा अर्जेन्टिनाको पहिलो खेल नोभेम्बर २२ मा साउदी अरबविरूद्ध हुँदैछ।
जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तान नागरिकताविहीन रहेकाले उमेर पुगे पनि मतदान गर्न पाउने छैनन्।
जलवायु संकटबाट बढी प्रभावित मुलुकलाई सहयोग र क्षतिपूर्ति दिने विषयले सम्मेलनमा प्राथमिकता पाएको थियो।
मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बर्खास्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाइसकेको जानकारी दिए।
गत आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म ५ लाख ६२ हजार २९४ को घरजग्गाको कारोबार भएकोमा चालू आर्थिक वर्षको सोही महिनामा कारोबार ४९.८८ प्रतिशतले घटेर २ लाख ८१ हजार ७९५ मा सीमित रहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औद्योगिक तथा व्यावसायिक घराना चौधरी समूहले कब्जा गरेको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गाबारे अनुसन्धान अगाडि बढाएको छ।
स्वास्थ्य मन्त्रालयले निर्वाचनका बेला भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।
आफ्ना ग्राहकका नयाँ र पुराना गरी ९७ लाख तथ्यांकहरू जोखिममा रहेको मेडिब्यांकको भनाइ छ। सो गिरोहले सोमबार फिरौती रकम मागेको तर कम्पनीले दिन अस्वीकार गरेपछि ह्याकिङको धम्की दिएको कम्पनीले बताएको छ।
आसन्न निर्वाचनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा रहेका कर्ण मल्लले डडेलधुरामा विद्रोहको प्रतीकस्वरूप ठूलो परिवर्तन आउन लागेको बताएका छन्।
प्रहरी महानिरीक्षक सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमान्डर तहसम्म पुर्याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिएका छन्।
सेतो रम्पेड जातका गिद्धलाई जटायु रेस्टुरेन्टमा केही दिन अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जंगलमै छाडिने छ ।
ब्रजिलका प्रशिक्षक टिटेले अनुभवी र युवा खेलाडी समेटेर २६ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेका छन्।
बिमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही आजबाट प्राधिकरणमा रूपान्तरण भएको हो।