रामपुर कृषि क्याम्पस अगाडी भएको दुर्घटनामा स्याङ्जाका २४ वर्षिय नविन नेपाली र स्थानीय ४० वर्षीय यज्ञ शर्माको मृत्यु भएको छ।
जन्मजयन्तीका अवसरमा किराँतीहरूले देशका विभिन्न स्थानमा कर्यक्रम आयाेजना गरेका छन्। प्रदेश १ सरकारले सार्वजनिक विदा दिएको छ।
गत भदौमा मूल्य वृद्धिदर ६ वर्षयताकै सबैभन्दा उच्च विन्दुमा पुगेको थियो। धान्नै मुस्किल हुने गरी मूल्यवृद्धि हुँदा पनि सरकारले नियन्त्रण गर्न नसकेको सर्वसाधारणको गुनासो छ।
प्रदेश लोकसेवा आयोग लुम्बिनीले शुक्रबार सूचना प्रकाशन गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि आवेदन मागेको छ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।
राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानूनबमोजिम पेस गर्नुपर्ने निर्वाचन खर्चको विवरणमा समावेश गरी पेस गर्नुपर्ने व्यवस्था रहेको छ
आज बिहीबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
अभिनेता खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताएका छन्।
नेपाल बार एशोसिएसनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू अनुकूल फैसला गर्न न्यायालयमाथि दबाब सिर्जना गरेको आरोप लगाएको छ।
यसपालिको निर्वाचनमा थरीथरीका अनुहार ‘माननीय’ बन्ने दौडमा छन्। त्यही पंक्तिमा सामेल केही ‘हाई प्रोफाइल’हरू पनि छन्, जो गम्भीर कसुरमा मुछिएर पनि अनुसन्धान नै नभएर उन्मुक्ति पाए।
युक्रेनले बिहीबार आफ्नो सेनाले दक्षिणी खेरसन क्षेत्रका एक दर्जन गाउँहरू पुन: दाबी गरेको बताएको छ।
गृह मन्त्रालयले यौनिक तथा अल्पसंख्यक समुदायलाई नागरिकता दिए पनि निर्वाचन आयोगले मान्यता नदिएको संविधानसभा सदस्य सुनिलबाबु पन्तले बताए।
नेपालमा फिफा विश्वकप प्रत्यक्ष प्रसारण हेर्न थप शुल्क तिर्नुपर्ने कि नपर्ने भन्ने विवाद अदालतमा पुगेपछि यसको प्रसारण अधिकार लिएकाहरु नेपालीले विश्वकप नै हेर्न नपाउने अवस्था आउनसक्ने डर देखाइरहेका छन्।
नेकपा एमाले अध्यक्ष ओलीले मुलुकलाई विकासशील राष्ट्रमा पुर्याउन कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग अनिवार्य रहेको बताएका छन्।
नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जान सूचीकृत संस्थाको सेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने बताएको छ।
सरुवा रोगविज्ञ डा. शेरबहादुर पुन बिस्तारै डेंगी संक्रमण घट्दै जाने बताउँछन्। यद्यपि, तराई क्षेत्रमा जोखिम कायमै रहेको उनको भनाइ छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले ‘नो नट अगेन’ अभियानलाई कारबाही नगर्न यसअघि दिएको आदेशलाई निरन्तर राखेको हो।
आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा इङ्ग्ल्यान्डले भारतलाई पराजित गरेको छ। आइतबार हुने फाइनलमा इङ्ग्ल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।
क्षेत्र नं. १ मा पर्ने काठमाडाैँ महानगर वडा नं. ३१ जागृती टोलको सुकुम्बासी बस्तीमा १०९ घरटहरा छन्। चुनाव जितेर जानेले फेरि बस्ती उठाउने हुन् कि भन्ने चिन्ता यहाँका बासिन्दालाई छ।
कांग्रेस नेता चन्द्र भण्डारीले बेइमानी गर्ने नेताहरू जुनसुकै पार्टीका भएपनि जनताले आगामी निर्वाचनमा हराउनुपर्ने बताएका छन्।