क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुवै पक्षहरू संयमित भई शान्तिपूर्ण ढंगले वार्ता प्रयास गर्न र यो अवस्थालाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको बताएका छन्।
जिपमा सवार १२ जनामध्ये ११ जनाको मृत्यु भएको छ भने छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन्।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ४.१६ प्रतिशत बदर भएको छ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप छेडागाड नगरपालिका-३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए।
नृत्य
युवामाझ लोकप्रिय झ्याउरे नृत्य गुरुङ समुदायमा प्रचलित छ। तस्वीरमा, गोरखामा आयोजित एक कार्यक्रममा गुरुङ समुदायका सदस्य परम्परागत नृत्य प्रस्तुत गर्दै। तस्वीरः अमित मचामसि/उकालो
मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने उद्देश्यका साथ अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताएका छन्।
कानुनको अभावमा तत्काल ठूलो समस्या हुने भयो भने अध्यादेश ल्याउने हो। अहिले सरकार बनाउन र टिकाउन अध्यादेश ल्याएको सन्देश गइरहेको छ।
दक्षिण अमेरिकी फुटबल प्रमुख एलेजान्ड्रो डोमिङ्गुएजले सन् २०३० को विश्वकप आयोजनाको अधिकार आफूहरूलाई दिनुपर्ने बताएका छन्।
सोमबार कारोबारमा आएका २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको कारोबार भएको छ।
मेलम्चीको खानेपानी पठाएको पाइप फुट्दा खानी तथा भूगर्भ विभागको कार्यालयबाहिर मुख्य सडक भत्किएको छ।
यमनमा युद्ध शुरु भएयता १ लाख ५० हजार नागरिक मृत्यु भइसकेको र २ करोड ३४ लाख मानिसले मानवीय संकट बेहोरिरहेको राष्ट्रसंघको तथ्यांक छ।
तत्कालीन प्रशिक्षक वाट्मोरले ब्याटिङलाई दबाबमुक्त बनाउँदै सुधारको बाटोमा हिँडाएको नेपाली क्रिकेटमा यतिबेला ब्याटिङ र बलिङ दुवैको लय बिग्रिएको छ। कसका कारण नेपाल ओडीआई मान्यता गुमाउने अवस्थामा पुग्यो?
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीसहितका नेता-कार्यकर्तालाई रिहा गर्ने योजनाका साथ मुलुकी फौजदारी संहिता संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो।
महामन्त्री थापाले विगतमा नेपाली कांग्रेसले 'पटक-पटक अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो' भनेर निर्णय गरिसकेको उल्लेख गर्दै सरकारले गरेको गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने बताएका छन्।
निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने प्रावधान रहेको छ।
हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीभित्रका केही गुटका कारण पछिल्लो समय ताइवान–चीनबीच सञ्चार कठिन बनेको ताइवानी विदेशमन्त्री जोसेप वुले बताएका छन्। उनले चीनले ताइवानमाथि आक्रमण गर्न खोजेको बताए।
नेपालगन्ज र त्यस वरपर भइरहेको शहरीकरणको विद्युतीय भार धान्न विद्युत प्राधिकरणले आगामी २८ वर्षसम्मका लागि संरचना निर्माण थालेको छ।
महानगर दिवसका अवसरमा काठमाडौँ महानगरका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल भएको छ। खेल कर्मचारीको टिमले ६-१ ले जित्यो।
विशेषतः बागलुङमा उत्पादन हुने कोदोले शहरमा आकर्षक खानाका रूपमा परिचय बनाएको छ।