AnonymousUser

Logout

धनुषाका मूर्तिकारलाई सरस्वतीको प्रतिमा बनाउन भ्याइ नभ्याइ

धनुषाका मूर्तिकारले सरस्वती पूजाका लागि प्रतिमा बनाएर सिजनमा ५० हजार रुपैयाँसम्म कमाउने गरेका छन्।

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

रियल बेटिसलाई पेनाल्टीमा ४–२ ले हराउँदै  बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा प्रवेश गरेको छ।

मकवानपुरको मनहरीमा स्कुटर दुर्घटना : ३ जनाको मृत्यु

दुर्घटनामा ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र ३२ वर्षीय रुपेश तामाङको मृत्यु भएको छ। 

सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि पुन:निर्वाचन हुँदै

बिहीबार भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि शुक्रबार पुनः मतदान हुँदै छ।

प्रचण्डलाई विश्वासको मत: किन कांग्रेसको चाल ठीक छ?

कांग्रेसको रणनीतिक चालबाट एमाले सबैभन्दा बढी चिढिएको र तिलमिलाएको देखिन्छ। ओलीले संसद्‌मा हानेका शब्दवाणले त्यो प्रस्ट हुन्छ।

प्रचण्डलाई विश्वासको मत: किन कांग्रेसकाे चाल ठीक छ?

हामीले अँगालेको चुनावी प्रक्रिया र पार्टीहरूको प्रतिनिधित्वको प्रक्रियाका बारेमा हामीले पुनः मूल्याङ्कन र संशोधन गर्नै पर्छ। यो विषय अब बहसयोग्य भएर आएको छ।

टिकटकमार्फत जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाको ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायत स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाइरहेका चार जनालाई पक्राउ गरेकाे छ।

माघी

माघे संक्रान्तिको तयारी

माघे संक्रान्तिको तयारीस्वरूप राजधानीको कालिमाटी फलफूल तथा तरकारी बजारमा राखिएका तरुल र सखरखण्ड। \r\n

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा हिमपातको सम्भावना 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बिहानैदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

जनक शिक्षाको चार ट्रक कागज प्रहरीको नियन्त्रणमा

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले जनक शिक्षाको कागज प्रकरणमा आएको चर्चाको बारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासँग जानकारी लिएको छ।

सडक भत्काउने निकायलाई १५ दिनभित्र मर्मत गर्न निर्देशन

पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि निकायले काम गर्दा सडक भत्काएमा सडक विभागको गुणस्तरअनुसार आफैँले मर्मत गर्नुपर्ने बताए।

उत्तरपुस्तिका 'गायब' प्रकरण : त्रिविको लापरबाही छोप्न ५ दिनमै रिजल्ट

त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशनमा भइरहेको ढिलाइ र उत्तरपुस्तिका नै हराइदिने लापरबाही ढाकछोप गर्न यसपालि परीक्षा लिएको पाँच दिनमै नतिजा सार्वजनिक गरेको छ।

उपत्यकाको फोहोर व्यवस्थापन हुन नदिने ‘राजनीति’ : दुई अर्ब कमाइको कथा

संघीय राजधानी काठमाडौँले त्राण पाउन नसकेको फोहोरको समस्या पछाडिको कारण के हो? बर्सौंवर्षदेखि किन सुल्झिइरहेको छैन काठमाडौँको फोहोर समस्या? के हो फोहोरका नाममा भइरहेको ‘राजनीति’ र कमाइको स्वार्थ?

११ वर्ष कैद माग गरिएका अख्तियार पूर्वआयुक्तलाई ३ वर्ष ३ महिना जेल सजाय, के हो मुद्दा?

अख्तियारले आफ्ना पूर्वआयुक्त पाठकले भ्रष्टाचार गरेको दाबीसहित ११ वर्ष जेल सजाय हुनुपर्ने माग गरे पनि अदालतले भने भ्रष्टाचारमा ‘उद्योग गरेको’ ठहर गर्दै ३ वर्ष ३ महिना कैद सजाय हुने फैसला सुनाएको छ।

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, ३ वर्ष ३ महिना जेल सजायको फैसला

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष ३ महिना जेल सजायको फैसला सुनाएको प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए।

कर्णालीमा नयाँ सरकार गठन, माओवादी र एमालेका एक–एक सांसद बने मन्त्री

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले शपथ लिएसँगै आफ्नो नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

सभामुख/उपसभामुख निर्वाचनका विषयमा संसद्मा रहेका दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आसन्न सभामुख तथा उपसभामुखको निर्वाचनका लागि संसद्‌मा रहेका दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।

सांसद भन्छन् – राजनीतिक दलहरूले आफन्तलाई राजदूत बनाउँदा परराष्ट्र सम्बन्ध बिग्रियो

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले कूटनीति जानेका व्यक्ति राजदूतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध खराब बन्दै गएको बताएका छन्।