AnonymousUser

Logout

माओवादी केन्द्रले आयोगमा बुझायो समानुपातिक सांसदको नाम [सूचीसहित]

माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले समानुपातिक सांसदको नामावलीलाई अन्तिम रूप दिएको छ।

मिथ्या मिथक : के पूर्वकुमारीले विवाह गर्न मिल्दैन? 

धेरै पूर्वकुमारीले विवाह गरेर आफू अनुकूलको जीवन बिताइरहेका छन्। तर कुमारीबारे चलेका अनेक मिथक र फिल्मले गलत सन्देश दिँदा विवाहबारे भ्रम फैलिएको अध्येताहरू बताउँछन्।

घनश्याम भुसाल र प्रभु साहलगायतलाई पार्टीबाट हटाउने एमालेको निर्णय

नेकपा एमालेले निर्वाचनका बेला पार्टीविरोधी गतिविधिमा लागेको आरोपमा घनश्याम भुसाल र प्रभु साहलगायतका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

एमालेले टुंग्यायो समानुपातिकका ३४ सांसद्को नाम, एकनाथ ढकालदेखि देवी भट्टचनसम्म समेटिए (सूचीसहित)

नेकपा एमालेले समानुपातिकतर्फको सांसदको अन्तिम सूची टुंग्याएर निर्वाचन आयोगमा पेस गर्ने तयारी गरेको छ।

विदेशी मदिरा : आयातमा प्रतिबन्ध, बजारमा छ्यापछ्याप्ती

सरकारले आठ महिनादेखि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाए पनि गैरकानूनी आयातका कारण बजारमा सजिलै उपलब्ध भइरहेको व्यवसायी र सरकारी अधिकारी नै बताउँछन्।

संसदीय दलको नेता चयनपछि मात्रै सरकार गठनबारे छलफल हुन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष दाहालले दलहरूले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन्।

यी हुन् कांग्रेसले टुंगो लगाएका ३२ समानुपातिक सांसद (सूचीसहित)

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूसँगको सल्लाहमा समानुपातिक सांसदको नाम टुंगो लगाएका छन्।

रास्वपाले टुङ्ग्यायो समानुपातिक सांसदको सूची

पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको रास्वपाले प्रत्यक्षतर्फ सात सिट जितेको थियो भने समानुपातिकतर्फ ११ लाखभन्दा बढी मत ल्याएर १३ सिट पाएको प्राप्त गरेको थियो।

समानुपातिक सांसदको सूची टुंगो लगाउँदै दलहरू

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम नतिजा आएपछि आयोगले दलहरूले प्राप्त गरेको समानुपातिक सिट संख्याको अन्तिम सूची शनिबारसम्म बुझाउन निर्देशन दिएको थियो।

कांग्रेसमा समानुपातिक सांसदको टुंगो लगाउने जिम्मा सभापति देउवालाई

नेपाली कांग्रेस पदाधिकारी बैठकले समानुपातिकतर्फको बन्दसूचीबाट निर्वाचन आयोगमा पठाउने नामको टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।

आर्मीका खड्काले जिते नेपालगन्ज म्याराथन 

आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथन त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्का र महिला हाफ म्याराथन बागमतीका सन्तोषी श्रेष्ठले जितेका छन्।

इरानमा महिला आन्दोलन, कट्टर इस्लामिक कानूनमाथि चुनौती

इरानी महिलाहरूले निजत्वको अधिकारका लागि थालेको आन्दोलन त्यहाँको इस्लामिक गणतन्त्र सत्ताका लागि चुनौती बनेको छ। आन्दोलन व्यापक हुँदै जाँदा पुरुषहरू पनि त्यसमा सशक्तरूपले सहभागी हुन थालेका छन्।

कर्णालीमा हवाई टिकट अनलाइन बनाउन माग

हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकले सहज हवाई यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू गर्न माग गरेका छन्। 

कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई मानव अधिकार पुरस्कार

सरकारले मानव अधिकार पुरस्कार–२०७९, मानव अधिकारकर्मी प्रा.डा. कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई दिने भएको छ।

समानुपातिक सांसद छान्न च्यासलमा एमालेकाे सचिवालय बैठक

समानुपातिक सांसद छनोट र आमनिर्वाचनकाे समीक्षा गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन्।

जीवनीकार गिरीलाई प्रश्न : पारिजातलाई किन 'सुश्री'का रूपमा प्रस्तुत गर्नुभयो? 

पारिजातकै जीवनले रचेका कुरालाई किताबमा उतारेको हुँ मैले। उहाँको जीवनमा धेरै पक्ष तथा अन्तरकुन्तरका कुराहरू थिए, जुन कुरा आममान्छेलाई थाहा छैन। ती कुरा थाहा पाउन चाहिँ यो किताब पढ्नुपर्छ भन्ठान्छु।

मानव अधिकारको मर्म र भावना आत्मसात् गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा उल्लेख गरिएका आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको पूर्ण कार्यान्वयनका लागि सबै पक्ष र निकायले अग्रसरता लिनुपर्ने बताएकी छन्।

ब्राजिलका मुख्य प्रशिक्षक टिटेद्वारा राजीनामा

शुक्रबार क्रोएसियासँग पराजित भएपछि ब्राजिलको जारी विश्वकप यात्रा सकिएको थियो। उक्त हारको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक टिटेले पद छाडेका हुन्।

फिफा विश्वकप : सेमीफाइनल प्रवेशका लागि पोर्चुगल र मोरक्को तथा फ्रान्स र इंग्ल्यान्ड भिड्दै

फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार राति क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।

समानुपातिक सांसदको टुंगो लगाउन माओवादी बैठक बस्दै

शुक्रबार बसेकाे माओवादी पदाधिकारी बैठकले समानुपातिक सांसदकाे नाम टुंगाे लगाउन सकेकाे थिएन। समानुपातिक सांसदकाे सूची शनिबार नै निर्वाचन आयोगमा पेस गर्नुपर्ने तालिका छ।