AnonymousUser

Logout

यू–१९ क्रिकेटः गण्डकी सुदूरपश्चिमसँग ११३ रनले पराजित

सुदूरपश्चिमले गण्डकीलाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा तेस्रो जित हात पारेको छ। 

इलाम–१ बाट एमालेका महेश बस्नेत निर्वाचित, झलनाथ खनाल पराजित

इलाम- १ बाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

मंसिर ४ गते भएको मतदान कार्य स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको भन्दै निर्वाचन आयोगले मंसिर १५ गतेभित्र पुनः निर्वाचन गराउने निर्णय गरेको छ।

केबलकारका नाममा अन्नपूर्ण संरक्षण क्षेत्र मास्ने योजना 

संसारभर चर्चित अन्नपूर्ण पदमार्ग र अन्नपूर्ण संरक्षण क्षेत्रलाई संकटमा पार्नेगरी सिक्लेसमा केबलकार निर्माण गर्न निजी कम्पनीले अघि बढाएको योजनालाई वातावरण मन्त्रालयले नै सघाइरहेको छ।

सुनसरी-४ मा पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछि पुनः मत गणनाको माग गर्दै कार्कीले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन्।

जसपाको 'ओरालो यात्रा'सँगै मधेशमा जनमत पार्टीको उदय!

मधेश राजनीतिमा लामो समयदेखि आधिपत्य जमाएका उपेन्द्र यादवको पराजयसँगै उनकै क्षेत्रबाट जित हासिल गरेका सीके राउत र जनमत पार्टीका लागि राजनीतिको नयाँ बाटो खुलेको छ।

२६ वर्षअघि भारतमा बेचिएकी नतिसरा राईलाई लैंगिक समानता अवार्ड

दक्षिण एसियामा लैंगिक समानताका लागि योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले शुरू गरिएको कमला भासिन लैंगिक समानता अवार्ड नेपालकी नतिसरा राई र भारतकी विद्या राजपूतलाई दिइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो समानुपातिकतर्फ १० लाख मत

समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख मत कटाएको छ। रास्वपा १० लाख ८ हजार २४० मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ।

विश्वकप : जापानविरुद्ध कोस्टारिकाको जितले समूह ‘ई’ रोमाञ्चक

कोस्टारिकाले एशियाली राष्ट्र जापानमाथि १-० को जित निकालेको छ। जितसँगै कोस्टरिकाले नकआउट चरण प्रवेशको सम्भावना जीवित राखेको छ

स्पेनविरुद्ध जित्नैपर्ने दबाबमा जर्मनी

आइतबारको खेलमा जापानले कोस्टारिकासँगको हार टारे जर्मनीलाई अन्तिम १६ मा पुग्न स्पेनलाई हराउनैपर्ने बाध्यता हुनेछ। यस्तोमा जर्मनीका प्रशिक्षक फ्लिक गल्ती सुधारेर प्रदर्शन गर्ने चुतौती रहेको बताउँछन्।

निर्वाचित सांसदले पाउँछन् यी सेवा–सुविधा

निर्वाचित प्रतिनिधिसभा सदस्यले पारिश्रमिकका अलावा एक जना स्वकीय सचिव राख्न पाउँछन्। स्वकीय सचिवले राजपत्राङ्कित तृतीय श्रेणीको सेवा-सुविधाका साथै अतिरिक्त मासिक १ हजार रुपैयाँ भत्ता दिइन्छ।

माओवादी केन्द्रले समानुपातिकतर्फ कटायो १० लाख मत

समानुपातिकतर्फको जारी मतगणनामा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख मत कटाएको छ।

कतार विश्वकपमा भाइरल ‘मेट्रो दिस वे’

कतारमा जारी फिफा विश्वकप २०२२ मा दर्शकको प्रथ प्रदर्शनका लागि राखिएका ‘मेट्रो म्यान' भाइरल बनेका छन्।

११ जना व्यापारी र ठेकेदारले जिते प्रतिनिधिसभाको निर्वाचन

प्रतिनिधिसभातर्फ विभिन्न दलबाट उम्मेदवार बनेका १५ जनामध्ये ११ व्यापारी र ठेकेदार भारी मतान्तरसहित विजयी हुँदा चार जना पराजित भएका छन्।

नेप्से ३२.४३ अंकले बढ्यो, २ अर्ब २ करोडको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिचसूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन ३२.४३ अंकले नेप्से बढ्यो भने २ अर्ब २ करोडको सेयर किनबेच भयो।

बागमतीमा माओवादीका १४ उम्मेदवार निर्वाचित, अधिकांश युवा अनुहार

बागमती प्रदेशमा माओवादी केन्द्रबाट निर्वाचित अधिकांश प्रदेशसभा सदस्यहरू युवा अवस्थाका रहेका छन्।

समानुपातिकतर्फ ८७ लाख मत गनियो, कतिको कति?

अद्यावधिक विवरणअनुसार देशभरका मतगणनास्थलमा समानुपातिकतर्फका ८७ लाखभन्दा बढी मत गनिएका छन्। समानुपातिकमा एमाले पहिलो तथा कांग्रेस र माओवादी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

निट फेस्टिभलको तेस्रो दिन यी नाटक मञ्चन गरिँदै

थापागाँउस्थित मण्डला थिएटरमा मंसिर ९ गतेबाट शुरू भएको निट फेस्टिभल मंसिर १७ गतेसम्म चल्ने छ।

चीनमा लकडाउनको विरोधमा प्रदर्शन चर्किंदै, राष्ट्रपति सीको राजीनामा माग

चीनका विभिन्न शहरमा कोरोना भाइरस संक्रकण रोक्नका लागि सरकारले लागू गरेका कडा नियमका विरुद्धमा प्रदर्शन गरिएको छ।

जुम्लाबाहेकका जिल्लामा गठबन्धन सफल भएको माओवादीको निष्कर्ष

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा गठबन्धन पूर्णतः सफल भएको निष्कर्ष निकालेको छ। त्यस्तै, निर्वाचनमा भएको विजय तथा पराजयको समीक्षा गरिने माओवादी केन्द्रले जनाएको छ।