नेपाल पर्यटन बोर्डले हरेक वर्ष उद्देश्य विपरीत पर्यटनसँग असम्बन्धित तथा नेता र पदाधिकारीको खल्तीका खुद्रे योजनामा बजेट खर्च गर्दै आएको छ।
धनुषाको बटेश्वर गाउँपालिका-५ स्थित शान्तिपुर बस्ने २७ वर्षीय महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।
नेपालमै स्वदेशी माटोको प्रयोग गरी टायल उद्योग शुरू भएको छ। बाराको जितपुरमा नेपाली टायल उद्योग स्थापना भई उत्पादन थालिएको छ।
निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनका लागि लागू गरेको निर्वाचन आचारसंहिता सोमबारबाट निष्क्रिय गरेको छ।
चीन र अरबबीच रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति भएको छ। साउदीको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र अरब लिगका सदस्य राष्ट्रबीच यस्तो सहमति भएको हो।
संसारका अनेक दर्शन, धर्म, खेल, साहित्यलगायत तमाम अन्य कुरा पुरुषलाई नै केन्द्रमा, त्यही नजर वा लेन्सबाट हेरिन्छ। अथाह पैसा खन्याइएको वर्ल्ड कपको महँगो मेला पनि आखिर पुरुषहरूकै मात्र विश्वकप भएको छ।
काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसका अवसरमा महानगरले त्सलेश्वरी डबलीमा सांस्कृतिक कार्यक्रम गरेको छ।
विश्वका अधिकांश मुलुकलाई समेट्ने गरी किसान संगठनलाई क्षेत्रीय विभाजन गरिएको छ।
निर्वाचन आयोग अन्तिम चुनावी परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालय र संसद् सचिवालयमा बुझाउने तयारीमा जुटिरहँदा प्रमुख पदहरूको ‘भागवण्डा’को विषयले नयाँ सरकार निर्माणमा विलम्ब हुने देखिन्छ।
‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रममा श्रमिकहरूले विदेश लैजाने नाममा आफूहरू ठगिएको गुनासो गरेका हुन्। आजको कार्यक्रममा १० जना श्रमिकले ठगिएको गुनासो गरेका थिए।
एन्फाले पुष २६ गतेबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने निर्णय गरिसक्दा खेलमा सहभागी हुने टिमहरू भने दर्ता भएका छैनन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक प्रकृतिका विभिन्न मुद्दा हल गर्ने भन्दै अध्यादेशमार्फत् मुलुकी फौजदारी संहिताको प्रावधान संशोधन गर्ने निर्णय गरेको छ।
निर्वाचन आयोगले केही राजनीतिक दलले पठाएको समानुपातिक उम्मेदवारको विवरणमा त्रुटि देखिएकाले त्यसलाई सच्याउन सोमबारसम्मको समयसीमा दिएको हो।
राजस्वको कर्मचारी भएको भन्दै नयाँ बसपार्क क्षेत्रमा ठगी र किर्तेका संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पार्टीभित्र हामीले ‘जान्नेलाई छान्ने’ भन्दै योग्यता अर्थात् मेरिटको आधारमा पठाउने नीति लिएका थियौँ। तर, योग्यता नै नहेरी महामन्त्री मुकुल ढकालका निकटहरूलाई छानिएकोमा मेरो असन्तुष्टि हो।
उनले निलम्बन निष्प्रभावी भएको पत्र चोलेन्द्र शमशेर जबरालाई दिनुको कारण आफूले ७ दिनभित्रमा संवैधानिक इजलासमै पेश गर्ने जवाफ सर्वोच्चलाई पठाएका हुन्।
आइतबार २५ कम्पनीको सेयरमूल्य बढ्दा १ सय ८० कम्पनीको सेयरमूल्य घटेको छ भने ३ स्थिर छन्।
गाउँपालिका राष्ट्रिय महासंघको महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहले संरचनात्मक सुधार, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोगले लोकतन्त्र सबल हुने बताए।
पार्टीले चिन्दै नचिनेका मानिसहरू सूचीमा परेर सांसद् बनेका छन्। अर्को पार्टीको अध्यक्ष पनि एमालेको सूचीबाट संघीय सांसद् हुने कुरा कुन विधि, विधान, पद्धति र प्रक्रियाबाट भयो?
नेपाली सुनचाँदी बजारमा सुन प्रतिताेला एक लाख ५०० पुगेकाे छ। अन्तर्राष्ट्रिय बजारको कारोबार र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा मूल्य तोकिने गरेको छ।