कञ्चनपुर-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कांग्रेस नेता एनपी साउद र एमाले नेता नरबहादुर धामीलाई चुनावी प्रतिस्पर्धाका लागि पार्टीभित्रकै समीकरण मिलाउने चुनौती देखिएको छ।
ताइवान मामिलामा अमेरिकाको बोली र व्यवहार स्थिर हुनुपर्ने चीनको धारणा छ।
देउवा र दाहालले सुर्खेत र दैलेखमा सत्ता गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
मुक्तिचोक पूर्वाेत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी हुँदा एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।
सर्लाही–४ मा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान कांग्रेस सांसद् अमरेशकुमार सिंह र माओवादी नेता शिवपुजन रायकी छोरी मधुमालाबीच मुख्य प्रतिस्पर्धा हुने स्थिति बनेको छ।
सरकारले निर्वाचनका लागि मंसिर २ गतेदेखि विदा दिने निर्णय गरेको छ। विदा मंसिर ५ गतेसम्म रहने गृहमन्त्रालयले जनाएको छ।
मुलुक निर्वाचनमा हाेमिएका बेला आफुहरूकाे उठीबास हुने गरी निकालिएकाे सूचना कुनै पनि हिसाबले न्यायसङ्गत नभएकाे र उक्त सूचना तुरुन्त फिर्ता लिन संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले माग गरेकाे छ।
सरकार विरोधी गतिविधि तथा ‘ईश्वर निन्दा’ गरेको आरोपमा इरानमा एकजनालाई मृत्युदण्डको सजाय दिइएको छ। त्यस्तै, इरानमा पछिल्लो समय भइरहेका आन्दोलनका क्रममा २० जनाभन्दा धेरैमाथि यस किसिमको मुद्दा चलिरहेको छ।
भर्जिनिया विश्वविद्यालयका विद्यार्थी चढेकाे बसमा अन्धाधुन्ध गोली चल्दा डेभिन चन्डलर, लाभेल डेभिस जुनियर र डिसेन पेरीकाे मृत्यु भएकाे छ।
विश्वकपमा समूह ३ मा परेको सर्बियाले लिग चरणमै ब्राजिल, स्विट्जरल्यान्ड र क्यामरुन जस्ता बलिया टोलीसँग खेल्नु पर्नेछ। यो समूहलाई ‘ग्रुप अफ डेथ’ मानिएको छ।
सम्मेलनको मुख्य नारा ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ तय गरिएको छ।
नुवाकोटको दुप्चेश्वर–५ का २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको थियो।
वार्षिक अर्बाैं देशमा पठाएर देशको अर्थतन्त्रलाई बलियो बनाउन भूमिका खेल्ने नेपालीहरूलाई स्थानीय प्रादेशिक र संघीय चुनावमा मताधिकार पनि दिइनुपर्छ।
पश्चिमी वायुको प्रभाव कायमै रहेकाले प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू–भागमा हल्का वर्षा र हिमपातकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज सोमबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
राजनीतिक दल तथा सम्बन्धित पक्ष आफैँ सचेत र संयमित भएकाले विगतका निर्वाचनको तुलनामा यसपटक कमै मात्रामा उल्लंघनका घटना देखिएको निर्वाचन आयोगले जनाएको छ।
जुम्ला काठमाडौँको उपेक्षाबाट यति धेरै असन्तुष्ट छ, प्रत्येक निर्वाचनमा ‘विद्रोह’ गरेर नयाँ अनुहार पठाउँछ। यसपालि जुम्लाले राजावादी पार्टी, राप्रपाका उम्मेदवारमा पनि त्यस्तै ‘विद्रोह’ देखिरहेको छ।
फेसबुक सञ्चालन गरिरहेको मेटाले सार्वजनिक गरेको ‘मेटा एड लाइब्रेरी रिपोर्ट’ अनुसार गत सेप्टेम्बरदेखि नोभेम्बर ११ सम्म पाँच हजार पाँच सय ६० फेसबुक पेज र प्रोफाइलबाट चुनावी विज्ञापन ‘बुस्ट’ गरिएको छ।
बागलुङमा तीन वटा क्षेत्र हुँदासम्म केसी क्षेत्र नं. २ मा उम्मेदवार बन्थे। यसअघिका दुई निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नबनेका उनी कांग्रेसको मतले जित्ने विश्वासमा यसपटक क्षेत्र नं. १ तिर सरेका छन्।
सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ।